वीरगञ्ज – गएराति पर्सा–बारामा फेरि हावाहुरीका कारण एक किशोरीको ज्यान गएको छ भने दुवै जिल्लामा गरी दर्जनौँ घरको छानो उडाएको छ। पर्सा, पकाहामैनपुर गाँउपालिका– १ धोरे गाउँका दिनेश सहनीकी छोरी १५ वर्षीया श्रुति सहनीको मृत्यु भएको छ भने उनकी दिदी रानी सहनी घाइते भएकी छन्। श्रुति नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। श्रुतिको मृत्यु भएपछि विद्यालय परिवार आज शोक बिदा घोषित गर्दै विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यपाक उपदेश मेहताले जानकारी गराएका छन्।

श्रुति गाउँकै दक्षिणमा रहेको रामजानकी मन्दिरनजिक बजारबाट तरकारी किनेर घर फर्किने क्रममा आँधी आएको थियो। सोही आँधीका क्रममा सिमलको रुखनिर लुक्दा सिमलको रुख भाँचिएर त्यसमा च्यापिएर उनी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि पावरहाउसनजिक तराई हस्पिटलमा भर्ना गरिएकी श्रुतिको राति ११ बजे मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी गराए।

यसैगरी, आँधीले वीरगञ्ज महानगरको वडा नं १८ मा जमदार देवान, विजय पटेल, श्रवण महतोलगायत सात जनाको घरमा क्षति पु¥याएको छ। पर्साको कालिकामाई गाउँपालिका–४ मा पनि आधा दर्जन घरको छानो उडाएको सो वडाका वडाध्यक्ष हरिओम साहले बताए। शक्तिशाली हुरीले पर्साको धोेरे, भिस्वा, सुपौली, अमरपट्टि र असासवारीलगायत प्रहरी चौकीको भवनमा पनि क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

जिराभवानी गाउँपालिका–४ मा पनि चारवटा घरको छानो उडाउनुका साथै पोखरिया बजारमा तीनवटा विद्युतको पोल ढलेको छ। पर्साको धोविनी गाउँपालिका– १, पिपरामा अफताव पटेलको कुखुरा फर्म भत्किँदा करिब ४ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यसैगरी, बारा जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीमा सुन्तला मियाको घरमा बिजुलीको पोल ढल्दा छानो भत्केको छ भने अहिदुल्लाह देवान, शराजुल मिया, सिराजुल मिया, इन्जहार देवान, नैमोद्दिन देवान, कालिम देवान, नुरैन मिया, फुसपुरइ यासमिन देवान र मुजेर देवानको घरको हुरीले छानो उडाएको वडा अध्यक्ष असलम देवानले बताएका छन्।

टनार्डो पीडित पनि समस्यामा

गत चैत १७ गते आएको विनाशकारी हावाहुरी (टनार्डो) का कारण घरबारविहीन बनेका पर्सा र बाराका पीडितहरू हिजो हावाहुरीले थप पीडित बनेका छन्। टेन्टमा जीवन बिताइरहेका पीडित परिवारको राति ७ बजेको समयमा आएको हावाहुरीले गर्दा टेन्ट पनि उडाएको र पानी पसेको बारा प्रसौनी गाउँपालिकाका अध्यक्ष भेला कलवारले बताए। हुरीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर, प्रसौनी गाउँपालिकाको खुटवा जब्दी, फेटा गाउँपालिकाको वडा नं १ भलुही भरवलिया, फेटा ६ पुरैनियालगायत गाउँमा बढी क्षति गरेको थियो।

पर्सा, बारामा ३० जनाको ज्यान गएको थियो भने करिब २ हजार घरमा पूर्ण र आशिक क्षति भएको थियो। हिजोको हुरीले सिम्रौनगढ नगरपालिका–३, जोलाही टोलमा आबिद अन्सारी, मोहन अन्सारी, सबिर अन्सारी, अजहर अन्सारी, कुर्बान अन्सारी, तिजारत अन्सारी, युनुस अन्सारी गरी २० जनाको घर भत्केको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८