रामपुर – कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ। कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटकपटक शालिग्रामबारे चासो राखिएको छ।

कालीनदीमा ८ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा. कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए। हिन्दू धर्मअनुसार विष्णुको रूप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ।

कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा. चालिसेले बताए। कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रुपन्देहीका केही स्थानमा सिँचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ।

कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करिब १ करोड बेलपत्र चढाइएको थियो। नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए।

गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङ्टार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन्।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम सङ्कटमा पर्ने बताए।

नगरप्रमुख थापाले नदी डाइभर्सनले यस क्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिटै हस्ताक्षर अभियान थाल्न लागिएको जानकारी दिए।

रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, सङ्घ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

कालीनदीको केही भाग पानी मात्रै तराईमा सिँचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेँसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका सङ्घीय सांसद दलबहादुर रानाले आग्रह गरे। उनले कालीनदी वारिपारिका जमिन सिँचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पुर्‍याउने योजना ल्याउनुपर्ने बताए।

सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन, अहिलेदेखि नै धार्मिक एवं पुरातात्त्विक महत्त्व  बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गरे। कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम सङ्कटमा नपर्ने सांसद रानाको धारणा छ।  (रासस)

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८