सुर्खेत, २७ पुस। निर्माण कम्पनीको चरम लापरवाहीले सुर्खेत जिल्लाको भेरी नदीमा निर्माण गर्न लागिएको मोटरेबल पुलको काम प्रभावित भएको छ। विभिन्न बहाना बनाउँदै ठेकेदारले काम अलपत्र पारेपछि पुलको निर्माण कार्य अन्यौलमा परेको हो।
सडकको ट्रयाक खोल्ने काम पूरा भए पनि भेरी नदीमा पुल निर्माण थालिएको ६ वर्ष बितिसक्दासमेत अधुरै छ । जसले गर्दा सुर्खेत र बर्दिया सिधा सडकले जोडिन सकेको छैन।

दुई छिमेकी जिल्ला सुर्खेत र बर्दिया जोड्ने ‘फास्ट ट्रयाक’ नहुँदा यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत) को लामो यात्रा गर्न बाध्य छन्। उत्तर–दक्षिण जोड्ने उद्देश्यले आव २०६४/६५ देखि तेलपानी–भेरीगाउँ–सुर्खेत सडक खण्डको सर्भे थालिए पनि ठेकेदारको लापर्वाहीले ‘फास्ट ट्रयाक’ पूरा हुन सकेको छैन।

राहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ। २०७१ को बाढीले पिलर बंग्याएको भन्दै ठेकेदार निर्माणबाट पन्छिन खोजेको स्थानीयवासीको आरोप छ। रानीघाटका प्रेमप्रसाद पौडेलले पुल अलपत्र पर्नुमा ठेकेदारसँगै सडक डिभिजन कार्यालयको पनि दोषी रहेको भन्दै आक्रोश पोखे। ‘ठेकेदार र सडकका कर्मचारी दुबैको मिलेमतो हो, नत्र सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि काम लथालिंग हुन्थेन होला,’ उनले भने। पुल नहुँदा बर्दियाका यात्रु मात्रै होइन हरिहरपुर, तरंगा र वीरेन्द्रनगरका बासिन्दासमेत मर्कामा छन्।

बराहताल गाउँपालिका–२, का प्रेमबहादुर ओलीले आफूहरुलाई वीरेन्द्रनगर–कोहल्पुर हुँदै बर्दिया, कैलाली जानुभन्दा यो सडक खण्ड धेरै छोटो पर्ने बताए। छिटो पुल निर्माण सम्पन्न गर्न स्थानीय बासिन्दाले सडक डिभिजनलाई दबाब दिँदै आएका छन्। पुल निर्माणका लागि पप्पु÷मल्ल जेभी कन्ट्रक्सन प्रालि र डिभिजन सडक कार्यालय सुर्खेतबीच आव २०६८÷६९ मा सम्झौता भएको थियो। १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ लागत रहेको योजना अन्तर्गत हालसम्म दुईवटा सपोर्ट पिल्लर मात्र निर्माण गरिएको छ।

कम्पनीले २०७२ पुस २९ गते सम्पन्न गर्ने कार्यादेश पाएको थियो। डिभिजन सडक कार्यालयले तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता उल्लंघन गरेको भन्दै छिटो काम थाल्न ठेकेदारलाई ताकेता गर्दै आएको छ। डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद घिमिरेले म्याद थप गरिसकेकाले अब छिट्टै काम थाल्न ताकेता गर्ने बताए। थपिएको म्यादभित्र निर्माण सम्पन्न नगरे आवश्यक कारवाहीसहित ठेक्का सम्झौता रद्द गर्न बाध्य हुने भन्दै कार्यालयले ताकेता दिँदै आए पनि ठेकेदारले निर्माणपूर्वको तयारी थालेको छैन।

निर्माण कम्पनीले हालसम्म २ करोड बढी रुपैयाँ भुक्तानी लगिसकेको छ। सुर्खेतबाट बर्दियाको भुरीगाउँ ५० किमि दूरीमा पर्छ। सुर्खेतदेखि ३२ किमि बर्दियाको तेलपानीसम्म सडकको ट्रयाक निर्माण भइसकेको छ। तेलपानी जोड्न झन्डै ६ किमि बाँकी छ।

‘पप्पु’ ले समस्या
गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले देशैभरी बदनाम बनेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएको पुल निर्माण कार्य सुर्खेतमा समेत अलपत्र पारेको छ। कन्स्ट्रक्सनले सुर्खेतको भेरी नदी माथि बन्न लागेको पुलको काम अधुरै छ। पप्पुले ठेक्का लिएको पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो। निर्माण कम्पनीको लापरबाहीले सम्झौता अनुसार काम हुन नसक्दा पुल अलपत्र बनेको हो ।

‘पुल डिजाइनमै त्रुटि’
पहाडको भुवनोट अनुसार पुलहरुको डिजाइनमै त्रुटि रहको ठेकेदार कम्पनीहरुको दाबी छ। जसका कारण काम गर्न ठेकदारहरु लाई गाह्रो भएपछि ढिलाई भएको ठेकेदार पक्षको भनाई छ। सम्झौता अनुसार पुलको जग बायाँ किनाराको खुल्ला फाउण्डेशन, दायाँ र खोलाबीचको वाल फाउन्डेशनमा निर्माण गर्नुपर्ने हो। तर, निर्माण कम्पनीले सडक विभागमा बुझाएको विवरण अनुसार दायाँ किनारा र बीच भागको जग बसाउन समस्या भएको उल्लेख छ। पुल निर्माणमा देखिएको अवरोध हटाउन गोताखोर र विष्फोट गराउँदा पनि नदीको जग बनाउने ठाउँमा लागेको ढुङ्गा फुटाउन नसकिएको निर्माण कम्पनीको दावी छ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार