चितवन– नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले रजतवर्ष मनाउने भएका छन्। युनियनले शनिबार पत्रकार सम्मेलनको गरी जिल्ला शाखा स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा एक वर्षभर रजतवर्ष मनाउन लागेको जानकारी दिएको हो।

२०४८ जेठ १३ गते युनियनको केन्द्रीय समिति गठन भएको थियो। त्यसको दोस्रो वर्ष चितवनमा शाखा स्थापना भएको थियो।जिल्ला अध्यक्ष अनिल ढकालले गतवर्ष भवन निर्माणमा केन्द्रित भएकाले यसवर्ष एकमहीना एक कार्यक्रम गरी रजतवर्ष मनाउन लागिएको बताए। उनका अनुसार जेठ १३ गते ‘हिँडौं स्वस्थ्य बनौँ’ भन्ने भावका साथ चौबिसकोठीबाट पुल्चोकसम्म सबैसँगै हिँड्ने गरी कार्यक्रम तय गरिएको बताए।

त्यसैगरी श्रमजीवी पत्रकारको अवस्था र कार्यन्वयनका विषयमा अन्तरक्रिया, सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तरक्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारको अध्ययन अवलोकन भ्रमण र जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरिने कार्यक्रम रहेको बताए।

सोही अवसरमा अन्तरमिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्तपरीक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको बस्तीमा क्यान्सर रोग सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारिका विमोचनसँगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले बताए।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७