दुर्गा देवकोटा, लम्की – विगतमा कृषि कर्म गर्नका लागि किसानसँग अनिवार्य रूपमा राँगा, गोरु हुन्थे। जोसँग धेरै राँगा र गोरुको हल हुन्थ्यो, त्यो किसान सबैभन्दा धनी मानिन्थ्यो तर हाल किसानको खेती गर्ने तरिका र आवश्यकता बदलिएको छ।

कैलाली जिल्लाका अधिकांश किसानसँग खेत जोत्ने पावर टिलर ट्याक्टर छ। कृषि प्रयोजनका लागि राम्रो, उपयोगी, सहज तथा सस्तो र किफायती हुने भएकाले हिजोआज किसानको पहिलो रोजाइ पावर टिलर ट्याक्टर हुन थालेको छ।

‘‘पावर टिलरबाट किसानको कृषिमा लाग्ने श्रम तथा लागत खर्च कम हुने, काम छिटोछरितो हुने, कृषि उत्पादकत्व बढ्ने भएकाले अधिकांश किसानको घरमा एउटा पावर टिलर रहेको छ,’’ बनगाउँका किसान दिलबहादुर चौधरीले भने, ‘‘किसानले पावर टिलरलाई खेत जोत्न, बाली लगाउन, पानी लगाउन, बाली काट्न, थ्रेसिङ गर्न, मिल चलाउन, ढुवानी गर्न, जेनेरेटर चलाउनलगायत ९ वटा काममा प्रयोग गर्न सक्छन्।’’

धेरै सुविधा भएकाले कृषि कार्यका लागि पावर टिलर राम्रो र बहुउपयोगी यन्त्र भएकोे उनले बताए। जानकी गाउँपालिकाका किसान जुगराम चौधरीले पावर टिलरले खेतबारीमा काम गर्न सहज भएको बताए।

‘‘कम समयमा धेरै काम गर्न सकिन्छ। अन्य कामभन्दा खेतबारीको कामका लागि यो एकदमै उपयुक्त छ।’’ जुगरामले भने, ‘‘यो साधन महिलाले पनि जोत्न सक्छन्, मेरो घरमा श्रीमती, छोरी सबैले जोत्छन्।’’

सानादेखि ठूला किसानको लागि उपयोगी रहेकाले पावर टिलर प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ। खेतमा एक जनाले दिनभरि गर्ने काम पावर टिलर ट्याक्टरले एक घण्टामा गर्ने भएकाले पनि किसान यसप्रति उत्साहित भएको स्थानीयबासी श्रीपाल चौधरीले बताए।

 

पछिल्लो समय सरकारले पनि कृषिमा लगानी बढाएको छ। टीकापुर नगरपालिका, वडा कार्यालय र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले पनि अनुदानमा किसानलाई पावर टिलरप्रति उत्साहित बनाउन थालेको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चालू आर्थिक वर्षमा २ सय १२ वटा पावर टिलर वितरण गरेको आयोजना प्रमुख भरतप्रसाद कँडेलले बताए। साथै, टीकापुर नगरपालिले पनि विभिन्न वडामा १९ वटा पावर टिलर वितरण गरेको कृषि अधिकृत गौरीशङ्कर गुप्ताले जानकारी दिए।

कृषक समूह वा कृषि सहकारीलाई वितरण गरिने उक्त पावर टिलरमा ५० प्रतिशत अनुदानको व्यवस्था छ। किसान लागतको आधा लगानीमै सहजै पावर टिलर पाउने भएकाले कैलालीका अधिकांश किसानसँग पावर टिलर छ। रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको पहिलो चरणको कार्यक्रममा किसानलाई ५० प्रतिशत अनुदानमा १ सय ३२ वटा र तत्कालीन जिल्ला विकास कार्यालयबाट ४० वटा पावर टिलर यस क्षेत्रमा वितरण गरेको छ।

पावर टिलरको प्रयोग बढेपछि गोरु, राँगा पाल्ने किसान घटेका छन्। कृषिमा आबद्ध केही किसानले आफ्नै लगानीमा पनि ट्याक्टर किनेका छन्। ‘खेती गर्नका गोरु राँगा बेचेर पावर टिलर किन्ने किसान धेरै छन्,’ किसान उमेश जोशीले भने, ‘किन गोरु राँगा पाल्नु? छिटो, छरितो र धेरै उपयोगी भएकाले मैले नि पावर टिलर किनेको छु।’

जोशीले भने, ‘राँगा तथा गोरुलाई पाल्न दुःख र जोखिम हुन्छ, पावर टिलरका लागि डिजेलको जोहो गरे पुग्छ।’ पछिल्लो समय सिँचाइ आयोजना र स्थानीय सरकारले कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रम अघि ल्याएका छन्। यसले पनि पावर टिलरको प्रयोगमा वृद्धि भएको छ। (रासस)

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७