काठमाडौँ – आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन माग गरेको छ। राजापाका सांसद राजकिशोर यादवले आयोगले सार्वजनिक गरेको विज्ञापनलाई संविधानमैत्री बनाउन र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ।

सांसद यादवले जनजाति मधेशीहरूलाई उपेक्षा गरेको र जातीय रूपमा असन्तोष पैदा गराउने खालको गतिविधि भइरहेको भन्दै सभामुखलाई ध्यानाकर्षण गराएका छन्। संविधानको मर्म र भावनालाई नबुझ्ने यो कसले सञ्चालन गरेको सरकार हो भन्ने उनको प्रश्न थियो। उनले भने, ‘यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरूले संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेका छन्। यसप्रति सभामुखको ध्यान जाओस्।’

लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्दै उनले उक्त कार्यमा सरकारको बदनियत देखिएको दाबीसमेत गरे। उनले भने, ‘जब संविधान सरकारले मान्दैन। जब यो संविधानअनुसार यो सदन परिचालन हुँदैन। जब यो संविधान संवैधानिक निकायमा बस्ने मान्छेले मान्दैन। व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाइन्छ भने त्यहाँ समस्या उब्जिन्छ।’

सांसद यादवले हिजोको आन्दोलन, बलिदानले सिर्जना गरेको संविधानलाई नमान्नुले राष्ट्रलाई दीर्घकालीन रूपमा नोक्सान पुर्‍याउने काम भइरहेकाले यसलाई बन्द गरी असमझदारीलाई अन्त्य गर्न पनि माग गरे।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

जितीया व्रत सम्पन्न

जितीया व्रत सम्पन्न

२०७६, ५ आश्विन आईतवार १७:४४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

२०७६, ५ आश्विन आईतवार १५:३५

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६