काठमाडाैँ– कान्तिपुर हाफ म्याराथनको उपाधि अनिश थापा मगर र विश्वरुपा बुढाले  जितेका छन्। कान्तिपुर पब्लिकेसनद्वारा  शनिबार आयाेजना गरेकाे  नवौं संस्करणकाे प्रतियोगिताअन्तर्गत पुरुष स्पर्धामा उपाधि हासिल गरेका अनिशले निर्धारित दुरी एक घण्टा आठ दशमलव चार मिनेटमा पूरा गरेका थिए ।

उनले उपाधिसहित   ५० हजार नगद र  डुएटको स्कुटर प्राप्त गरेका छन्। त्यस्तै महिला स्पर्धामा प्रथम स्थान हासिल गरेकी विश्वरुपाले निर्धारित दुरी एक घण्टा २३ मिनेट २८ सेकेण्डमा पूरा गरिन्। उनले उपाधिसहित   ५० हजार नगद र डुएटको स्कुरट प्राप्त गरेकी छन्। सोही स्पर्धाको पुरुषतर्फ दुर्गा बुढा दोस्रो भए भने आर्मीका कृष्णा बस्नेत तेस्रो भए। महिलातर्फ आर्मीकै सन्तोषी श्रेष्ठ दोस्रो तथा एपिएफकी बिना देसार तेस्रो बनिन्। दोस्रो बनेका दुवै स्पर्धाका खेलाडीले जनही  तीस हजार रुपैयाँ प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका खेलाडीले जनही  बीस हजार रुपैयाँ प्राप्त गरे। सो हाफ म्याराथन थापाथलीबाट शुरु भई माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, कौशलटार, थिमि, सल्लाघारी चोकबाट फर्किएर सोही रुट हुँदै थापाथली आएर सम्पन्न भएको थियो ।

त्यस्तै ह्विलचेयरतर्फ पुरुषमा रामबहादुर तामाङ पहिलो, प्रेम विक दोस्रो र मोहनबहादुर बस्नेत तेस्रो भए। महिला स्पर्धामा याम झाँक्री मगर पहिलो भइन् भने रजनी राई दोस्रो तथा बबिता थापा तेस्रो भइन्। दुबै प्रतिस्पर्धामा पहिलो हुनेले जनही बीस हजार, दोस्रोले दश र तेस्रो हुने खेलाडीले पाँच हजार हात पाएका छन्।  पाँच किलोमिटर कर्पोरेट एण्ड मिडियाअन्र्गत पुरुष स्पर्धामा राजेश खड्का पहिलो, अजय तामाङ दोस्रो र उत्तम श्रेष्ठ तेस्रो भए। सोही स्पर्धाको महिलामा काजल बिष्ट पहिलो, जुनेली सुनार दोस्रो र सुनिता गौतम तेस्रो भए। कर्पोरेटतर्फका विजेता खेलाडीले बैंककमा तीन रात र चार दिनको भ्रमण प्याकेज प्राप्त गरेका छन् भने दोस्रो हुनेले पोखरामा दुई रात र तीन दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेले माउन्टेन फ्लाइटको टिकट प्राप्त गरेका छन्।

उक्त स्पर्धा थापाथलीबाट शुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुनः सोही रुट फर्कंदै थापाथली पुगेर सम्पन्न भएको थियो। एकदिने उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गरेका थिए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०