धनगढी – नेता बन्ने सानैदेखि रहर बोकेका युवाहरू सक्रिय राजनीतिमा होमिन्छन् र नेता बन्छन्। अनि नेता बनेपछि पैसा कमाउने दाउमा लाग्छन्। तर पार्टीको एजेण्डा र विचारधारालाई मनन परेर सामान्य सदस्य बन्ने सोचमा पार्टीको सदस्यता लिएका बलबहादुर ऐर भने वडा अध्यक्ष पदका लागि टिकट पाउँदा कसरी जित्ने भन्ने अन्योलमा थिए।

स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका उनलाई चुनाव जित्छ भनेर कसैले विश्वास नै गरेका थिएनन्। तर, जनताको मन जितेका उनी अन्ततः वडा अध्यक्ष बने र त्यसपछि त झन् जनताको मन मस्तिष्कमा छाएका छन्।

२०३९ साल पुस ९ गते डडेल्धुराको तत्कालीन चिपुर गाविस तथा हालको अजयमेरू गाउँपालिका–४, धारीमा सामान्य परिवारमा जन्मेका ऐर ४ वर्षको उमेरमा धनगढी आए। बुबा कमल सिहं ऐर तथा आमा धौलीदेवी ऐरका माइला छोरा उनी सानैदेखि ऊर्जावान् र इमानदार व्यक्ति थिए। राजनीतिप्रति खासै चासो नराख्ने परिवारमा हुर्केका उनी पनि सानो छँदा राजनीतिमा चासो राख्दैनथे।

पहाडको जमीनमा उब्जनी हुने अन्नबालीले वर्षभरि खान पनि नपुग्ने भएपछि गाउँमा भएको आफ्नो सबै जग्गा बन्धकी राखेर ऐरको परिवार धनगढी झरेको हो। आर्थिक अवस्था राम्रो नभएका कारण आफ्नो परिवार शुरूमा आफन्तको घरमा बसेको ऐर बताउँछन्। त्यो बेला खान लाउनसमेत धौधौ परेको बेला ऐरका बुबाआमालाई ४ छोराछोरीको लालनपालन र पढाइ खर्च जुटाउन निकै नै समस्या परेको ऐर सुनाउँछन्।

धनगढी बसाइ सरेपछि ऐरका बुबाले अर्काको जमीन भाडामा लिएर खेतीकिसानी गर्न थाले। दूध बेचेर उनले छोराछोरीलाई पढाए। समय बित्दै गयो, छोराछोरी पनि हुर्किंदै गए। गरिखान सक्ने भए। उनै मिहिनेती बुबाका माइला छोरा बलबहादुर पनि कष्टैकष्टमा हुर्किएका हुन्।

कक्षा ८ सम्म धनगढी उपमहानगरपालिकाको बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरेका ऐरले सोही उपमहानगरपालिकाको पञ्चोदय माध्यमिक विद्यालयबाट एसएलसी गरेका हुन्। घरको कामले गर्दा उनले इच्छा भएर पनि उच्चशिक्षा पढ्न पाएनन्। साथै बिहे पनि चाँडै गरे। बिहेपश्चात् दुई छोराका बाबु ऐरले काठ मिल सञ्चालन गरेर घर गुजारा चलाउँदै आए।

कसरी होमिए राजनीतिमा बलबहादुर ?

राजनीतिको छिटोसमेत नपरेको परिवारमा जन्मेका ऐर गाउँका सोझा जनता, गरिब र दीन दुःखीको सहयोगमा जुट्ने गर्थे। सानैदेखि सामन्ती व्यवहार मन नपराउने उनलाई तत्कालीन माओवादीले उठाएका एजेण्डाहरू मन पर्न थाल्यो। उनले सोच्ने गर्थे, ‘सामन्ती सत्ता अन्त्य गरी गरिब दिन दुःखीलाई माथि उकास्न यही पार्टीको सदस्य बन्नुपर्छ।’ फलस्वरुप उनले २०६३ सालमा माओवादीको सदस्यता लिए।

पार्टीको सदस्यता लिए पनि उनले आफ्नो व्यवसायलाई भने निरन्तरता दिँदै आए। २०७४ असार महिनामा स्थानीय तहको निर्वाचनका लागि मिति तोकियो। उम्मेदवार छान्न नेताहरू गाउँ केन्द्रित भएका थिए। कार्यकर्ताहरू उम्मेदवार बन्न तँछामछाड गर्दै थिए। त्यही समयमा पार्टीबाट युवानेता तथा व्यवसायी बलबहादुर ऐरले धनगढी उपमहानगरपालिका– ३ बाट वडा अध्यक्षको टिकट पाए। टिकट पाएसँगै चुनाव प्रचार अभियानमा पनि जुटे।

चुनावी प्रचारप्रसारमा जुटेको केही दिनमै संयोग नै मान्नुपर्छ, फरक आस्था र विचार राख्ने उनका आफ्नै दाइ राजबहादूर ऐरलाई नेपाली कांग्रेसले सोही पदका लागि टिकट दियो। चुनाव जित्नेमा ढुक्क बलबहादुर आफ्नै दाइले अर्कै पार्टीबाट टिकट लिएपछि भने अक्क न बक्क परे। अब उनले आफ्नै दाइसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो। भोट माग्न जाँदा पनि आफन्तहरूले कसलाई भोट दिने भनेर प्रश्न गर्न थाले। एउटै घरका दुई दाजुभाइले एउटै पदका लागि टिकट पाएपछि घरपरिवारमा छलफल शुरू भयो र परिवारका सदस्यले एक जनालाई मात्रै चुनाव लड्न सल्लाह दिए। तर, पार्टीले दिएको जिम्मेवारीलाई नकार्न नसकेर दुवै भाइले चुनाव लड्ने नै निधो गरे।

एउटै दाजुभाइ फरकफरक पार्टीबाट चुनाव लड्दा आफूलाई कति भोट आउँछ भनेर उनले आँकलन गर्नै सकेका थिएनन्। अन्ततः निर्वाचन पनि सम्पन्न भयो। मत परिणाम आफ्नो पक्षमा आएपछि उनी दङ्ग परे। वडा सदस्यका चार जना पराजित हुँदा तत्कालीन माओवादीबाट उनी मात्रै वडा अध्यक्षमा निर्वाचित भए। उनले आफ्नै दाइ राजबहादरलाई ५४ मतले पराजित गरे।

निर्वाचनपछि उनको दैनिकी

आफूलाई विश्वास गरेर वडावासीले जिताएपछि उनी खुशी साँट्न घरदैलोमा जान थाले। घरघर, टोलटोलमा गएर गुनासो पनि संकलन गर्न थाले। ढल निकास, डुबान, कटान, सडक, शिक्षा, स्वास्थ्यलगायतका मुख्य समस्या उनले वडावासीबाट सुने। उनी ५ वर्षभित्र सबै समस्या समाधान गर्ने प्रयासमा आफू रहने प्रतिबद्धता गर्दै दैनिकजसो जनतामाझ नै रहे।

वडा अध्यक्ष भएपछि उनको दैनिकी पनि फेरिएको छ। बिहानको झुल्केघामसँगै आफ्नो व्यवसाय र घर परिवारका बारेमा सोच्ने ऐरले अध्यक्ष भएपश्चात घर परिवार तथा व्यवसायभन्दा पनि जनताको समस्यालाई प्राथमिकतामा राख्न थालेका छन्। उनी बिहान ६ बजे उठ्छन्, जनतामाँझ पुग्छन् र जनताका गुनासो सुझाव लिइसकेपछि त्यसको समस्या समाधानमा लाग्छन्।

कार्यालयको काम सकेपछि साँझ फेरि गाउँतिरै लाग्छन्। यसरी १ मिनेट पनि घरमा समय नदिँदा २ छोराको भविष्यसँगै व्यवसायसमेत चौपट हुने चिन्तामा अध्यक्ष ऐरकी श्रीमती छिन्। तर उनलाई त्यसको कुनै पर्वाह छैन। अध्यक्ष ऐ भन्छन्, ‘५ वर्षका लागि आएको हुँ, त्यति समय मरिमेटी जनताको काम गर्छु।’

आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने कसम खाएका ऐरले हालसम्म इमानदारिताका साथ नै सबै कामको व्यवस्थापन गर्दै आएका छन्। तत्कालीन एमालेबाट ३ र कांग्रेसबाट १ गरी ४ जना वडा सदस्य पनि सक्रिय छन्। एमालेबाट निर्वाचित ओमविक्रम चन्द, नारायण पाण्डेय, पार्वती सिंह र कांग्रेसबाट निर्वाचित राधा विक पनि वडा अध्यक्ष जस्तै काममा सक्रिय छन्। उनीसित टिम सक्रिय हुँदा काम झनै राम्रो भएको छ।

वडा अध्यक्ष हुनु त बलबहादुरजस्तो

टिमले पहिलो वर्षमा जनतामाँझ तारिफ गर्नलायक राम्रो काम गरेर देखायो। पहिलो वर्षमा तलब भत्ता नै नपाएको अवस्थामा पनि उनीहरूले चिया खर्चबापत आउने रकमसमेत सामाजिक काममा लगाए। उनी ‘जनप्रतिनिधि हुन् त धनगढी– ३ का जस्ता’ भन्ने उदाहरण नै बने।

आफ्नो कार्यकाल २ वर्ष पुग्दा पनि उक्त वडाका जनप्रतिनिधिप्रति जनताबाट खासै गुनासो आएन। तत्कालीन एमालेबाट उम्मेदवार बनेका जित बहादुर मल्ल र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राज बहादुर ऐरले पनि वडाका जनप्रतिनिधिमाथि कुनै गुनासो नभएको बताउँदै आएका छन्। उनीहरू दुवैले वडा भेलामा यस्तो सक्रिय टिम अन्य वडामा नभएको बताएका छन्।

वडा अध्यक्ष ऐर भन्छन, ‘राजनीतिमा सक्रिय भएर नेता बनौँला भन्ने सोचेको पनि थिएन। पार्टीले वडाध्यक्ष बन्न लायक बनायो, जनताले बनाए, मलाई पैसाको भन्दा पनि जनताको चिन्ता छ।’

जनताका लागि रातिको १२/१ किन नबजोस्, गाह्राे नमानी जनताका समस्या समाधान गर्न निस्कने ऐर जनताका लागि व्यक्तिगततर्फबाट हुने काममा समेत कुनै कन्जुस्याइँ नगरेको बताउँछन्। तर, संविधानमा रहेर बजेटअनुसार काम गर्नुपर्दा वडाका सबै समस्या समाधान गर्न नसकेकोमा भने उनी दुःखी छन्।

वडामा डुबान र कटानको मुख्य समस्या हुँदा यसका लागि बढी बजेट आवश्यक पर्ने भएकाले प्रदेश र केन्द्र सरकारलाई समेत माग गरिएको उनले बताए। मोहना नदीले प्रत्येक वर्ष सयौं विगाह जमिन कटानी गरेको देख्दा उनलाई त्यो कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता छ। कटानी समस्याको समाधानका लागि प्रदेश र केन्द्र सरकारको पर्खाइमा छन् उनी। उक्त उपमहानगरपालिकाको सबैभन्दा बढी जनघनत्व रहेको ३ नम्बर वडामा डुबानको मुख्य समस्या रहँदै आएको छ। अहिले उनी त्यसको दिर्घकालीन व्यवस्थापनका लागि नयाँ विकल्प के अपनाउने भन्ने सोचमा छन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८