हरि तिमिल्सिना


पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१) एक शाहवंशीय राजा थिए। नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाह राजा मात्र थिएनन्, उनलाई राजा मात्र भनी बोलाउदा उनको परिचय पर्याप्त हुँदैन। पृथ्वीनारायण शाहलाई बृहत रुपमा प्रस्तुत गरिनुपर्छ, उनको महान गाथा एवं साहसिक कार्यलाई गर्वका साथ संसारभर फैलाउन पर्छ। नेपाल एकीकरणका महान अभियन्ता पृथ्वीनारायण शाहलाई नेपालीले श्रद्धाका साथ पुज्नुपर्छ। पृथ्वीनारायण शाहको कारण नै आज हामी आफुलाई नेपाली भन्न र नेपालमा बस्न पाएका हौँ।

स–साना राज्यहरुमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रुपमा चिनिन्छन्। उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। राष्ट्र निर्माताको दुरदर्शिता, राष्ट्रियता, विभिन्न जातजाति प्रतिको सम्मान, धर्मप्रतिको सम्मान, देशको भौगोलिक विविधताको रक्षा, छिमेकी राष्ट्रहरुप्रतिको कुटनैतिकता, आर्थिक र सामाजिक विषयहरुको ज्ञान हेर्दा उनलाई एक कुशल राजनेता भन्दा फरक नपर्ला।

उनलाई केही अपव्याख्याकारहरुले अनेकौँ लान्छना लगाइ गालीगलोज गरेपनि नेपाल देशलाई स्वतन्त्र तथा स्वाभिमानी बनाउने उनी मात्र थिए। जसरी जर्मनीको एकीकरणमा बिस्मार्क, इटालीको एकीकरणमा कावुर, मेजिनी र गौरीवाल्डी र अमेरिकाको स्वतन्त्रता र एकीकरणमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कन एवम् भारतको एकीकरण र स्वतन्त्रतामा सम्राट अशोक, महात्मा गान्धी र चीनमा छिन ह्वाङ्ती र सनयातसेनको एकीकरण र स्वतन्त्रतामा योगदान छ, त्यस्तै नेपालको एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान छ।

नेपालले कहिले स्वतन्त्रता दिवस मनाएन यसको प्रमुख कारण पनि पृथ्वीनारायण शाह नै थिए। भारत उतिबेला इस्ट इण्डिया कम्पनीको उपनिवेशमा थियो। अङ्ग्रेजहरु साम्राज्यवादी नीति बोकेर भारत छिरेका थिए। र, पछि भारतमा राज गर्न थालेका थिए। भारतमा साम्राज्य बनाइसकेका अङ्ग्रेजहरुको नजर नेपालमाथि पनि थियो। उनीहरुको नीतिबारे पृथ्वीनारायण शाहलाई अवगत थियो, अङ्ग्रेजहरु विभिन्न बहानामा नेपाल पस्न चाहन्थे। नुवाकोट, नगरकोट, दहचोक र कीर्तिपुरपछि पृथ्वीनारायण शाह काठमाडौँ (कान्तिपुर)लाई पनि एकीकरण गर्ने योजनामा थिए। त्यतिबेला काठमाडौँमा अन्तिम मल्ल राजा जयप्रकाश मल्ल थिए।

अङ्ग्रेजहरुलाई जयप्रकाश मल्लले सहयोगका लागि गुहारेका थिए, जयप्रकाशलाई सहयोग गर्ने र नेपाल भित्रने यो अवसर अङ्ग्रेजहरुले पाएका थिए। पृथ्वीनारायण शाहले उनीहरुको योजनालाई वि.सं. १८२४ आश्विन १५ मा विफल बनाइदिइका थिए। सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेर काठमाडौँका राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका अङ्ग्रेजी फौजलाई परास्त गरेर भगाएका थिए। यसको ठिक एक वर्षपछि वि.सं. १८२५ आश्विन १५ गतेका दिन कान्तिपुरमाथि गोर्खाली फौजले सजिलैसित विजय हासिल गर्यो। यसको केही समयपछि ललितपुर र भक्तपुर पनि नेपालमा गाभियो।

त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उनले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भनी राष्ट्रियताको विजारोपण गरेका छन्। राष्ट्रनिर्माताले नेपाल राष्ट्रलाई सबै जातजातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गरेका छन्।

वि.सं. १८३० साउनमा चौदण्डी माझकिरात र पल्लोकिरात प्रदेशलाई पनि एकीकरण गरियो। पूर्वी तराईका सप्तरी, सिरहा, महोत्तरी र मोरङ प्रदेशहरु चौदण्डी राज्यअन्तर्गत थियो। चौदण्डीका अन्तिम राजा कर्ण सेनलाई हराई त्यसअन्तर्गतका समस्त तराई क्षेत्र नेपालमा गाभियो। यसरी पृथ्वीनारायण शाहबाट बडो बुद्धिमत्ता र रणकौशलताबाट नेपाल राष्ट्र निर्माण भयो। उनले पहाडी प्रदेशको राजामा मात्र सीमित नभई, तराई प्रदेशका समेत राजा भएर एउटा साझा नेपालका साझा राजाका रुपमा आफूलाई स्थापित गरे। त्यसैले यो सबै जातको साझा फूलबारी हो भनेर सबै जातका साझा राजाका रुपमा परिचय दिने काम पृथ्वीनारायण शाहबाट भयो।

विजित राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लाद्ने काम गरेनन्। स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई, त्यसलाई राष्ट्रिय स्वरुप प्रदान गरे, जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि नेवारी भाषा, संस्कृति, कला, नाचगानलाई प्रोत्साहन दिएर उदारता देखाए।

तीनै शहर नेपालका नेवारहरुका नाच झिकाई हेरे पनि हुन्छ। यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ। यसो भए आफ्नो देश सुरक्षित रहन्छ। यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गरे।

पृथ्वीनारायण शाहले नेपालीका लागि सिङ्गो र अखण्ड नेपाल मात्र छाडेर गएनन् उनले आफ्नो जीवन भोगाइमा पाउनु भएको दिव्यज्ञान पनि छाडेर गए। जसलाई आजका दिनमा दिव्योपदेश भनेर चिनिन्छ। उनका दिव्य उपदेशहरु दूरदर्शी छन्। उनका दिव्य उपदेशले कसैलाई विभेद गरेको छैन, देश चलाउने शासक, जनता, कर्मचारी सबै वर्ग, जातजातिलाई समेटिएको छ।
उनले आफ्नो दिव्योपदेशमा, ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिजा कंगाल गरी छाड्दछन्’ अर्थात् देश (हिन्दुस्तान) का महाजन, व्यापारीहरूलाई सिमानादेखि माथि आउन आउन नदिनु, यदि हाम्रा मुलुकमा आयो भने कंगाल गरिछाड्दछन्। विदेशी महाजन आयो भने स्वदेशी उद्योग तथा व्यापारमात्र होइन, देशको अर्थतन्त्रलाई सखाप पार्नेछ भनी दिव्योपदेशको भावार्थ छ।

राष्ट्र निर्मातालाई बदनाम गरी विदेशीका इशारामा नेपाललाई विखण्डनतर्फ लैजान चाहनेहरुले उनलाई संकुचित विचारले व्याख्या गर्ने गरेका छन्, कसै–कसैले उनलाई विस्तारवादीको संज्ञा पनि दिन्छन्। तर, उनको यस्तो नीति भएको भए यस मुलुकको नाम नेपाल नराखेर गोरखा नै हुन्थ्यो होला। त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उनले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भनी राष्ट्रियताको विजारोपण गरेका छन्। राष्ट्रनिर्माताले नेपाल राष्ट्रलाई सबै जातजातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गरेका छन्।

मुलुकलाई विधिसम्मत तथा प्रजातान्त्रिक तवरले सञ्चालन गर्न थिति बाध्नु पनि पृथ्वीनारायणको ध्येय थियो। निरङ्कुश, सामन्ती र स्वेच्छाचारी शासनशैली र पद्धतिको विपक्षमा थिए। उनी गतिशील लोकतन्त्रमुखी संवैधानिक राजतन्त्रका पक्षपाती थिए।

त्यसैले उनले ‘उप्रान्त राजा रामशाहले बाँध्यको थिति हेरि सके राजा जय स्थिति मल्लले बाँध्यको थिति हेरि सके राजा महेन्द्र मल्लले बाँध्यको थिति पनि हेरि सके ईश्वर दियो भन्या म पनि यस्ता बन्देज बाछ हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो र निञाशास्त्र बमोजिम अदालत चलाउनु’ भनी उहाँको कथनले सम्पूर्ण विधिअनुसार राज्य व्यवस्था र कानुनी राज्य सञ्चालन गर्न मनस्थितिमा थिए भन्न सकिन्छ। एक प्रसङ्गमा उनले आफूले मनपराएको व्यक्तिलाई भारदार नबनाई जनताले रुचाएको व्यक्तिलाई भारदारी प्रदान गर्नुले उनमा रहेको प्रजातान्त्रिक भावना स्पष्ट हुन्छ।

उनले ‘प्रजा मोटा भया दरबार बलियो हुन्छ र राजाका भण्डार भन्याका रैतानहरू हुन्’ भनी जस्ता जनतालाई बलियो अर्थात् धनी सम्पन्न बनाउन चाहन्थे, जसले गर्दा दरबार बलियो हुन्छ साथै राजाको भण्डार भनेको रैतान (जनता) हुन्। जनताको सम्पन्नता नै राजाका भण्डार अर्थात सम्पत्ति हुन् भन्ने उनको विचार थियो। त्यस्तै ‘‘निजा निसाप बिगार्न्या भन्याको घुस दिन्या र घुस षान्या इन दुईको ता धनजीव गरीलियाको पनि पाप छैन ई राजाका महासतुर हुन्’ भनी दिव्योपदेशमा भनेका छन्। अर्थात् न्याय इन्साफ बिगारेर घुस दिने र घुस खाने दुई वटैको धन र जीउहरण गरेपनि पाप लागने छैन, किनभने यी राजा र देशका महाशत्रु हुन्।
यसरी अढाई सय वर्षअघि मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्न उनले चिन्ता व्यक्त गरेका छन्। जो अहिलेको लोकतान्त्रिक नेपालको सन्दर्भमा पनि उपयुक्त छन्। नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेकोमा उनको दिव्योपदेश अहिले निकै मर्मस्पर्शी छ।

उनले ‘उप्रान्त यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेको छ, चीन बादशाहसित ठूलो घाहा राषनु, दषिनको समुद्रको बादशाहसित घाहा राषनु तर यो महाचतुर छ’ भनी दिव्योपदेशले नेपालको असंलग्न परराष्ट्रनीतिको आधार स्तम्भ हो। अर्थात् दुई ढुङ्गाबीचको तरुल भनेको चीन र भारतजस्तो दुई देशको बीच स्थित छ। दुवैसित समान सम्बन्ध राख्नुपर्दछ। एउटासित विशेष सम्बन्ध र अर्कोसित औपचारिक सम्बन्ध नराखी समदूरीको सिद्धान्तमा सम्बन्ध राख्नुपर्दछ। दुवै देशबीच सन्तुलन बनाइराख्नुपर्दछ। यसरी परराष्ट्र नीतिको जग राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा नै शिलान्यास गरिएको मान्नुपर्दछ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार