नारायण अधिकारी, चितवन – गोर्खाको मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरूमा आधाभन्दा बढी भारतीय भक्तजन छन्। भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटक बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महिना शुरु भएयता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन छन्। मन्दिरमा दर्शन गर्न दैनिक ६/७ हजारकाे हाराहारीमा भक्तजन आउने गरेको उनले बताए।

सापकाेटाले भने, “हिजो दिनभर मन्दिर परिसरमा नेपालीभन्दा भारतीय अनुहार बढी देखिन्थे।” बुधबार साँझ ७ बजेसम्म भक्तजनले लाममा बसेर दर्शन गरेको उनको भनाइ थियो। गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिक पर्यटकीय क्षेत्र अवलोकन गरेसँगै भारतीय पर्यटक बढेको सापकोटाको विश्लेषण छ।

मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगर यतिबेला भारतीय भक्तजन निकै बढेको बताउँछन्। मन्दिरमा आउने आधाभन्दा बढीले बाहिरैबाट पूजा गर्ने बताउँदै उनले भारतीय भक्तजनले लामो समय पालो कुरेर पूजाआजा गर्ने गरेको जानकारी दिए। मनकामना माताको शक्ति र महत्त्व भारतीय क्षेत्रमा प्रचार हुँदै गएपछि नेपाल आउने पर्यटकले मनकामना मन्दिर नछुटाउने इच्छा व्यक्त गर्ने गरेको बताइएको छ।

मनकामना मन्दिर दर्शन गर्न धेरै केबुलकार चढेर जाने गर्छन्। केही सडकको बाटो हुँदै पनि जाने गर्दछन्। चितवनको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबुलकार सञ्चालनमा रहेको छ। मनकामना दर्शन प्रालिले केबुलकार सञ्चालन गरेको हो।

प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार बुधबार ३ हजार ८ सय भक्तजनले केबुलकारको यात्रा गरेकामा २ हजार भारतीय रहेका थिए। गर्मी महिनामा भारतीय आउने क्रम बढ्दो रहेको उनले बताउनुभयो।

गत आर्थिक वर्षमा १ लाख ८१ हजार भारतीय तीर्थयात्री केबुलकार चढेर मन्दिर पुगेका थिए। अघिल्लो वर्ष सो सङ्ख्या १ लाख १४ हजार थियो। कायस्थले यस वर्ष भारतीय भक्तजनको सङ्ख्या २ लाख पुग्ने बताए। चालू आवको हालसम्म १ लाख ६५ हजार भारतीय भक्तजन केबुलकार चढेर मनकामना पुगिसकेका छन् ।

यस वर्ष केबुलकार चढ्ने कुल सङ्ख्या १० लाख पुगेको छ। केबुलकार चढ्दा भारतीय पर्यटकले दुईतर्फीको रु ८ सय तिर्नुपर्दछ । नेपालीका लागि रु. ६४० छ भने सार्कका लागि १० डलर र बाह्य देशका लागि २० डलर लिने गरिएको छ। भारतीय सङ्ख्या धेरै भए पनि अन्य देशको भने एक प्रतिशत हाराहारी मात्र रहेको कायस्थले जानकारी दिए।

धेरै भारतीय तीर्थयात्री ठूला बसमा खाना पकाउने व्यक्ति र भाँडासहित आउने गर्दछन्। केबुलकारको चितवनतर्फको स्टेसन रहेको क्षेत्रमा खाना पकाउन र खानका लागि ठाउँसमेत व्यवस्था मिलाइएको छ। न्यूनतम शुल्कमा पानी, बिजुली, शौचालयसहितको सुविधा सम्पन्न ठाउँको व्यवस्था गरिएको छ। जाडो र वर्षातको समयमा भने भारतीय कम आउने गरेको देखिएको छ।

सवारी साधन लिएर नेपाल घुम्न आउने भारतीय पर्यटकका लागि मुख्य पर्यटकीय गन्तव्यको बाटोमा पर्ने भएकाले पनि भारतीय पर्यटक बढी आउने गरेको कायस्थ बताउँछन्। (रासस)

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८