काठमाडौँ – इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ। बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो। चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरे। त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे। यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भए।

फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो। ४९ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए।

पेड्रोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाएका थिए। एकपछि अर्को गोल गर्ने क्रममा चेल्सीले खेलको ६५औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो यो पटक भने हजार्डले गोल गरेका थिए।

तर खेलको ६९ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ गोलको स्थितिमा आयो। खेलको ७२औं मिनेटमा चेल्सीले फेरी अर्को गोल थप्यो। यो पटक पनि हजार्डले गोल गर्दै चेल्सीलाई ४–१ गोलको फराकिलो जित दिलाए।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८