काठमाडौँ। नेपालमा लगानी प्रतिबद्धताको हिसाबमा सबैभन्दा बढी लगानी ऊर्जाक्षेत्रका उद्योगमा भएको पाइएको छ। संघीय संसदमा हिजो सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार आर्थिक वर्ष (आव) २०७५/७६ को फागुन महिनासम्ममा ऊर्जामूलक उद्योगमा मात्र कुल लगानीमध्ये ५५ दशमलव ९ प्रतिशत अर्थात् रू. १० खर्ब २० अर्ब १५ करोड २० लाख लगानी भएको तथ्यांक छ। उक्त आर्थिक सर्वेक्षणअनुसार सबै उद्योगमा गरी कुल लगानी १८ खर्ब २३ अर्ब ७६ करोड ३० लाख भएको छ।
त्यसैगरी, दोस्रोमा उत्पादनमूलक उद्योग रहेको छ। उत्पादनमूलक उद्योगमा कुल लगानीको २३ दशमलव ८ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ९० करोड ३० लाख रुपैयाँ लगानी भएको पाइएको छ। त्यस्तै तेस्रोमा परेको सेवामूलक उद्योगमा १ खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँ लगानी भएको छ।
उक्त सर्वेक्षणअनुसार सबैभन्दा कम लगानी सूचना, प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी उद्योगमा भएको छ। यस उद्योगमा ० दशमलव ११ प्रतिशत अर्थात् २ अर्ब ३ करोड ७० लाख रुपैयाँ मात्र लगानी भएको छ।
त्यस्तै, पर्यटनसम्बन्धी उद्योगमा १ खर्ब ३६ अर्ब ४० करोड ५० लाख, निर्माणसम्बन्धी उद्योगमा ४९ अर्ब ९२ करोड २० लाख, कृषि तथा वनजन्य उद्योगमा २४ अर्ब ६४ करोड ९५ लाख, खनिजजन्य उद्योगमा ६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ कुल लगानी भएको छ।
आर्थिक सर्वेक्षणअनुसार संख्याको हिसाबमा हेर्ने हो भने नेपालमा आव २०७५/७६ को फागुनसम्ममा उत्पादनमूलक उद्योग सबैभन्दा बढी अर्थात् २ हजार ९ सय ७६ वटा दर्ता भएको पाइएको छ। त्यसैगरी, दोस्रोमा सेवामूलक उद्योग रहेको छ। गत फागुनसम्ममा दर्ता भएका सेवामूलक उद्योगको संख्या २ हजार १ सय ६८ पुगेको छ। तेस्रोमा रहेको पर्यटन उद्योगको संख्या १ हजार ७ सय ५ वटा दर्ता भएको उक्त आर्थिक सर्वेक्षणमा उल्लेख छ।
दर्ता भएका अन्य उद्योगहरू कृषि तथा वनजन्य ४ सय ५६, ऊर्जामूलक ३ सय ५०, खनिजजन्य ६९, निर्माण ५८ र सूचना, प्रसारण तथा सञ्चारसम्बन्धी उद्योग ५० वटा रहेका छन्।
आर्थिक सर्वेक्षणअनुसार उल्लेखित सबै उद्योगमध्ये रोजगारीका हिसाबले सबैभन्दा बढी रोजगारी उत्पादनमूलक उद्योगले सृजना गर्ने अनुमान गरिएको छ। यस उद्योगले ३ लाख २० हजार व्यक्तिलाई रोजगारी दिने अनुमान गरिएको छ।
त्यसैगरी दोस्रोमा सेवामूलक उद्योग रहेको छ। यस उद्योगले १ लाख २३ हजार १ सय ३६ जना व्यक्तिका लागि रोजगारी सृजना गर्ने अनुमान गरिएको छ। त्यस्तै, तेस्रोमा परेको पर्यटन उद्योगले ६६ हजार ७ सय ७१ जनाका लागि रोजगारी सृजना गर्ने अनुमान गरिएको छ।
त्यस्तै, कृषि तथा वनजन्यमा ३५ हजार ३ सय २, ऊर्जामूलक उद्योगमा ३२ हजार ४ सय ८३, खनिजजन्य उद्योगमा ७ हजार २ सय ४, निर्माणसम्बन्धी उद्योगमा ३ हजार ८ सय १ र सूचना, प्रसारण तथा सञ्चार प्रविधिसम्बन्धी उद्योगमा २ हजार ४ सय १ जनाका लागि रोजगारी सृजना हुने अनुमान गरिएको छ।


लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य
२०७६, २४ मंसिर मंगलवार ०७:१५

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी
२०७६, २२ मंसिर आईतवार १५:५८

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा
२०७६, २२ मंसिर आईतवार १९:०९

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…
२०७६, २४ मंसिर मंगलवार १३:५२
