श्रीविलास दाहाल


भारतीय प्रधानमन्त्री नरेन्द्र भाई मोदीले दोस्रोपटक भारतीय संसद् लोकसभामा बहुमत पाएपछि विजय सभाले गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मेरा समयका पलपल और मेरा शरीरका कणकण सिर्फ और सिर्फ देशके लिए, मुझे कुछ नही चाहिए।’ यस प्रकारको अभिव्यक्ति, हाम्रा पार्टी अर्थात् नेपालका राजनीतिक पार्टीका सभापति र अध्यक्षहरूले दिए कति राम्रो हुने थियो?

नेपालको ठूलो पार्टी (अहिलेको होइन, पहिलेको पुरानो) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा के भन्नुहुन्छ, मलाई ज्योतिषीले अझै एकपल्ट प्रधानमन्त्री हुन्छस् भनेका छन्। यसको अर्थ हो– उहाँ त्यत्रो पल्ट प्रधानमन्त्री भइसकेपछि पनि अझै अर्को साथीलाई प्रधानमन्त्री पद दिने पक्षमा हुनुहुन्न। प्रचण्डलाई ‘छोरीलाई मेयर, बुहारीलाई मन्त्री र आफूलाई प्रधानमन्त्री’ अझै चाहिएको छ। अरूको के कुरा गर्ने?

पार्टी सभापति अमीत शाहले पुराना नेता लालकृष्ण अडवाणीभन्दा बढी भोट ल्याएर जिते। भारतीय जनता पार्टीमा आजसम्म अडवाणीले जति भोट कसैले ल्याएको थिएन। उनी मोदीलाई हृदयबाटै प्रशंसा गर्छन् आमसभामा। शाह र मोदीको जोडीलाई मात्र हाइलाइट गरिने चलन छ। त्यत्रो पार्टी दुइटाले चलाएका छन्। कस्तो विश्वास, कस्तो अनुुशासन, कस्तो स्पिरिट, लोकतन्त्रको कस्तो राम्रो अभ्यास?

प्रधानमन्त्री मोदीले आफ्नो विजय भाषणमा अर्को पनि उल्लेखनीय कुरा गरेका छन्। हामी भारतीय जनता पार्टी दुईबाट तीन सयभन्दा बढी सिटमा आइपुग्यौँ। यसको पनि रोचक कथा छ। अटलविहारी पार्टीको सभापति हुँदा पार्टीले दुईवटा सिटमात्र जितेको थियो। अडवाणीको भारत रथयात्रापछि ठूलो पार्टी बन्यो। मोदी त्यस यात्रामा सर्वेसर्वा थिए।

लोकतन्त्रको आनन्द भनेकै यही हो। भारतीय लोकतन्त्रले यसको सौन्दर्य र महत्त्वलाई अघि बढाएको छ। राजनीतिक पार्टीमा लागेका ऐँजेरु परिवारवाद, जातिवाद, गुट, उपगुट यसपटक सबैलाई सफाया पारिदियो। प्रायः भारतको केन्द्रीय राजनीति दिल्लीलाई प्रभाव पार्ने उत्तर प्रदेश र विहारका नेता पनि यसपाला चित खाए। ममता वनर्जी र मायावतीको पनि अहंकार चूर भयो, अचम्म भयो।

भारतीय राजनीतिको गति र विकासको अनुमान लगाउन गाह्रो छ। सिक्किम राज्यलाई भारतमा विलय गराउने अनि पाकिस्तानसँग युद्ध नै गरेर बंगलादेशको उदय गराउने ‘आइरन लेडी’ भनेर चिनिएकी इन्दिरा गान्धीलाई पनि भारतीय मतदाताले पराजयको मुख देखाइदिएका थिए।

नेपालको राजनीति र प्रेस जगतमा पनि प्रायःजसो चर्चा नगरिने गोर्खाल्यान्डको समस्या मोदीले यसपटक समाधान गर्लान् भन्ने आशा गर्नु असान्दर्भिक नहोला। पूर्वोत्तर भारतमा ससाना प्रान्त राम्ररी सञ्चालन भएका छन्। सिक्किम, मिजोरम, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, अरुणाचल आदि छन्। गोर्खालीहरूले लोकसभाको चुनावमा भारतीय जनता पार्टीलाई पटकपटक सहयोग गरेका छन् र मोदीले वचन पनि दिएका छन्। अब ममता बनर्जीको ‘बंग भंग होवेना’ अर्थात् पश्चिम बंगाल टुक्रिन्न भन्ने नाराले काम गर्ला जस्तो लाग्दैन।

यसपटक मोदीको शपथ ग्रहण कार्यक्रम कस्तो हुने हो? पहिलोभन्दा भव्य र सभ्य होला भनेर आशा गर्नु उचितै होला। पहिलोपल्टको शपथ ग्रहणमा सबै सार्क राष्ट्रका सदस्य राष्ट्रप्रमुख र सरकारप्रमुखलाई बोलाएर शपथ ग्रहण गरेका थिए, शपथ ग्रहण समारोह भव्य र सभ्य भएको थियो।

यसपटक सार्कका वर्तमान राष्ट्रप्रमुख नेपालका प्रधानमन्त्री र हुनेवाला प्रमुख पाकिस्तानका प्रधानमन्त्रीले मोदीलाई बधाई तथा शुभकामना दिइसकेका छन्। भारतीय प्रधानमन्त्री मोदीको ‘मुड’को अनुमान लगाउन बडो गाह्रो छ। के थाहा उनले यो लोकतन्त्रको विजय महोत्सवमा सार्क संगठनका सदस्य राष्ट्र, बिमस्टेक र आसियानका पनि अनि शक्ति राष्ट्र चीन र अमेरिका, ब्रिटेन र जर्मनी, दक्षिण अफ्रिका सबैलाई निमन्त्रणा गर्ने हुन् कि?

भारतीय राजनीतिको गति र विकासको अनुमान लगाउन गाह्रो छ। सिक्किम राज्यलाई भारतमा विलय गराउने अनि पाकिस्तानसँग युद्ध नै गरेर बंगलादेशको उदय गराउने ‘आइरन लेडी’ भनेर चिनिएकी इन्दिरा गान्धीलाई पनि भारतीय मतदाताले पराजयको मुख देखाइदिएका थिए। तत्कालीन समाजवादी नेता जयप्रकाश नारायणले चलाएको सम्पूर्ण क्रान्तिको आन्दोलनले उनी धराशयी भएकी थिइन्।

राजनीतिक संघर्ष र उर्वरा भूमि मानिएको उत्तर प्रदेशका समाजवादी नेताहरूको पनि यसपटकको चुनावले हुर्मतै लियो। समाजवादी नेता मुलायमसिंह यादव र उनकै छोरा अखिलेश यादवसम्मलाई जनताले भोट दिए र लाज बचाइदिए, बाँकी उदेकलाग्दा उनका परिवारका सदस्य अनि चेला चम्चालाई पछारिदिए। मुलायम सिंहले बडो चलाखीसाथ जातीय र सम्प्रदायिक कार्ड खेलेका थिए। मुस्लिम भोट बैंक यसपटक काम लागेन। बठ्याइँ यसपटक चलेन।

सन् २०१९ को ७५ सालको भारतीय स्वतन्त्रता संग्रामका नेता जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्तिमा’ जनसंघले भाग लियो, अटलविहारी, अडवाणी यसै बेलादेखि उदाए। ‘भारतीय जनता पार्टी’ नाम राखियो। हुन त वाजपेयी पनि दुईपटक प्रधानमन्त्री भए, पहिलो पल्ट १३ दिनमात्र। प्रधानमन्त्री मोदीले चैँ चमत्कार गरे।

विहारमा त लालु यादवले उखरमाउलो नै गरेका थिए। नारा पनि अनेक प्रकारका ‘जबतक रहेगा समोसामे आलु, तबतक रहेगा विहारमे लालु’, समोसामा आलु त कायमै छ, विहारमा लालु मात्र होइन, परिवार नै यसपटक चित खाए। प्रचारका बान्की र विज्ञापनमा भूपू मुख्यमन्त्री लालुकी श्रीमती रावडी देवी र छोराहरूले केही कसर राखेका थिएनन्। तर, जनताले पत्याएनन्। भैँसीको चारा खानेलाई चित गराइदिए।

विहारमा मुख्यमन्त्री नीतिश कुमारको त राम्रै छवि बनेको थियो। स्वर्गीय प्रधानमन्त्री चन्द्रशेखरले जस्तै उनले नेपालको कार्ड खेल्न पनि थालेका थिए। काठमाडौँको टुँडिखेलमा एकपटक देखा परेर भाषण पनि गरेका हुन्। विहारका समाजवादी लालु यादव, उत्तर प्रदेशका समाजवादी नेता मुलायमसिंह यादव, मध्य प्रदेशका शरद यादव, यी तीन प्रान्तका यादव एक भएर अघि बढेका भए समाजवादीको यो विजोग हुने थिएन।

आज भारतमा शक्तिशाली भएर उदाएको यो भारतीय जनता पार्टी गठनको कथा पनि बडो रोचक छ। भारत स्वतन्त्र भएको सायद एक दशकपछि डा. श्यामप्रसाद मुखर्जीलाई एउटा राष्ट्रवादी पार्टी गठन गर्ने इच्छा भएछ। उनीसँग भारतीय संस्कृति र सभ्यताले ओतप्रोत भएका युवाको आवश्यकताले उनलाई राष्ट्रिय स्वयंसेवक संघका प्रचारकप्रति आकृष्ट गरेछ।

तत्कालीन ‘राष्ट्रिय स्वयंसेवक संघ’का प्रमुख सर संघचालक गुरु गोलवलकरसँग उनी सल्लाह गर्न पुगेछन्। धेरै विचार–विमर्शपछि राजनीतिक विचार र रुचि भएका संघका प्रचारक उत्तर, दक्षिण दुवैतिरका मिलाएर संघले त्यसबेलाका प्रमुख बुद्धिजीवी मानिएका दीनदयाल उपाध्यायको नेतृत्वमा पठाएका युवक मिलाएर डा. मुखर्जीले ‘भारतीय जनसंघ’ नामको एउटा राजनीतिक पार्टी बनाएका हुन्।

दीनदयालले संघको हिन्दुत्व विचारधाराले कट्टरता देखाएर भारतको मुस्लिम समुदाय ‘जनसंघ’सँग नजिक नआएको देखी उनले ‘एकात्मक मानववाद’ भन्ने एउटा सिद्धान्त प्रतिवादन गरे। सूत्र रूपमा यसको व्याख्या गर्दा सबै मानव जाति एक हुन्, एउटै आत्मा सबैमा बास गर्छ, हिन्दू, मुस्लिम, सिख, ईशाई भनेर आपसमा लड्नु हुँदैन भन्ने नै हो। कांग्रेस र समाजवादी आफ्नो सिद्धान्तमा स्थापित थियो। दुर्भाग्यवश दीनदयालको अकाल मृत्यु भयो, वाराणशीको मुगलसराय रेलवे स्टेसनमा। उनलाई कसैले हत्या गरेर भाग्यो, हत्यारा पत्तो लागेन।

सन् २०१९ को ७५ सालको भारतीय स्वतन्त्रता संग्रामका नेता जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्तिमा’ जनसंघले भाग लियो, अटलविहारी, अडवाणी यसै बेलादेखि उदाए। ‘भारतीय जनता पार्टी’ नाम राखियो। हुन त वाजपेयी पनि दुईपटक प्रधानमन्त्री भए, पहिलो पल्ट १३ दिनमात्र। प्रधानमन्त्री मोदीले चैँ चमत्कार गरे। मोदीको व्यक्तित्व र संघ संगठनले यो सम्भव भयो। पहिलोपल्टको विकासले योपल्टको विश्वास पाएको भनेका छन्। बधाई छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८