काठमाडौँ, २७ पुस- प्रहरीले अवैध लागूऔषधसहित उदयपुर र ललितपुरबाट पाँच जनालाई पक्राउ गरेका छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।

प्रहरीका अनुसार ललितपुर चिबहाल बस्ने मकवानपुरका २६ वर्षीय बखतबहादुर खड्का, भारत घर भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय विजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखाका १६ वर्षीय सुदीप बराम पक्राउ परका हुन्।

ललितपुर महालक्ष्मीस्थानबाट पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ८ सय ग्राम गाँजा, नियन्त्रित लागूऔषध नाइट्रोभेट २ सय एम्पुल, पाँच बोतल ओनरफे र १ सय एमएमको विनसिरेक्स तीन बोतल फेला पारेको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध बरामद गरेको हो।

उदयपुरमा चौदण्डीगढी बस्ने २४ वर्षीय गोविन्द परियारलाई १ केजी गाँजासहित इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पसलमा चिया पिइरहेका परियारलाई चेकजाँच गर्ने क्रममा उनको साथमा गाँजा फेला परेको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी कारवाही भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५