काठमाडौँ – बढ्दो शहरीकरणसँगै अहिले खेल मैदानहरु कम भएका छन्। बढ्दो जनघनत्वसँगै बनाइएका भौतिक संरचनाहरुले खाली चौरहरुको विनाश भइरहेको छ। यही विनाशको बीच मौलाएको खेल हो, फुटसल। ठुलो खुला मैदानमा खेलिने फुटबलको विकल्पको रुपमा फुटसल उदाएको छ।
शहरी क्षेत्रमा मनोरञ्जनका साथै शारीरिक तन्दुरुस्तीको माध्यम बनेको छ, फुटसल। बिदाका दिन साथीभाईसँग जमघट गरेर समय कटाउने अनि फुटबलको तिर्खा मेटाउने खेलको रुपमा फुटसल नेपाली युवामाझ लोकप्रिय हुँदैछ।

सन् १९३० मा फुटबल विश्वकपको शुरुआतसँगै फुटबलकै सानो रुप फुटसल अवधारणाको पनि शुरुआत भएको पाइन्छ। अर्जेन्टिनामा जन्मिएका उरुग्वेली नागरिक जुआन कार्लोस सेरियानीले फुटबललाई नै आधार मानेर शुरु गरेको फुटसल अहिले विश्वभरी नै फैलिसकेको छ। फिफाले १९८१ बाट यसको विश्वकपको पनि सञ्चालन गर्दै आएको छ।

कसरी खेलिन्छ?

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटसल कोर्टको लम्बाई ३८ देखि ४२ मिटर र चौडाई २० देखि २५ मिटर हुनुपर्छ। नियमअनुसार एक टीममा ५ जना खेलाडी रहन्छन् भने, पूरा खेल ४० मिनेटको हुन्छ। २० मिनेटमा हाफ हुँदा १५ मिनेटको समय विश्रामका लागि पनि छुट्याइएको हुन्छ। फाउल, फ्रि–किक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन्। यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ।

नेपालमा फुटसल

नवाङ निमा लामाले २०६७ सालमा नेपालमा फुटसल भित्र्याएका हुन्। थाइल्याण्ड घुम्न गएको बेला घरभित्र फुटबल खेलको देखेपछि नेपालमा पनि यसको सम्भावना देखेर भित्र्याएको लामा बताउँछन्। ‘फुटबल मैदानको अभाव तथा व्यायामका लागि चौरको पनि अभाव खड्किरहेको थियो,’ उनले भने, ‘फुटसलको माध्यमबाट फुटबल प्रेमीमाझ खेलप्रतिको मोह जगाउन सकिन्छ भन्ने लाग्यो।

लामाले २०६७ मा काठमाडौँको ठमेलमा एरेना फुटसलको स्थापना गरेका थिए। त्यसपछि उपत्यकाका विभिन्न स्थानहरुमा बग्रेल्ती फुटसल कोर्टहरु स्थापना भए। करिब ८ वर्षको अवधिमा काठमाडौं उपत्यका हुँदै विभिन्न शहरहरुमा फुटसल फैलिएको छ।

कम्पनी रजिष्टार कार्यालयको तथ्याङ्क अनुसार देशभरमा ६८ वटा फुटसल दर्ता भएका छन्। एन्फा तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकासमेत गरी हाल उपत्यकामा मात्रै १ सय ५० को हाराहारीमा फुटसल सञ्चालनमा छन्। युवामाझ निकै चर्चित रहेको फुटसलमा स्कुले विद्यार्थीदेखि ६० वर्षमाथि उमेरका प्रौढहरुको समेत उपस्थिति हुन्छ।

असफल प्रतिबन्ध

नेपालमा फुटसलसँगै विभिन्न विकृतिहरु पनि भित्रियो। जसका कारण नेपाल प्रहरीले २०७२ पुसमा फुटसलमाथि एकाएक प्रतिबन्धको घोषणा गर्‍यो। जथाभावी शुल्क लिने, समाजमा होहल्ला, फुटसलको माध्यमबाट जुवा बढेको, लागूपदार्थको प्रयोगस्थल बनेको र विद्यार्थीहरु पढाई छाडेर जमघट हुने लगायतका कारण देखाउँदै प्रहरीले उपत्यकामा सञ्चालित सम्पूर्ण फुटसलमाथि प्रतिबन्ध लगायो।

पछि सरोकारवालाले छलफल गरेर प्रहरी तथा प्रशासनको निरन्तर अनुगमन र निगरानीमा मर्यादित ढंगले सञ्चालन गर्ने सहमति गरेर पुनः सञ्चालन गर्न थालियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको त्यो छलफलले प्रतिबन्धलाई असफल तुल्याइदियो। ‘व्यक्तित्व विकास, शारीरिक व्यायामका साथै मनोरञ्जनको माध्यम पनि भएकाले पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको थियो,’ तत्कालीन काठमाडौँ प्रहरी परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने। होहल्ला नियन्त्रण, मर्यादित र दुर्व्यसनीरहित बनाउनका लागि निरन्तर अनुगमन गर्ने भनिए पनि त्यसको कार्वान्वयन भने फितलो देखिन्छ।

शुल्कमा मनपरी

उपत्यकामा सञ्चालित फुटसलका शुल्कमा एकरुपता छैन। सञ्चालकहरुले आफुखुशी शुल्क असुल्दै आएका छन्। फुटसल व्यवसायी संघले सेवा सुविधाका आधारमा १२ सयदेखि अधिकतम १५ रुपैयाँसम्म लिने व्यवस्था गरेको छ। व्यवसायीहरुले भने अटेर गरेर लागू गरिरहेका छैनन्। इमाडोलस्थित इमाडोल फुटसलमा खेल्न आएका हिमाल बिष्ट भन्छन्, ‘हरेक फुटसलको आफ्नै रेट छ, कतै ८ सय लिन्छ कतै १७–१८ पनि लिएको देखिन्छ।’ अर्का फुटसल खेलाडी राजु लिम्बु पनि फुटसल सञ्चालकहरुले मनपरी शुल्क लिने गरेको बताउँछन्।

सन् २०१५ मा कोटेश्वरमा स्थापित हार्दिक फुटसलले सो व्यवस्थाभन्दा बाहिर रहेर १६ सय रुपैयाँ लिइरहेको छ। केही समयअगाडि १८ सय पनि लिने गरको सोही फुटसलमा कार्यरत कर्मचारीबाट खुलेको छ।

नियम नै मान्दैनन् व्यवसायी

समयअवधिको विषयमा पनि सञ्चालकहरुको मनोमानी देखिन्छ। महानगरिय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म फुटसल खुला गर्न सकिन्छ। उनी भन्छन्, ‘प्रहरीको टोली समय–समयमा फुटसलहरुमा पुग्ने गरेको छ। समयको पूर्णरुपले पालना भइराखेको छ।’ तर सुनार गाउँमा रहेको बिजी फुटसलले कसैलाई नभन्ने शर्तमा साँझ ८ बजेदेखि ९ बजेसम्म पनि कोर्ट उपलब्ध गराउने गर्छ।

त्यस्तै शंखमुल फुटसलमा पनि ९ बजेसम्म कोर्ट बुकिङ हुने गरेको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भन्छन्, ‘हामी निरन्तर रुपमा फुटसलको अनुगमन गरिहेका छौँ। कुनै पनि किसिमका कमजोरी हुन दिएका छैनौँ।’ तर काठमाडौँ प्रहरी परिसरका पूर्व–प्रवक्ता मोहन थापाको यस विषयमा फरक विचार छ। उनी भन्छन्, ‘निरन्तर अनुगमन लगायतका गर्ने भनेका कार्य केही भएनन्।’

सुरक्षा निकाय प्रहरी र प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हुनुपर्ने अनुगमन नभएपछि शुल्क तथा समयसीमाको विषयमा पनि एकरुपता देखिँदैन। बिहान प्रायः सबै फुटसलहरु ६ बजे खुल्ने भए पनि बेलुकी मनखुशी बन्द हुने गरेका छन्। त्यस्तै कुनै फुटसलले प्रतिस्पर्धा गर्नका लागि कम शुल्क लिने गरेको देखिन्छ भने कुनै फुटसलले बढी शुल्क लिनु सामान्य जस्तै भइसकेको छ। यसमा सरोकारवालाको उदासीनता प्रष्ट देखिन्छ।

प्रहरी र पदाधिकारीको कुरा बाझिन्छ

प्रहरी तथा प्रशासनले फुटसलसम्बन्धी समयसीमा तथा सञ्चालनका विषयमा मापदण्ड रहेको बताउँछ। यति मात्रै नभएर सोहीअनुरुप निरन्तर अनुगमन तथा निगरानी भइरहेको दावीसमेत गरेको छ। तर यस विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नेपाल फुटसल एसोसिएसनका अध्यक्ष देवकुमार अधिकारीले यस बारेमा केही छलफल नभएको बताए। उनले भने, ‘अहिलेसम्म समयसीमा, फुटसलका सेवा सुविधा तथा शुल्कका विषयमा संघमा केही छलफल भएको छैन र त्यससम्बन्धी नीति पनि बनेको छैन।

यसलाई हामी छिट्टै नियमसम्मत बनाउने छौँ।’ अप्रिल १ देखि ७ सम्म हुने फुटसल विश्वकपमा सहभागिता जनाउन नेपाली फुटसल टिम अर्जेन्टिना गएको जानकारी दिँदै अधिकारीले उक्त टोली फर्किएपछि फुटसल सञ्चालन तथा दर्ता प्रक्रियाबारे छलफल गरिने बताए। नेपालमा सन् २०१६ मा स्थापना भएको फुटसलसम्बन्धी सबैभन्दा माथिल्लो निकाय फुटसल एसोसिएसन नेपालमा अहिलेसम्म कुनै पनि फुटसलको दर्ता छैन। अधिकारीको भनाइअनुसार नेपालमा फुटसलसँग सम्बन्धित नीति स्पष्ट छैन। त्यसो हुनाले व्यवस्थापनमा पनि समस्या भइरहेको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८