काठमाडौँ, २७ पुस –प्रधानसेनापति पूर्णचन्द्र थापा छदिने भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वलाधिकृत हेमन्तराज कुँवरले बिदाइ गरेका छन्।

भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा भारत गएका हुन्। प्रधानसेनापतिमा नियुक्त भएपछि यो उनको पहिलो भारत भ्रमण हो।

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले त्यहाँको स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाको जयपुरस्थित साउथ वेस्टर्न कमाण्ड र लखनउस्थित सेन्ट्रल कमाण्डको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायतका उच्चपदस्थ पदाधिकारीसँग पनि प्रधानसेनापति थापाले भेटघाट गर्नेेछन्। भेटको क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने सेनाको विज्ञप्तिमा जनाइएको छ।

भ्रमण टोलीमा श्रीमती दीपा थापा, सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी झंकर कठायतलगायत सात जना रहनेछन्। भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनेछन्।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९