अनारसिंह कार्की

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि संसारभर यसको चर्चा चलेको छ। नेपाल जस्तो भारतसँग अनेक सम्बन्ध र खुला सिमाना जोडिएको छिमेकमा त्यसको विशेष चासो र चर्चा हुनु अस्वाभाविक होइन। गत हप्ता पनि भारतको चुनाव परिणामपछि नेपालमा त्यसको कस्तो प्रभाव पर्ला भन्ने विषयमा आफ्नो विश्लेषण मैले यही अनलाइन ‘नेपाली पब्लिक’मा प्रस्तुत गरेको थिएँ। त्यो विश्लेषण चुनाव घोषणा हुनुभन्दा पहिलेको थियो।

भारतको यस चुनाव परिणामको अहिले धेरैले विभिन्न कोणबाट हेर्ने र विश्लेषण गर्ने गरिरहेका छन्। मैले अघिल्लो हप्ता लेखेको थिएँ, नरेन्द्र मोदी यो आर्यवर्त वा यो दक्षिण एशियाको भूखण्डको गौरवपूर्ण सभ्यता र संस्कृतिलाई पुनर्उत्थान गर्ने वा गर्नसक्ने युग नायक होइनन्। कुन बेला कुन कुन नारा र हत्कण्डा अपनाउँदा चुनाव जित्न सकिन्छ भन्ने कुरालाई बुझ्न सक्ने चलाख र बाकपटु राजनीतिक खेलाडी हुन्। उनीबाट युग नायकको अपेक्षा गर्नु गलत हुन्छ।

यतिबेला विश्वव्यापी रूपमै राजनीतिक दर्शन र सिद्धान्त अथवा ‘इजम’ अपर्याप्त र प्रभावहीन हँुदै गएका छन्। तिनको ठाउँ लिने अर्को दर्शन र सिद्धान्त आउन सकिरहेको छैन। त्यसैले यो समय भनेको राजनीतिक दर्शन र सिद्धान्तका दृष्टिले एउटा खाली म्याकमको समय हो। यही खाली ठाउँलाई देखेर इतिहासको अन्त्य भयो भन्दै उत्तर आधुनिकतावाद जस्ता देखा परे तर तिनले ठाउँ लिन सकेनन्। त्यसैले इजमबाट मोह भंग र निराश भएको अहिलेको जनमानस आफ्नो पुरानो इतिहास, सभ्यता र संस्कृतिप्रति आकर्षित भइरहेको छ।

त्यसैका उपज हुन्– ट्रम्प, पुटिन, सी जिङ पिङ, नरेन्द्र मोदी आदि इत्यादि। तर, के यिनीहरूले अहिलेको इच्छा, आकांक्षा, आवश्यकता र युगमागलाई पूरा गर्न सक्लान्? सक्दैनन् किन कि युगचाहनाबाट फाइदा उठाउने धूर्तता एउटा पक्ष हो भने त्यसलाई बुझेर दिशा र गति दिनु अर्को पक्ष हो। एउटालाई समयअनुसारको काम गरेर लाभ उठाउने चतुर्‍याई चाहिन्छ भन्ने अर्कोलाई नयाँ युग आगमनको पदचाप सुन्न र बुझ्न सक्ने अन्तरचेतना।

चुनावअगाडि पाकिस्तानको खाली जमिनमा बम हान्नु र हिन्दू धार्मिक उन्मादलाई उपयोग उनका जितका मूल आधार हुन्। कङ्ग्रेस, कम्युनिष्ट र क्षेत्रीय पार्टीहरूका नेताहरूको दोहोरो चरित्र, भ्रष्ट आचरण र नीतिहीनताबाट दिक्क भएका आम मतदाताको बाध्यताको रोजाइ मोदी हुन् भने केही हदसम्म विश्वव्यापी लहरले पनि उनलाई साथ दिएको हुनुपर्छ।

इतिहासले भन्दा युगचाहनाबाट आफ्नालागि फाइदा उठाउन चाहने राजनीतिक नेतृत्वले गर्दा नै दुनियाँमा युद्ध र अशान्ति हुने गरेको छ। जहाँसम्म दक्षिण एशियाको यो भूखण्डको सन्दर्भ छ। महात्मा गान्धीपछि महानायकमा हुने न्यूनतम गुण वा लक्षण कसैमा पनि देखिएको छैन। त्यसैले पश्चिमाहरूको प्रत्यक्ष उपनिवेशको समाप्तिपछि अहिलेसम्म पनि बाँकी रहेको पश्चिमाको अर्थिक, भाषिक र सांस्कृतिक उपनिवेश कायम छ। त्यसबाट मुक्त हुनका लागि पहिले सर्त हो– यस क्षेत्रका सानाठूला राजनीतिक सिमानाहरूलाई सम्मान गरेर प्रत्येकको सर्वभौमसत्ता र भौगोलिक अखण्डताको ग्यारेन्टी गर्नु।

यस क्षेत्रमा मुख्य गरेर तीनवटा धर्म हिन्दू, बौद्ध र इस्लाम छन्। त्यस्तै अनेक भाषा, भाषिका, संस्कार, परम्परा र रीतिरिवाज मान्ने मानिसहरूको बसोबास छ। ती सबैलाई मान्ने हुने र स्वामित्व स्वीकार गर्न सक्ने ‘कमन फ्याक्टर’ वा बीचको विन्दु खोज्न सक्नुपर्छ। दक्षिण एसियाका देशहरूमा यस्ता सबैले स्वीकार गर्ने विन्दु खोज्न कुनै कठिन छैन। किनकी सबैको उद्गम स्थल एउटै हो।

अधिकांश संस्कृत वाङ्मयबाट आएका भाषा, भाषिकाहरूमा समानताका अनेक विन्दु छन्। त्यस्तै हिन्दू, बौद्ध र इस्लाम धर्मका बीचमा पनि समानताका अनेक विन्दु फेला पार्न गाह्रो छैन। तर, हामी लामो समयदेखि पश्चिमाले ‘फुटाऊ र शासन गर’ भन्ने उनीहरूको नीतिको शिकार हुँदै आएका छौँ। पश्चिमाबाट विश्वव्यापी फैलिएको तथाकथित आधुनिक राजनीतिक सिद्धान्त, प्रजातन्त्र, समाजवाद, साम्यवाद आदि इत्यादिले विभाजित हुन मात्रै सिकाउँदै आएको छ। एकता गर्न होइन।

भारतमा नरेन्द्र मोदीको उदय राम मन्दिर र मस्जिद विवादबाट उत्पन्न हिंसाबाट भएको हो। त्यही हतियारलाई अझ धारिलो पारेर अहिलेको चुनाव पनि जित्यो। चुनावअगाडि पाकिस्तानको खाली जमिनमा बम हान्नु र हिन्दू धार्मिक उन्मादलाई उपयोग उनका जितका मूल आधार हुन्। कङ्ग्रेस, कम्युनिष्ट र क्षेत्रीय पार्टीहरूका नेताहरूको दोहोरो चरित्र, भ्रष्ट आचरण र नीतिहीनताबाट दिक्क भएका आम मतदाताको बाध्यताको रोजाइ मोदी हुन् भने केही हदसम्म विश्वव्यापी लहरले पनि उनलाई साथ दिएको हुनुपर्छ।

चीनको तीव्र विकास र उसको संवेदनशील भूभाग तिब्बतसँग लामो सिमाना जोडिएको तथा यातायात र सञ्चारको विकासले भौगोलिक विकटतालाई समेत सजिलो बनाउँदै गएको अवस्थाले गर्दा नेपालको सामरिक महत्त्व ह्वात्तै बढेको छ। जसले गर्दा अमेरिकी नेतृत्वको पश्चिमा शक्तिका लागि यसको महत्त्व झन् बढेकाले उसले आफ्नो गुप्तचर र कूटनीतिक गतिविधिलाई बढाएको छ।

मोदीको राष्ट्रवाद र धार्मिक भावनाको राजनीति भारतीय मैलिकताको उपज होइन, ट्रम्प, पुटिन आदि हुँदै आएको भारतीय संस्करण मात्रै हो। यसले सबैप्रतिको सहिष्णुता र उदार मानवताको पक्षपोषण होइन, असहिष्णुता र शत्रुताको भावनालाई बढाउँछ। उनको राजनीतिको आधार नै त्यही हो। जहाँसम्म नेपालसँगको सम्बन्धको प्रश्न छ, कतिपय नेपालकै बुद्धिजीवीहरूको भनाइ के छ भने उनले अघिल्लो कांग्रेसको सरकारको योजना र पहलमा भएको १२ बुँदे सहमतिको राजनीतिमा ‘कोर्स करेक्सन’ गर्छन् भन्ने छ। तर, मुख्य कुरा के हो भने दक्षिण एशियाका साना छिमेकीसँगको भारतीय नीतिको एउटा भाग मात्रै हो– नेपाल सम्बन्धको नीति।

आफूभन्दा साना र कमजोरलाई दबाएर राख्नुपर्छ भन्ने अंग्रेजकालीन नीतिलाई निरन्तरता दिँदै आएको भारतले अब परिवर्तन गर्छ भन्ने संकेत कतैतिर पनि देखिँदैन। एकपटक त्यसको सानो झिल्को इन्द्रकुमार गुजरालले देखाएका थिए तर विचारबाहेक कार्यान्वयन गर्न सक्षम उनी थिएनन्। त्यस्तो महत्त्वपूर्ण परिवर्तनका निम्ति दृढ इच्छाशक्ति आवश्यक हुन्छ भने नेतृत्वमा उत्कृष्ट युगचेतनाको पनि आवश्यकता हुन्छ। त्यस्तो नेतृत्वले उच्चतम जोखिम उठाएर भारतको कर्मचारीतन्त्रलाई त्यसका लागि सहमत गराउन सक्नुपर्छ र सहमति हुन नसक्नेहरूलाई पुनर्गठन गरेर अनुकूल बनाउन सक्नुपर्छ।

भारतीय कर्मचारीतन्त्र र गुप्तचर संरचनाहरू यस्तो यथास्थितिको जालो बनाएर बस्न अभ्यस्त भएको छ कि कुनै पनि कुरा भारतीय राष्ट्र हितको प्रतिकूल नै भए पनि आम भारतीय जनता र साना छिमेकमा आफ्नो शान र हैकम कायम राख्न र आफूले चाहेजति राज्य कोषबाट खर्च गर्दै आएको सुविधा छोड्न तयार हुँदैन। अथवा त्यसका लागि जे पनि गर्न तयार हुन्छ। यसको आमूल सुधार वा पुनर्गठन नगरी यो उपमहाद्वीपमा परिवर्तन आउन सम्भव छैन । त्यति ठूलो महानायकत्व मोदीमाथि आरोपित गरेर परिणाम खोज्नु मृगमरिचिका जस्तो हुन्छ।

तर, चीनको तीव्र विकास र उसको संवेदनशील भूभाग तिब्बतसँग लामो सिमाना जोडिएको तथा यातायात र सञ्चारको विकासले भौगोलिक विकटतालाई समेत सजिलो बनाउँदै गएको अवस्थाले गर्दा नेपालको सामरिक महत्त्व ह्वात्तै बढेको छ। जसले गर्दा अमेरिकी नेतृत्वको पश्चिमा शक्तिका लागि यसको महत्त्व झन् बढेकाले उसले आफ्नो गुप्तचर र कूटनीतिक गतिविधिलाई बढाएको छ। त्यसका निम्ति विभिन्न निकायमा घुसपैठ र एनजीओ र आईएनजीओलाई उसले हतियार बनाएर प्रयोग गरिरहेको छ। अर्को उसको हतियार इसाई धर्म अथवा बाइबलबाट चीनको सिमानालाई घेर्ने देखिन्छ। यो समग्र गतिविधिले चीनलाई भन्दा पनि पहिले भारतलाई प्रभावित पार्नेछ।

भारतमा मोदीको सत्ता पुनरागमनले ठूलो फरक केही आउने छैन। ‘रअ’ र विदेश मन्त्रालयका कर्मचारीको सल्लाह र सुझावअनुसार सत्तामा भइरहेकैलाई दबाब दिएर आफ्नो कुरो मनाउने र नमाने ओलीका ठाउँमा प्रचण्ड, माधव वा शेरबहादुरबीचमा खेल्ने, त्यतिले पनि नपुगे यो संवैधानिक व्यवस्थाका ठाउँमा अर्को विकल्प खोज्नेजस्ता काम नै हुनेछन्।

दोस्रो महत्त्वपूर्ण कुरा भारतले सधैँ नेपालमा आफ्नो सुरक्षा चासो रहेको भन्दै आएको छ र यही बहानामा उसले हरेक क्षणमा हस्तक्षेप गर्ने गर्छ। भारत स्वतन्त्रतापछिका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रजातान्त्रिक नेपालका पहिला प्रधानमन्त्री मातृकाप्रसाद कोइरालादेखि नेपालको परराष्ट्र नीति र रक्षा नीति भारतको रेखदेखमा रहनुपर्छ भन्ने प्रस्ताव गर्दै आएको कुरालाई अहिलेसम्म पनि प्रयास गर्न छोडेको छैन। यो प्रस्तावलाई राजा वीरेन्द्रले मानेको भए निश्चय नै पञ्चायत त्यति छिटो जाने थिएन र त्यही प्रस्तावलाई राजा ज्ञानेन्द्रले मानिदिएका भए राजसंस्था जाने थिएन। संसार बदलिइसक्यो तर भारतले त्यो प्रस्तावलाई छोडेको छैन। संघीयता, गणतन्त्र र नागरिकता आदि त्यसैका उपज हुन्।

नेपाल–भारत सम्बन्धमा के कुरा स्पष्ट छ भने दक्षिण एशियाको बृहत् एकताको एउटा भाग नेपाल पनि हो। त्यसका निम्ति भारतले यस क्षेत्रका सबैको र खासगरी त्यहाँका जनताको चित्त बुझाउने गरी कास्मिर समस्याको हल खोज्न सक्नुपर्ने हुन्छ। त्यसका साथै भारतको सम्पूर्ण कर्मचारीतन्त्र, कूटनीतिकतन्त्र र गुप्तचर संयन्त्रलाई आमूल परिवर्तन गर्न सक्नुपर्ने हुन्छ। माथि पनि पटकपटक भनियो, यस्तो आशा मोदीसँग राख्नु निरर्थक छ।

मोदीले अब नेपाल नीतिमा तीनवटा काम गर्नेछन्। पहिलो, नेपालमा पश्चिमा शक्तिलाई हटाउन चीनसँग स्वार्थ मिल्ने हुनाले सहमतिबाटै त्यसको प्रयास शुरु गर्र्नेछन्। दोस्रो, नेपालको शासक वर्ग भारतको शासक वर्गसँग लम्पसार पर्न जहिले पनि तयार हुने भएकाले अब आफ्ना शरणमा आएका अहिलेका शासक वर्गलाई नै प्रयोग गरेर आफ्ना हिन्दू मतदाताको तुष्टिका निम्ति नेपालमा हिन्दू धर्मलाई पुनःस्थापित गर्ने प्रयास गर्नेछ। तेस्रो, मोदीले नेपालको राजसंस्थाको महत्त्व राम्रोगरी बुझ्ने मौका पाए। सत्ता र शक्तिविना पनि नेपालको राजसंस्था अहिले पनि कुनै पनि संगठन, संघसंस्था र तिनका नेताभन्दा धेरै बढी लोकप्रिय संस्था हो भन्ने प्रस्ट छ। त्यसैले उनले अब राजसंस्थासँग पनि सम्बन्ध बढाउने छन्। अहिलेका सत्तासीनहरूले उनको कुरा मान्नलाई आनाकानी गरे भने देखाउनका लागि र साँच्चै मौका पर्‍यो भने विकल्पका रूपमा पनि निश्चय नै उनले राजसंस्थाको महत्त्व बुझेको हुनुपर्छ।

जे होस्, भारतमा मोदीको सत्ता पुनरागमनले ठूलो फरक केही आउने छैन। ‘रअ’ र विदेश मन्त्रालयका कर्मचारीको सल्लाह र सुझावअनुसार सत्तामा भइरहेकैलाई दबाब दिएर आफ्नो कुरो मनाउने र नमाने ओलीका ठाउँमा प्रचण्ड, माधव वा शेरबहादुरबीचमा खेल्ने, त्यतिले पनि नपुगे यो संवैधानिक व्यवस्थाका ठाउँमा अर्को विकल्प खोज्नेजस्ता काम नै हुनेछन्। तर, अब ऊ मात्रै नेपालमा एक्लो खेलाडी रहेन भन्ने पनि बुझेकै होला।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८