काठमाडौँ – बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाका चौडा सडकमा सवारीसाधनको गति निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–कलंकी र कोटेश्वर–सूर्यविनायक सडकखण्डमा सवारीसाधनको गति मापन गर्न अत्याधुनिक ‘लेजर स्पिड गन’ प्रयोग गर्ने भएको छ । महाशाखाले यसका लागि तीनवटा ‘लेजर गन’ ल्याइसकेको छ ।

महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले एक सातापछि तीव्र गतिका सवारीसाधनविरुद्ध कारबाही हुने जानकारी दिए । ‘लेजर स्पिड गन’ नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसअघि प्रयोग भएको राडर स्पिड गन हो,’ उनले भने, ‘लेजर स्पिड राडारभन्दा अत्याधुनिक छ । यसले सवारीसाधनको गति मापन गर्नेछ । कति दूरीबाट सवारीसाधन गुडेको भन्ने विवरण पनि यसले दिनेछ ।’

ट्राफिक महाशाखाले कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति पनि तोकेको छ । महाशाखाका अनुसार अबदेखि यी सडकखण्डमा प्रतिघन्टा ५० किमिका दरले मात्रै सवारीसाधन हाँक्न पाइनेछ । सर्भिस ट्र्याकमा भने प्रतिघन्टा २० किमिका दरले हाँक्नु पर्नेछ । तोकिएभन्दा धेरै गतिमा हाँकिएका सवारीसाधनलाई लेजर स्पिड गनका आधारमा नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिनेछ ।

‘कोटेश्वर–कलंकी सडक र कोटेश्वर–सूर्यविनायक सडकमा सवारीसाधनको गति ५० किमि प्रतिघन्टा तोकिएको छ । निर्धारितभन्दा तीव्र गतिमा हाँकिएका सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिनेछ,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने । महाशाखाका अनुसार लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य सोमबारबाटै सुरु भएको छ । तर, कारबाही प्रक्रिया भने एक सातापछि मात्रै सुरु हुनेछ । प्रयोग गर्न लागिएको प्रविधि नौलो भएकाले यसबीचमा सर्वसाधारणलाई सुसूचित गरिने ट्राफिक प्रहरीले जनाएको छ । ‘यो प्रविधि सबैका लागि नौलो हो । पहिलो चरणमा जनचेतना जगाउन आवश्यक छ । सात दिनभित्र हामी यो काम सक्नेछौँ । त्यसलगत्तै नियम उल्लंघन गर्नेमाथि कारबाही थाल्नेछौँ,’ उनले भने ।

कलंकी-कोटेश्वर सडक दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार ११ महिनायता विस्तारित कलंकी–कोटेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । २२९ जना घाइते भएका छन् । यो सडकखण्डमा एक सय ७० सवारी दुर्घटना भएका छन् । ‘विस्तारित कोटेश्वर–कलंकी सडक सञ्चालनयता सवारी दुर्घटनाको संख्या बढेको छ । धेरैले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि त्यत्तिकै धेरै छ । यसलाई न्यूनीकरण गर्न हामीले लेजर स्पिड गन प्रयोग गर्न लागेका हौँ,’ महाशाखा प्रमुख एसएसपी पन्तले भने ।

के हो लेजर स्पिड ?

ट्राफिक महाशाखाका अनुसार लेजर स्पिड गन विशेष खालको क्यामेराजडित उपकरण हो । यो दूरबिन आकारको हुन्छ, यसलाई ट्राफिक प्रहरीले सजिलैसँग हातमा लिएर सञ्चालन गर्न सक्छ । सञ्चालित गनले सडकमा आवागमन गर्ने सवारीसाधनको तस्बिरका साथै उसको गति नाप्न सक्छ । सवारीसाधनको दूरी पनि उपकरणले देखाउँछ । निर्धारितभन्दा बढी गुड्ने सवारीसाधनको गति सजिलै देखिने भएकाले उपकरण बोक्ने ट्राफिक प्रहरीले गति उल्लंघनको संकेत पाउँछ । प्रहरीले तुरुन्तै अर्को बटन दबाएर सो सवारीसाधनको विस्तृत विवरण प्रिन्ट गरेर दिन्छ । र, सोही आधारमा प्रहरीले कारबाही गर्छ । यो समाचार नयाँ पत्रिकाले छापेको छ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२