वीरगञ्ज – वीरगञ्ज महानगरपालिका– २१, लिपनीविर्ताको परवानीपुर खेलकुद मैदानमा जाने बाटो थुनिएको छ। स्थानीय जनप्रतिनिधि तथा जिल्लास्तरका अगुवाहरूको उदासीनताका कारण खेलुकुद मैदान टापुमा परिणत भएको परवानीपुरवासीको आरोप छ। परवानीपुरका खेलाडी तथा बासिन्दा ध्रुव मण्डलका अनुसार बाटोको अभावका कारण उक्त खेलकुद मैदानमा विगत ७ वर्षदेखि कुनै जिल्ला स्तरीय फुटबल तथा क्रिकेट प्रतियोगित भएको छैन।

उनले पर्सा क्षेत्र नं १ का संघीय सांसद प्रदीप यादव, वीरगञ्जका मेयर विजयकुमार सरावगी, वडा नं २१ का वडा अध्यक्ष हबिब मियाको बेवास्ताका कारण खेलकुद मैदान यो अवस्थामा आइपुगेको अर्का खेलाडी राजन उपाध्यायले गुनसो गरे। साविक लिपनीविर्ता वडा नं ५ र हाल वीरगञ्ज २१ का कित्ता नं २०० को ४ विगाह १८ कट्ठा क्षेत्रफल रहेको उक्त खेलकुद मैदान परवानीपुरको पहिचान भए पनि जनप्रतिनिधिसँगै अन्य अगुवासमेत यस विषयमा गम्भीर बनेका छैनन्।

प्रहरी चौकी परवानीपुरदेखि दक्षिणमा तथा श्रीसिया खोलाको उत्तरमा यो खेलकुद मैदान अवस्थित छ। खेलकुद मैदानको पूर्व, उत्तर र पश्चिममा निजी जग्गा परेकाले अहिले निजी जग्गामा घर टहरा बनाउन लागेपछि खेलकुद मैदानमा पुग्न बाटो थुनिएको हो। उक्त खेलकुद मैदानमा जान प्रहरी चौकी परवानीपुरनजिकै कलभर्ट बनाएर बाटो बनाए मात्र सम्भव हुने बुझिएको छ। तर, उक्त कामका लागि करिब २० लाख बजेट आवश्यक रहेको बताइएको छ।

व्यापारिक मार्गको पानी पनि मैदानमै

वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा ठेकेदारको लापरवाहीले नालाको पानी परवानीपुर खेलमैदानमा खसाल्न थालिएको छ। जितपुर नेपाली सेनाको ब्यारेकदेखि प्रहरी चौकी परवानीपुरको गेटसम्म एउटा ठेकेदार र त्यहाँदेखि गण्डकतर्फ नाला बनाउन अर्को ठेकेदारले काम गर्ने योजना छ। नालाको काम प्रहरी चौकीअगाडिसम्म मात्र बनेको छ। तर, पानी जितपुरदेखि राजमार्गको पूर्वपट्टिका सबै उद्योगका आउने भएकाले नालाको पानीले खेलकुद मैदानसमेत डुबानमा पर्ने जोखिम बढेको परवानीपुरका अनिल श्रीवास्वतले बताए।

उनले प्रहरी चौकीदेखि श्रीसिया खोलासम्म नाला बनाई व्यापारिक मार्गको पानी सीधा खोलामा खसाल्न आग्रह गरे। यस विषयमा वीरगञ्ज– २१, लिपनीविर्ताका वडाध्यक्ष हबिब मियाले स्थलगत जानकारी लिएर सम्बन्धित निकायसँग पहलकदमी गर्ने आश्वासन दिए।

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८