अध्यक्षका उम्मेदवारत्रय क्रमशः पुष्पराज कुँवर, रुपेश स्वाँर र डिल्ली अवस्थी।

धनगढी, २७ पुस – कैलाली उद्योग वाणिज्य संघको ४६औँ अधिवेशन पुस २८ गते शनिबार हुँदै छ। शनिबार बिहानबाटै सुरु हुने यो अधिवेशनको बन्दसत्रपछि संघको नयाँ नेतृत्वका निम्ति निर्वाचन हुने संघले जानकारी गराएको छ।

प्रदेश नम्बर–७ को व्यावसायिक केन्द्र कैलालीमा हुन लागेको व्यवसायीहरुको यो निर्वाचनप्रति आमजनताले समेत अत्यन्तै चाख पूर्वक हेरिरहेको संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले बताए।

विशेषगरी, संघको नेतृत्वमा युवा व्यवसायीहरुको त्रिकोणीय प्रतिष्पर्धा निकै नै रोचक हुने व्यवसायीहरु बताउँछन्। संघको अध्यक्ष पदका निम्ति ३ जना व्यवसायीहरुले प्रतिष्पर्धा गर्दैछन्।

धनगढीस्थित फ्लोरा होटलका सञ्चालक एवं दर्जनौँ व्यवसायमा संलग्न युवा व्यवसायी पुष्पराज कुँवर, मदिरा व्यवसायी डिल्ली अवस्थी र खासै व्यवसायमा संलग्न नरहेका रुपेश स्वाँरबीच कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रतिष्पर्धा हुन गइरहेको छ।

यी तीनै जना उम्मेदवारमध्ये रुपेश स्वाँर संघका निवर्तमान महासचिव, पुष्पराज कुँवर कोषाध्यक्ष र डिल्ली अवस्थीले सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्।

संघका एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ सदस्यसहित १८ पदका निम्ति तीनै जना उम्मेदवारले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। आ–आफ्नो प्यानललाई जिताउनका निम्ति तीव्र ध्रुवीकरणका साथ उम्मेदवारहरु निरन्तर मतदातासमक्ष पुगिरहेका छन्।

तीन उम्मेदवारमध्ये कैलालीका आम व्यवसायीहरुले पुष्पराज कुँवरलाई विशुद्ध व्यावसायिक उम्मेदवारका रुपमा लिएका छन् भने डिल्ली अवस्थी र रुपेश स्वाँरलाई राजनीतिक छत्रछायाँ प्राप्त भएको व्यवसायीहरु बताउँछन्।

अध्यक्षका उम्मेदवार डिल्ली अवस्थी र रुपेश स्वाँर नेपाली कांग्रेस निकटका मानिन्छन्। अवस्थीलाई रामचन्द्र पौडेल खेमाले यो निर्वाचनमा सहयोग गरिहरेको छन् भने स्वाँरका निम्ति सुदूरपश्चिमका प्रभावशाली युवा नेता एनपी साउदले खुलेरै सहयोग गरिरहेका छन्।

व्यवसायीहरुको यो निर्वाचनमा नेपाली कांग्रेसका दुई खेमाले खुलेरै आफ्नो उम्मेदवार मैदानमा उतारेपछि स्वतन्त्र रुपमा व्यवसाय गरिरहेका पुष्पराज कुँवरलाई वाम घटकले समर्थन गरेको छ।

उद्योग वाणिज्य संघको यो निर्वाचनमा राजनीतिक रुपले जसरी हस्तक्षेप भइरहेको छ, त्यसलाई आम व्यवसायीहरुले पटक्कै रुचाएका छैनन्। संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी भन्छन्, ‘नितान्त व्यवसायीहरुको नेतृत्व चयन गर्ने यो निर्वाचनमा यसरी राजनीतिक हस्तक्षेप हुनु संघको भविष्यका लागि राम्रो संकेत होइन।’

अध्यक्षका तीनै जना उम्मेदवारले आफ्नो प्यानलले जित्ने दावी गर्दै आएको भएपनि संघका अधिकतम् सदस्य एवं मतदाताहरुको रुझान भने विशुद्ध व्यावसायिक उम्मेदवार पुष्पराज कुँवरप्रति देखिएको पूर्व अध्यक्ष भण्डारी बताउँछन्। उनले भने, ‘पुष्पराज कुँवर व्यावसायिक उम्मेदवार भएकाले उनको टिम विजयी भएमा उद्योगी, व्यवसायीको त हित हुन्छ नै, संघको भविष्यका निम्ति पनि हितकारी हुन्छ।’

व्यापार व्यवसायमा लामो अनुभव संगालेका अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले नेपाली पब्लिकसँग कुरा गर्दै भने, ‘मेरो लामो व्यावसायिक पृष्ठभूमिका कारण सबै क्षेत्रका व्यवसायीहरुको सहानुभूति र सहयोग पाइरहेको छु, यो निर्वाचनमा मेरो टिमको विजय निश्चित छ।’

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५