बुटवल – प्रदेशका ५ ठूला निजी तथा सामुदायिक अस्पतालले उपचार गरे वापतको भुक्तानी गुर्न पर्ने रकम सरकारसँग माग गरेको छन्। लामो समयसम्म पनि सरकारले भुक्तानी नदिएको गुनासो गर्दै अस्पताल सञ्चालकहरुले तुरुन्त भुक्तानी दिन सरकारसँग माग गरेका हुन्।

उपचार गरेबापत पाउनु पर्ने रकम तत्काल निकासा गर्न यस क्षेत्रका अस्पताल सञ्चालकहरुले सरकारलाई आग्रहसमेत गरेका छन्। प्रदेशका १२ अस्पतालमध्ये ५ वटा अस्पतालले सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच अस्पतालहरुले आफूहरुले सरकारी रकम नपाउँदा समस्या झेल्नु परेको बताए। गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले पछिल्लो ६/७ महिना यताको रकम उपलब्ध नगराएको भन्दै अस्पतालको नियमित गतिविधि सञ्चालनमा समस्या हुने गरेको बताए।

उनले सरकारसँग पछिल्लो ५ महिनायता ८ करोड ४६ लाख रुपैयाँ बक्यौता रहेको दावीसमेत गरे। उनका अनुसार सबैभन्दा धेरै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई ४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यसैगरी भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजले १ करोड ३६ लाख, क्रिमसन अस्पताल मणिग्रामले १ करोड ३५ लाख, नेपालगञ्ज मेडिकल कलेजले ७० लाख र सिद्धार्थनगर सिटी अस्पतालले ५८ लाख गरी ८ करोड ४६ लाख रुपैयाँ पाउन बाँकी रहेको जानकारी दिए।

नेपाल सरकारले विपन्न नागरिकलाई मृगौलाको डायलासिस र विभिन्न आठ प्रकारका कडा रोगहरुमा एक लाख रुपैयाँसम्मको निशुल्क उपचार सेवा उपलब्ध गराइरहेको छ। तर त्यस बापतको रकम भने भुक्तानी नभएको हो।

सरकारको उक्त सेवा प्रदानको लागि सूचीकृत भएका अस्पतालहरुले बिरामीको उपचारपछि नेपाल सरकार स्वास्थ्य विभागबाट प्रत्येक महिना वा बढीमा दुई महिनामा शोधभर्ना हुनुपर्नेमा विगत ७ महिनादेखि सोबापतको रकम पाएका छैनन्। शोधभर्ना रकम नपाउँदा अस्पतालबाट हुने सेवा प्रदान गर्न जटिल बन्दै गएको उनीहरुको गुनासो छ।

डी.आर. बन्जाडे डी.आर. बन्जाडे
नेपाली पब्लिकका प्रदेश नम्बर ५ का प्रमुख संवाददाता हुन्।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५