काठमाडौँ, २७ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्। राष्ट्रपतिले २ सय ९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित समारोहमा सिंहदरबार पश्चिम मूलद्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी हुन् ।

उक्त अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि शाहप्रति श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए।

यसअघि ठकुरी सेवा समाज, ग्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाल लगायतका सङ्घसंस्थाको बाजागाजा सहितको र्यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो। र्यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

1 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार