काठमाडौँ – सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुनेमा अर्थ मन्त्रालयले आशंका जनाएको छ। सोमबार अर्थ मन्त्रालयमा एक सर्वेक्षण जारी गर्दै लागत र बचत बीचको अन्तरले लक्ष्य पूरा हुन नदिने जनाइएको हो।

अर्थ मन्त्रालयले जारी गरेको एक सर्वेक्षणले पूँजी निर्माणका लागि आवश्यक लागत र बचतको अन्तर बढ्दै गएको जनाएको छ। उच्च आर्थिक वृद्धि र पूँजीगत लगानी विस्तारमा सरकारले जोड दिए पनि बचत र लगानीको अन्तर अहिलेसम्मकै फराकिलो बिन्दूमा पुगेको अर्थ मन्त्रालयले औंल्याएको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले पनि संसदमा आर्थिक वृद्धिदर सात प्रतिशत हुने अनुमान गरेका थिए।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार कूल पूँजी निर्माणको तुलनामा कूल गार्हस्थ बचतको वृद्धिदर सुस्त देखिएको हो। बचतमा कमी आउँदा उच्च आर्थिक वृद्धिको लक्ष्य भेट्न चुनौती थपिएको छ। सर्वेक्षणअनुसार लगानी र बचतको अन्तर ४१.८ प्रतिशत पुगेको छ। गएको वर्ष यो अनुपात ३७.५ प्रतिशत मात्रै रहेको थियो।

गत आर्थिक वर्षमा कूल गार्हस्थ उत्पादनमा उपभोगको अंश ८२.२ प्रतिशत रहेकोमा चालु वर्ष त्यो २.७ प्रतिशत बिन्दूले घटेर ७९.५ प्रतिशतमा आइपुग्ने अर्थ मन्त्रालयको अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान भए पनि पर्याप्त लगानीको अभाव र भएको लगानीको पनि प्रभावकारी उपयोग नहुँदा आर्थिक वृद्धिको लक्ष्य हासिल नहुने देखिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको चालु वर्षको आठ महिनाको तथ्यांकअनुसार ६.८१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान छ। कृषि क्षेत्रको वृद्धि उत्साहजनक भए पनि निर्माण क्षेत्रको वृद्धिदर गएको वर्षकोभन्दा कमजोर छ।

सर्वेक्षणअनुसार रेमिट्यान्ससमेत हिसाब गर्दा पनि बचत र लगानीको अनुपात ऋणात्मक देखिएको हो। ‘चालु आर्थिक वर्ष २०७५/०७६ मा विप्रेषण आयको वृद्धिदर उच्च रहेसँगै कूल राष्ट्रिय बचत वृद्धि भई कूल गार्हस्थ उत्पादनको ५२.४ प्रतिशत पुगेको छ’, सर्वेक्षणमा भनिएको छ,‘तथापि कूल राष्ट्रिय बचत र कूल लगानी बीचको अन्तर भनेर बढ्दै गई ९.९ प्रतिशतले ऋणात्मक देखिएको छ।’

गत आर्थिक वर्ष २०७४/०७५ मा कूल लगानी ३३.६ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्षमा वृद्धिदर खुम्चिएको छ। चालु वर्षमा २९ प्रतिशतले लगानी वृद्धि भई २१ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ पुग्ने अनुमान अर्थ मन्त्रालयको छ। पछिल्लो तीन आर्थिक वर्षको कूल लगानीको औसत वृद्धि ४२.२ प्रतिशत रहेको छ।

सरकारले चालु वर्षमा बाह्य क्षेत्र असन्तुलनको समस्या सबैभन्दा धेरै व्योहोरेको छ। उच्च आयात र न्यून निर्यातले चालु खाता घाटा र शोधनान्तर स्थितिलाई ऋणात्मक बनाएको छ। आर्थिक वर्ष २०६५/०६६ मा कूल व्यापारमा निर्यातको अंश १९.२ प्रतिशत रहेकोमा चालु वर्षको फागुनमा यो अनुपात ६.२ प्रतिशतमा सीमित भएको छ।

आर्थिक सर्वेक्षणमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस, बिलेट, हवाईजहाज तथा पाटपुर्जा र विद्युतीय सामग्रीको आयात बढेको र सिमेन्ट, दूरसञ्चार उपकरण तथा पाटपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार र सुपारीको आयात कम भएको उल्लेख गरिएको छ।

फागुनसम्ममा विदेशी लगानी जम्मा ६ अर्ब ६६ करोड रुपैयाँ भित्रिएको छ। गएको वर्षको यही अवधिमा विदेशी लगानी १४ अर्ब २४ करोड रुपैयाँ भित्रिएको थियो। चालु वर्षको फागुनसम्ममा २३ अर्ब ८९ करोड रुपैयाँ लाभांश भूक्तानी भएको अर्थ मन्त्रालयले जनाएको छ। गत वर्ष यस्तो भूक्तानी ३४ अर्ब रुपैयाँ थियो।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

ताेलामा २ सयले बढ्याे सुन मुल्य

ताेलामा २ सयले बढ्याे सुन मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११