वीरगञ्ज – बारा मटिअर्वा माइत भई वीरगञ्ज माईस्थानका डा. राजेश साहकी पत्नी डा. नीलम साह विगत एक महिनादेखि आफ्नै घरमा असुरक्षित रूपमा बस्न बाध्य छिन्। हिमाञ्चल केबिनको अगाडि विशाल भवनमा उनी गत वैशाख १९ गतेदेखि एक्लै बस्दै आइरहेकी छिन्। परिवारजनद्वारा घरेलु हिंसामा परेकी डा. नीलम न्यायका लागि पर्सा प्रहरी हुँदै जिल्ला अदालतसम्म पुगेकी थिइन्।

पतिसँग मनमुटाव बढेपछि उनी अदालतमा ‘पतिको घरमा बस्नै दिएनन्, खान दिएनन्, जीवन निर्वाहका लागि खर्च पनि दिएनन्’ भनी फिराद पत्र दर्ता गराएकी थिइन्। त्यसमा सुनावाइ गर्दै पर्सा जिल्ला अदालतले अन्तरिम आदेश दिँदै गत वैशाख १६ गते संरक्षणात्मक आदेश दियो, जसका आधारमा उनी आफ्नै पतिको घरमा प्रहरीको सहयोगमा प्रवेश त पाइन्। तर, परिवारजनको माया पाइनन्।

उनी घरमा प्रवेश गरेकै दिन निजका ससुरा गम्भीरा साह, पति राजेश र आमासहित उक्त घर छोडेर हिँडे। वीरगञ्जमै आफन्तजनको घरमा उनीहरू बसोबास गरी डा. नीलमलाई एक्लै बस्न बाध्य बनाएका छन्। ‘यत्रो ठूलो घरमा एक्लै बस्न बाध्य भएको छु, तलको गेट २४सै घण्टा ताल्चा मार्नु पर्छ,’ उनले भनिन्, ‘आफ्नो घरमा आएर पनि असुरक्षित महसुस गरेको छु।’

उनी १ महिना बसेको भए तापनि ससुरा पक्षले ‘के खाँदै छौ नीलम ?’ भनेर सोध्न पनि नआएको गुनासो गरिन्। उनले आफ्ना नातेदारहरूबाट खाद्यान्न सामान खरिद गर्न लगाई घरमा मगाएको र २४ घण्टा घरमै बस्न बाध्य भएको बताइन्। घरबाट निस्कियो भने फेरि सहजै प्रवेश पाइँदैन भन्ने उनलाई डर छ। उनी निस्केपछि कसैले उनको घरमा ताल्चा मार्छ भन्ने डरले उनी बजारमा समेत आउजाउ गरेकी छैनन्।

उनले भनिन्, ‘कानूनको सहाराले आफ्नो घरमा प्रवेश पाएकी छु, कुनै गल्ती गरेको छैन, ममाथि अन्याय भइरहेको थियो। केही गल्ती भएको छ भने उहाँहरूसँग अहिले पनि म माफी माग्न चाहन्छु, आउनुस् मिलेर बसौँ, तपाईंको बुहारी हुँ, छोरी समान छु, मलाई परिवार चाहिएको छ भनेकी छु।’

यसैबीच, अन्तरिम आदेश बदरका लागि उनका पति डा. राजेश साहले पर्सा जिल्ला अदालतमा दिएको रिट खारेज भएको छ। गत जेठ १६ गतेका दिन पर्सा जिल्ला अदालतले दुवै पक्षका कानून व्यवसायीहरूको बहस पैरवी सुन्दै पतिको रिटको दाबी नठहरेछि पत्नी डा. नीलमकै पक्षमा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।

यस विषयमा डा. नीलम साहका पति राजेश साहसँग जानकारी माग्दा उनी दुवैको सम्बन्धमा दूरी बढिसकेकाले एकसाथ बस्न नमिल्ने बताए। उनले आपसी सहमतिमै समस्याको समाधान निकाल्न आफू तयार रहेको स्पष्टोक्ति दिएका छन्। जानकी मेडिकल कलेजबाट एमबीबीएस र चीनबाट एमडी गरेकी डा. नीलम साह अध्ययनका क्रममा करिब ५ वर्ष घरपरिवारबाट बाहिरबाहिरै बस्दै आएपछि पतिको परिवारसँग उनको सम्बन्ध चिसिँदै गएको थियो। पछि पतिपत्नीबीच मनमुटाव हुँदा दुवैमा झैगडा तथा विवाद शुरू भएको थियो।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४