काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यद्वारा सुनिश्चित सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझका रूपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छन्।

बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगाैँडामा मानवअधिकारको लागि एकल महिला समूहको नवनिर्मित छहारी भवनको आज (शनिबार) उद्घाटन गर्दै उनले देशमा रहेका कुरीति, कुसंस्कार र कुप्रथा अन्त्य गर्नुपर्ने बताएकी हुन्। यस्तो प्रयासबाट समाज, राष्ट्र र सम्पूर्ण विश्व नै सुसंस्कृत बन्न गई मानव जीवन सुखी र सम्पन्न हुने उनले उल्लेख गरिन्।

राज्यले अँगालेका महत्त्वपूर्ण प्रावधानको प्रभावकारी कार्यान्वयनले महिलाको चौतर्फी विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “सदीयाैँदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ।’’

स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै राष्ट्रपति भण्डारीले मौलिक हकका रूपमा संविधानमै असहाय र एकल महिलाका लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको बताइन्। उनले भनिन्, “मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ।’’

समारोहमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक र संवैधानिक दृष्टिकोणले आधारभूत रूपमा समाजमा भेदभाव टुङ्गिए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पाटोबाट भने भेदभाव अझै हट्न बाँकी नै रहेको बताए । उनले भने, “सामाजिक चेतना र जागरणका माध्यमबाट समाजमा देखिएका विभेद अन्त्य गर्नेतर्फ हाम्रो प्रयास छ। यसका लागि सामाजिक अभियान चलाउनुपर्छ।’’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले एकल महिलाको हकअधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताइन्। उनले भनिन्, “सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको सिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरुद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ।’’

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हुँदै आएकाले सबैको प्रयासमा यस खालका कुरीति अन्त्य गर्न आवश्यक रहेको बताइन्। यस्तै संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म १ लाख ६० हजार एकल महिला सङ्गठित रहेको जानकारी दिइन्।

उक्त समूह स्थापनाको रजत महोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा ७६ जिल्लाका ५ सय प्रतिनिधिको सहभागिता थियो। पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५.८ अर्थात् ६ लाख १ हजार छ।

छोरालाई पढाउने छोरीलाई भने सानो उमेरमै विवाह गरेर धपाउने प्रवृत्ति अझै पनि समाजमा ठूलो रोगका रूपमा रहेकोबारे सो अवसरमा सबैको ध्यानाकर्षण गरियो। तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका महिलाको ६७ प्रतिशत रहेको बताइएको छ। एकल महिलामध्ये निरक्षर महिलाको सङ्ख्या ८६ प्रतिशत रहेको जनाइएको छ। विगतमा भएको १० वर्षे द्वन्द्वका क्रममा १० हजारको सङ्ख्यामा महिला विधवा भएका थिए।

उक्त समूहले यसअघि मुलुकमा विभिन्न स्थानमा १६ वटा छहारी भवन निर्माण गरिसकेको र यसबाट शीतलता मात्रै होइन, एकल महिलाका लागि ऊर्जासमेत मिलेको जानकारी दिइयो। भारतीय सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको हो। सङ्घ, प्रदेश र स्थानीय तहमा गरी अहिले मुलुकभरबाट १ सय ४६ जना एकल महिला जनप्रतिनिधिका रूपमा काम गरिहेको बताइएको छ। (रासस)

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४