सर्वप्रथम गणतन्त्र दिवसको शुभकामना छ।

– धन्यवाद, मेरो तर्फबाट पनि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई गणतन्त्र दिवसको शुभकामना।

गणतन्त्र दिवसको शुभकामना दिइरहँदा अझै धेरैले गणतन्त्रको अनुभूति गर्न पाएनौँ भन्ने छ नि?

– गणतन्त्र आएपछि आधारभुत आवश्यकता पुरा हुन्छन् भन्ने आम नागरिकमा अपेक्षा थियो। तर, सत्तामा पुग्नेले ती आधारभुत आवश्यकता पुरा गर्न सकेनन् वा चाहेनन्, त्यसैले जनतामा ‘माछो माछो भ्यागुत्तो’ भएको छ। जनतामा असन्तुष्टि बढेका छन्।

यो अवस्था कसरी आइरहेको छ?

– पहिलो कुरा त, कुनै पनि समाजको आधारभूत आवश्यकता पुरा हुनका लागि संरचना बदलिनुपर्छ। हामीले १०४ वर्ष लामो राणा शासन चाँहि फाल्यौँ, तर संरचना चाँहि राणा शासनकै रह्यो। राणाले बोकेको प्रवृत्ति नै त्यसपछिका शासक र कर्मचारीमा रह्यो। सर्वसाधारण जनताले राणा फालेपछि भोक, रोग र शोक सबै जान्छ भन्ने ठानेका थिए।

लोकतन्त्र आएपछि सरकारका विरुद्ध बोल्न पाइयो, सभा सम्मेलन गर्न पाइयो, असन्तोष व्यक्त गर्न पाइयो, अझ २०१७ सालसम्म त पार्टी खोल्न पनि पाइयो। सीमित अधिकार पाइयो। त्यसले जनतामा जागरण त आयो, तर मानिसका आधारभूत समस्या पुरा भएनन् र अधिकार पाएनन्। ती प्राप्त भएनन्, प्राप्त हुनुअघि सबैले त्यही कुरा उठाउथे। जनताले रोजीरोटी नपाएका कुरा, सुशासनका कुरा, सहुलियत पाएनन् भनेर कुरा उठाए। तर, ती कुरा उठाउनेहरु नै जब सरकारमा जान्छन्, सत्तामा पुग्छन्, आफैँ भान्छे हुन्छन्, उनीहरुले अघिल्ला शासन प्रणालीले दोहोर्‍याएका कुरा नै दोहोर्‍याउँछन्।

२००७ सालपछि २००९ सालमा संविधान सभाको चुनाव हुने कुरा थियो, चुनाव हुन दिइएन। त्यो चुनाव छोडेर २०१५ सालमा संविधान सभाको चुनाव भयो। कांग्रसले दुईतिहाई ल्यायो। जुन कांग्रेसले सत्ताबाहिर हुँदा उठाएका जनताका खाने समस्या, लगाउने समस्या, औषधि उपचारका समस्या, शिक्षाका समस्या लगायतका आधारभूत समस्या सत्तामा हुँदा पुरा गर्न सकेन। किन सकेन भने, २००७ सालपछि पनि संरचना त उही थिए, सामन्तवादी। २००७ साल पहिलेको राणा शासनमा र २००७ सालपछि १० वर्षमा पाएको के हो भने जनताले बोल्न पाउने, लेख्न पाउने लगायतका स्वतन्त्रता। २००७ सालपछि प्रणाली त फेरियो, तर न सत्तामा आउनेका प्रवृत्ति फेरियो, न त जनताका आधारभुत समस्याको समाधान भयो।

दुई तिहाई कांग्रेसले ल्याएर पनि सुशासन दिन सकेन। भ्रष्टाचार पनि रोकिएन। २००७ सालपछि पाइएका सामान्य अधिकार पनि २०१७ सालमा खोसियो। २०१७ सालपछिका ३० वर्षको विषयमा भन्ने हो भने, अरुले सय वर्षमा गरेको विकास हामीले १० वर्षमै गर्नुपर्छ भन्ने नारा त्यतिबेलाका शासकहरुले उठाए। तर, पञ्चायती ३० वर्ष काल केही विकास भएन चाँहि भन्दिन। केही कलकारखाना खुले, बाटोघाटो खुले, तर नेपाली जनताका आधारभूत आवश्यकता पुरा भएनन्। मान्छे भएर जन्मिसकेपछि उसलाई चाहिने बास हो। त्यसपछि खानलाई गाँस र लगाउन र ओढ्नलाई लुगा चाहिने हो। त्यो गाँस, बास र कपासको व्यवस्था ३० वर्ष पञ्चायती व्यवस्थामा लागेका र वकालत गर्नेले गरे, तर त्यतिबेला पनि जनताका आधारभूत आवश्यकताहरु पुरा हुन सकेनन्।

त्यसमा पनि कतिपय राजनीतिक अधिकार खोसिए, राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाइयो, प्रेस स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइयो। पञ्चायत र राजाको जयजयकार गर्नुपर्र्नेे थियो। तीस वर्षे प्रजातान्त्रिक व्यवस्थामा जनताका प्रजातान्त्रिक हक अधिकार नै खोसिए। ३० वर्ष प्रजातान्त्रिक कालमा पनि जनता सन्तुष्ट भएनन्। त्यसकारण जनता प्रजातान्त्रिक व्यवस्थाको अन्त्यका लागि लागे। कतिपय राजनीतिक पार्टीका नेताहरु जेल बसे, प्रवासमा बसे। दुःख पाए। खास गरेर २०३६-३७ सालमा अब यो प्रजातन्त्रले हुँदैन भनेर आँधीबेहरी ल्याए। त्यसपछि जनमत संग्रह भयो।

त्यो जनमत संग्रह पनि जनताको पक्षमा भएन। जनता बहुदलीय व्यवस्था चाहन्थे। पञ्चायती र निर्दलीय व्यवस्था चाहँदैनथे। तर त्यसमा व्यापक धाँधली भयो। विदेशीलाई मतदाता मनाइयो, राष्ट्रको सम्पत्तिको व्यापक दुरुपयोग भयो र अन्तमा निर्दलीय व्यवस्थालाई जिताइयो। जनतालाई बहुदलीय व्यवस्थामा जान दिइएन। हामीले यसलाई नाटक भनेका थियौँ। अन्त्यम्मा नाटक नै भयो। हामीले आन्दोलनबाटै राजालाई बहुदलीय व्यवस्थामा लग्नुपर्छ भनेका थियौँ। घोषणा गर्न लगाउनुपर्छ भनेका थियौँ। जसरी २०४६ सालमा निर्दल फालेर बहुदल आयो भनेर घोषणा गरेका थिए। त्यतिबेला कांग्रेसका नेताले हामीलाई अनेक आक्षेप लगाए।

२०४७ सालमा आन्दोलनकै दबाबले राजा विरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गरेका हुन्। त्यसमा पनि जनमत संग्रह घोषणा भएको भए हुने थिएन। जुन घोषणा २०३६–३७ मा गराउन चाहन्थ्यो, हाम्रो पार्टीले। २००७ सालपछि राजनीतिक परिवर्तन त भयो तर, आर्थिक, सांस्कृतिक, प्रशासनिक, त्यही संरचना भयो। जनताका आधारभूत समस्या पुरा भएन। २०४६ सालपछि आएको सरकारले विश्व बैंक र साम्राज्यवादीहरुको निर्देशनमा पञ्चायत कालमा स्थापना गरिएका उद्योगहरु लिलामी गर्यो, उदारीकरण गर्‍यो, निजीकरण गर्‍यो। त्यसपछि हामी पूर्ण रूपले परनिर्भर भयौँ। गणतन्त्र आए पनि अहिले को अवस्था के छ? हिमालबाहेक पहाड, तराई, भित्री मधेस, काठमाडौँ सबै ठाँँउ खुर्सानी फल्छ। खुर्सानीमा समेत हामी आत्मनिर्भर छैनौँ। ८० प्रतिशतसम्म खाद्यान्न आयात हुन्छ, अनि कसरी हुन्छ देशको अस्तित्व। गणतन्त्र आएपछि पनि कृषिमा सुधार भएन। अनि कसरी हुन्छ लोकतन्त्र हुँदै गणतन्त्र आएको अनुभूति।

अहिले पनि केही विधेयक ल्याएर प्रेसमाथि अंकुश लगाउने प्रयास भइरहेको छ। राष्ट्रपति तथा कुनै नेताका बारेमा सामाजिक सञ्जालमा लेखिएको बारेमा पनि केही व्यक्तिहरुलाई पक्राउ गरेर कारवाही गरिएको छ। गणतन्त्रमा पनि पञ्चायत कालमा जस्तै राजनीतिक दलका नेताले एउटै रवैया देखाइरहेका छन् भन्न सकिन्छ?

– हैन, प्रणाली फेरिए पनि प्रवृत्ति फेरिएन। आन्दोलनबाट सत्तामा पुग्नसम्मलाई राजनीतिक दल र नेतालाई जसरी मिडियाले सहयोग गरे, अहिले उल्टै तिनै मिडियाको अधिकार कुण्ठित पार्ने र घाँटी निमोठ्ने प्रयत्न भइरहेको छ। मिडियासम्बन्धी मात्रै हैन, मानव अधिकारसम्बन्धी विधेयकमा पनि हाम्रो आपत्ति छ। ती विधेयक फिर्ता गर्नुपर्छ र सच्याउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ। मिडियाकै कारणले लोकतन्त्रलाई पनि ठूलो मद्दत गर्‍यो। मिडियाको अनुपस्थितिमा लोकतन्त्र आउँथ्यो र? गणतन्त्र आउँथ्यो र? त्यसकारण जो राजनीतिक पार्टी सत्तामा छन्, उनीहरुले ‘खोला तर्‍यो, लौरो बिर्सियो’ गर्न पाइन्छ? त्यसकारण जसरी उनीहरुले पञ्चायती शैलीमा मिडियामाथि प्रतिबन्ध लगाउने, त्यस खालका व्यवस्था गर्नका लागि विधेयक ल्याइरहेका छन्, त्यो निरंकुशतातिर जाने बाटो हो। त्यसले उनीहरुलाई फाइदा गर्दैन र सत्ता पनि जोगिन्न।

तपाइलगायत अहिलेका सत्तामा रहेका नेताहरुले ल्याएको गणतन्त्र हो, यो। गणतन्त्र ल्याउनेहरुको पालामा यो अवस्था छ गणतन्त्रको, किन?

– सत्ताबाहिर हुँदा मान्छेहरुको एउटा प्रवृत्ति र चरित्र हुन्छ। सत्तामा गइसकेपछि उनीहरुको प्रवृति र चरित्र फरक हुँदोरहेछ। सत्तामा गइसकेपछि उनीहरुले गर्ने भ्रष्टाचार, तस्कर र माफियाहरुसँगको उठबस, समाजका नराम्रा तत्वसँगको मितेरी, उनीहरुको गरेको सत्ताको दुरुपयोग जनतालाई मिडियाले देखाइदिन्छ। त्यही भएर उनीलाई एलर्जी भएको हो। तर, उनीहरुले इतिहासबाट के पाठ सिक्क्नुपर्छ भने मिडियामाथि नियन्त्रण गरेर जनतामाथि शासन गर्न सकिन्न।

हेर्नुहोस् भिडियो अन्तर्वार्ता:

(राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष, पूर्व उपप्रधान एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीसँग नेपाली पब्लिकका लागि सुरज खनालले गरेको कुराकानी)

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९