हरि अधिकारी

गत हप्ता सम्पन्न भएको भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा सत्तासीन उग्र हिन्दुवादी संगठन भारतीय जनता पार्टी (बीजेपी)ले ५ वर्षअघि आफैँले बनाएको रेकर्डमा सुधार गर्दै प्रचण्ड बहुमत प्राप्त गरेको छ। अब ५४३ सदस्यीय लोकसभामा बीजेपीका ३०३ र उसका सहयोगी दलहरूसमेत मिलेर बनेको न्यासनल् डिमोक्रेटिक एलायन्स् (एन्डीए) भनिने समूहका ३५२ जना सदस्य उपस्थित हुने भएका छन्। यो, संसदको दुई तिहाइ बहुमतका लागि मात्र ७ मत अपुग हुने संख्या हो।

भारतीय लोकसभाका लागि भएको १७औँ पटकको यो चुनावको नतिजाले केही तथ्यलाई मिथ्या साबित गरेको छ भने केही नयाँ छद्म तथ्यको रचना पनि गरेको छ। मिथ्या साबित भएका तथ्यहरूमा- १. भारत धर्मनिरपेक्ष राष्ट्र हो, २. भारतमा अल्पसंख्यक, विशेषगरी मुसलमानहरूसँग राज्यले बहुसंख्यक हिन्दुहरूसँग गरेसरह व्यवहार गर्दछ, ३. भारतमा कानूनको शासन छ, ४. बहुसंख्यक भारतीय मतदाता सहज विवेकका दृष्टिले परिपक्व भइसकेका छन्, ५. राष्ट्र अस्तित्वमा आएको यो ७२ वर्षको अवधिमा बहुसंख्यक भारतीयहरू कम्तीमा पनि आफ्नो निजत्व र हक–हितका बारेमा सन्तुलित किसिमले सोच्न सक्ने भएका छन् ६. चुनावमा आर्थिक मुद्दाको जहिले पनि महत्त्व हुन्छ, ७. जनता अघिल्लो चुनावताका नेताहरूले गरेका कबुलहरूको हरहिसाब राखिरहन्छन् र पछिल्लो चुनावमा भोट हाल्दा त्यसलाई सम्झने गर्दछन्, ८. महात्मा गान्धीले भारतीय समाजको उत्थानका लागि आफ्नो सम्पूर्ण जीवन लगाएका थिए, ९. उनी भारतका राष्ट्रपिता थिए, १०. उग्र हिन्दुवादले भारतका दीनहीन आम जनताको जीवनस्तर माथि उठाउन कुनै मद्दत गर्न सक्दैन बरु त्यसको विपरीत गर्न सक्दछ, ११. भारतमा निर्वाचन आयोगजस्ता संवैधानिक संस्थाहरूले विधिको पालना गर्दै स्वतन्त्र भएर काम गर्न पाउँछन् वा गर्दछन् आदि।

चुनावका सन्दर्भमा प्रधानमन्त्री मोदी र बीजेपी अध्यक्ष अमित शाहको जोडीले सफलतापूर्वक रचेर स्थापित गरेका केही छद्म तथ्य भने यी थिएः १. बहुसंख्यक हिन्दुहरू, भारतका पहिलो नम्बरका नागरिक तिमिहरू हौ, त्यसैले यस देशमाथि शासन गर्ने पहिलो हक पनि तिमीहरूकै हो। त्यसैले उठ संगठित हौ र हिन्दुवादी दल बीजेपीका उमेदवारहरूको जित सुनिश्चित हुने गरी मतदान गर, २. नरेन्द्र दामोदर दास मोदी एक्काइसौँ शताब्दीको भारतको हिन्दु पुनर्जागरणका मसिहा हुन्, त्यसैले उनको जित नै हिन्दुत्वको जित हो, ३. मोदी र बीजेपी भारतीय राष्ट्रवादका दुई पर्यायवाची शब्दहरू हुन्। राष्ट्रियताको रक्षाका लागि पनि बीजेपीलाई जिताउनु आवश्यक छ, ४. यो संसदीय चुनाव भए पनि चयन भने नरेन्द्र मोदी जस्तो महान् हिन्दु नेता र अहिन्दु नेताहरूबीच हुँदैछ, त्यसैले भोट त मोदीलाई दिनु जरुरी छ, ५. मोदीले मात्र पाकिस्तानलाई तह लगाउन सक्दछन् किनकी उनले पाकिस्तानभित्रै घुसेर प्रहार गरेका छन्, ६. मोदी र बीजेपीका गलत नीति, कार्यक्रम र असफलताको चर्चा गर्नु देशद्रोह हो, ७. आलोचनात्मक चेतका साथ राज्यले गरेका कामहरूको मूल्याङ्कन गर्न चाहने जति सबै ‘खान मार्केट ग्याङ’ का सदस्य हुन्।

आजको भारतका ज्वलन्त मुद्दाहरू जस्तै, बेरोजगारी, आर्थिक परिसूचकहरूले देखाएको धुमिल चित्र, किसानको दयनीय अवस्था, महिला सुरक्षा, छिमेकी मुलुकहरूसँगको सम्बन्ध, मुसलमानहरूको मोब लिन्चिङ, प्रबुद्ध वर्गका सदस्यहरूको शृङ्खलाबद्ध हत्या, काश्मीर र पाकिस्तान आदिका विषयमा जनतासँग विचार विमर्श गर्दै मत मागिरहेका हुन्थे।

यहाँ खान मार्केट ग्याङ भनेर सम्भवतः खान मार्केटनजिकै रहेको इन्डिया इन्टरनेसनल सेन्टरमा भेला भइरहने बौद्धिक वर्गतर्फ संकेत गरेको हुनुपर्दछ, ८. सिन्दूर रङ्गका वस्त्र पहिरिने नेगी-जोगी, सन्त-महन्त, साधु-साध्वी जति छन्, ती सबै दूधले नुहाएका स्वच्छ, धवल र पवित्र छन्। तीमध्ये केहीले विभिन्न अपराध गरेको भनी लगाइएको आरोप सब झुटा हुन्छन्। तिनलाई भोट दिनु पुण्य आर्जन गर्नु हो, ९. हिन्दु महासभा, राष्ट्रिय स्वयंसेवक संघ, बजरङ्ग दल, हिन्दु जागरिणी समिति आदि नै वास्तवमा भारतीय पुरुत्थान अभियानका पुरोधा संस्थाहरू हुन्, तिनको समर्थन पाएका उम्मेदवारलाई जिताउनु सबै हिन्दुको कर्तव्य हो, १०. महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्से देशभक्त थिए, छन् र रहने छन् आदि।

तथ्यलाई मिथ्या र मिथ्यालाई तथ्य साबित गर्ने कुटिल रणनीति पूर्ण सफल भएको आश्चर्यजनक घटनाका रूपमा लिन सकिन्छ भारतको चुनावको यो नतिजालाई। यो रणनीतिलाई सफल बनाउन मोदी-शाहको जोडीले केही ठूला कर्पोरेट घराना, ९० प्रतिशतभन्दा बढी सञ्चार गृहहरू, राससं, हिन्दु महासभा, उग्र हिन्दुवादी संगठनहरू र मठ मन्दिरहरूको सहयोग लिएको देखिन्छ। त्यो जोडीले यसपटक बहुसंख्यक मनुवादी हिन्दु मतदाताको मनमा भारतको नयाँ शासक वर्ग बन्ने आश र बीजेपीले नजितेमा किनारामा धकिलिने कुराको त्रास दुवै एकै पटक पैदा गरिदिएका थिए।

स्वस्थ लोकतान्त्रिक पद्धतिमा टेकेर यो चुनाव लडिएको हुन्थ्यो भने मोदी आजको भारतका ज्वलन्त मुद्दाहरू जस्तै, बेरोजगारी, आर्थिक परिसूचकहरूले देखाएको धुमिल चित्र, किसानको दयनीय अवस्था, महिला सुरक्षा, छिमेकी मुलुकहरूसँगको सम्बन्ध, मुसलमानहरूको मोब लिन्चिङ, प्रबुद्ध वर्गका सदस्यहरूको शृङ्खलाबद्ध हत्या, काश्मीर र पाकिस्तान आदिका विषयमा जनतासँग विचार विमर्श गर्दै मत मागिरहेका हुन्थे। साथै सन् २०१४ को चुनावका बेलामा आफूले गरेका र पूरा गर्न नसकेका कबुलहरूका बारेमा स्पष्टीकरण दिँदै यसपटक काम गरेर देखाउँछु भन्दै जनतालाई आश्वस्त पारिरहेका पनि हुन्थे। तर, उनले त उग्र हिन्दुत्व र ढोङ्गी राष्ट्रवादका दुइटा छद्म न्यारेटिभ्को मोहपास फ्याँकेर जनतालाई छल्ने प्रयत्न मात्र गरिरहे। भारतीय लोकतन्त्रको दुर्भाग्य उनको छल सफल भयो।

कन्हैयाकुमार, ज्योतिरादित्य सिन्धिया, प्रकाश राज, शत्रुघ्न सिन्हा, आतिशी मर्लेन, राघव चड्डा, आचार्य प्रेम कृष्णम्, उर्मिला मातोण्डकर जस्ता प्रतिभाशाली व्यक्तित्वहरू पनि पुग्न सकेको भए लोकसभाको गरिमा बढ्ने थियो, घट्ने थिएन। जे गर्नु ‘हर हर मोदी’ मात्र होइन, ‘डर कर मोदी’ले पनि भारतको चुनावी नक्सा नै फेरिदियो।

उग्र हिन्दु कार्ड खेल्ने क्रममा यसपटक जमानतमा जेलबाट बाहिर आएकी मालेगाउँ बम काण्डकी अभियुक्ता साध्वी प्रज्ञा सिंह ठाकुरलाई चुनावमा प्रत्यासी बनाएर मोदीले लोकतन्त्रको मूल्य, मान्यता र विधिको शासनको पूरै धज्जी उडाइदिए। साध्वी प्रज्ञाले दुइटा विवादास्पद बयान दिइन्, १. मुम्बई आक्रमणका बेलामा शहीद भएका पुलिस अफिसर हेमन्त करकरे आफूले दिएको श्रापका कारण मारिएको र २. गान्धीका हत्यारा नाथुराम गोड्से देशभक्त थिए, छन् र सधैँ रहनेछन्। विडम्बनाको कुरो त के देखियो भने ती महिलाले भोपाल निर्वाचन क्षेत्रबाट प्रदेशमा १० वर्ष मुख्यमन्त्री रहिसकेका कांग्रेस उम्मेदवार दिग्विजय सिंहलाई सजिलै हराइदिइन्।

लोकसभा चुनाव २०१९ को सन्दर्भमा गहिरिएर हेर्दा बीजेपी सन् १९३० को दशकको जर्मनीको नाजी पार्टी जस्तै बन्दै गएको देखिन्छ। नाजी पार्टी एक व्यक्ति एडोल्फ हिटलरको छविका आधारमा सत्तामा आएको थियो र आर्य जातिको श्रेष्ठताको पैरवी गर्दथ्यो। बीजेपीमा पनि वान् म्यान शो छ र यसले हिन्दु प्रभूत्वको वकालत गरिरहेको छ। यहाँ पनि जर्मनीमा हिटलरको नाममा मागेझैँ मोदीको नाममा भोट मागियो र जित हासिल गरियो। यहाँ पनि छानी छानी राजनीतिक रूपले अर्धसाक्षर तर भीषण मोदीभक्तहरूलाई टिकट दिइयो। त्यस मेसोमा पार्टीभित्र रहेका अलिकति पनि स्वतन्त्र विचार राख्नेहरूलाई किनारामा धकेलियो। त्यसरी तेजोवध गरिएकाहरूमा वरिष्ठ नेता एलके आडवाणी, जसवन्त सिंह, यशवन्त सिन्हा आदि छन्।

मोदीले चुनाव जितेका छन्। ‘जसले जित्यो त्यही पृथ्वीनारायण’ सिद्धान्त मान्नेहरूका लागि यो जित स्वागतयोग्य कुरो होला। तर उदारता, सामाजिक सहिष्णुता, अल्पसंख्यकको हित, जवाफदेहिता, विधिको शासन, न्याय र सत्यको संस्थापनामा विश्वास राख्ने मेरो लागि भने उग्र हिन्दुवाद र खोक्रो राष्ट्रवादको कार्ड खेलेर मोदीले निकालेको यो जित चिन्ताको विषय हो। भारतीय संसदमा बहुसंख्यामा नेताले जतिसुकै ठूलो झुट बोले पनि जोडजोडले टेबुल ठोक्नेहरू जम्मा हुनु पनि लोकतान्त्रिक स्वास्थ्यका दृष्टिले हानिकारक छ। कन्हैयाकुमार, ज्योतिरादित्य सिन्धिया, प्रकाश राज, शत्रुघ्न सिन्हा, आतिशी मर्लेन, राघव चड्डा, आचार्य प्रेम कृष्णम्, उर्मिला मातोण्डकर जस्ता प्रतिभाशाली व्यक्तित्वहरू पनि पुग्न सकेको भए लोकसभाको गरिमा बढ्ने थियो, घट्ने थिएन। जे गर्नु ‘हर हर मोदी’ मात्र होइन, ‘डर कर मोदी’ले पनि भारतको चुनावी नक्सा नै फेरिदियो।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८