– डमरुबल्लभ भट्टराई

‘ललिता निवासको जग्गाको विषयलाई लिएर आजको पत्रिकामा २०४७ यताका मालपोत अधिकृतहरूको नाम छापिएको रहेछ। यसैगरी मेलम्चीको खेलाँची विषयलाई लिएर ०४८ सालयताका मेलम्ची मन्त्री र मेलम्ची हाकिमहरूको नाम पत्रिकामा छापेरै सही अभिलेखबद्ध गरौँ कि ?’  (अर्जुनमणि दीक्षित, फेसबुक २१/१२/२०७५)

सबैले सकारात्मक ढङ्गले असल गर्न खोजेकै थियौँ। ऋण दिनेले दिन्छ, ठेकदारहरू आउँछन्, काठमाडौँका प्यासी जनताको तृष्णा मेटिनेछ, सबै शुद्ध मनले लागेकै हो। समय बढी लागेको, सञ्चालकहरू फरक पर्दै गएको मात्र न हो। पानीको अभावले समस्या कहाँ आएको छ र? भर्खर त तीन दशक लाग्न थालेछ। तै पनि, हाम्रो मूल पुँजी धैर्यमा कहाँ कमी आएको छ र? त्यति समयलाई पनि कसरी बढी भन्ने, कामै ठूलो। त्यसैले पनि यो चर्चा प्रासङ्गिक थिएन कि? कतै कमीकमजोरी भएका होलान्, सच्याउँदै जानुपर्छ, अरू मुलुकमा पनि यस्तो हुने गर्छ, यस्ता सर्वमान्य अभिव्यक्तिहरू भन्ने/सुन्ने गरेकै हौँ। हो – त्यो तपाईंको आह्वान पनि लिपिबद्ध गर्नेभन्दा बढी कहाँ छ र? तर, यस्तै यस्तै अरू पनि योजना होलान्। कतिको लिपिबद्ध सम्भव होला?

अर्जुनजीको धारणाले मलाई पनि केही लेख्न प्रेरित गरेजस्तो भयो, कता कता घोचेछ क्यार ! अब ती दिनका कुराहरू कहाँ सम्झनामा छन् र? सकि–नसकी पुराना टिपोटहरू खोज्ने प्रयास गरेँ। केही समय कुनै कालखण्डमा म पनि त्यसमा गाँसिएको छु। हो, प्रारम्भिक चरणमा ०५२ तिर केही लुला कदमहरू हाम्रा पनि थिए। त्यसबेला धेरै ठूलो भारी बोक्न कहाँ सकिएछ र? त्यो पनि अर्थपूर्ण नहुँदै तुहिएको थियो। तैपनि तत्कालीन स्थितिमा आवास तथा भौतिक परियोजना मन्त्रालयको जिम्मेवारीबाट म कसरी भाग्न सकुँला र? यद्यपि, त्यसबेला कोड्कु खानेपानी आयोजनाको खारेजी, खानेपानी तथा सरसफाइ कोषको स्थापना र मेलम्ची खानेपानी आयोजनाको भविष्य निर्माणमा मन्त्रालयको भूमिका निरीह–अपरिभाषित खेतालाभन्दा बढी थिएन होला। भाग्यविधाता अर्कै थियो, जहाँ प्रधानमन्त्री र आवासमन्त्रीको पनि जोडबल चल्दो रहनेछ भनिन्थ्यो।

‘काठमाडौँका प्यासीहरू मेलम्ची खानेपानी कुनै दिन आउला भन्ने आशा लगाउँदैछन्। ठेक्कापट्टा लगायतका समस्याहरू, काम सुसञ्चालन हुन नसकिरहेका कुराहरू छापाहरूमा आउने गर्दछन्। शुरुका वर्षमा केही मानिसहरू मेलम्चीको पानी पनि हालको स्थितिमा अपर्याप्त भइसकेको छ।

अर्जुनजी स्वयं अनुभवी र योग्य प्रशासक मानिनुहुन्छ, त्यसैले पनि उहाँको मनसायलाई सम्मान गर्न पुराना कुराहरू खोज्दै जाँदा केही टिपोट फेला पारेँ, त्यसैको पानाबाट संस्मरण गरुँ कि?

‘काठमाडौँका प्यासीहरू मेलम्ची खानेपानी कुनै दिन आउला भन्ने आशा लगाउँदैछन्। ठेक्कापट्टा लगायतका समस्याहरू, काम सुसञ्चालन हुन नसकिरहेका कुराहरू छापाहरूमा आउने गर्दछन्। शुरुका वर्षमा केही मानिसहरू मेलम्चीको पानी पनि हालको स्थितिमा अपर्याप्त भइसकेको छ, त्योभन्दा पर लार्केको पानी मिसाएर ल्याउनुपर्छ भन्दै ठूलो योजनाको कुरा गर्दै यसलाई स्थगित गराउनेतिर पनि लागेका छन्। बिरामी पर्दा सिटामोल पनि खान पानी नभइरहेको अवस्थामा लार्केसम्म पुगेर पानी ल्याएर पौडी खेल्ने कुरा टाढाझैँ लाग्छ। प्रस्तावअनुसार वैदेशिक ऋण सहायता नाम जोडेर, बटुलेर काम गर्ने स्थितिसम्म पुग्न वर्षौं लाग्छ। जब काम शुरु भयो, तब नयाँ–नयाँ बखेडा झिकेर योजना अल्मल्याउँदा उपत्यकावासीले कहिले पानी खाने हो सजिलै बुझ्न सकिँदो रहेनछ।

मेलम्चीबाट खानेपानी ल्याउने भन्ने कुरा १९९० भन्दा पहिले उठेको रहेछ। प्रारम्भिक कामहरू भइरहेका रहेछन्। यूएनडीपीको सहायताले नमुनाका रूपमा शुरुको कार्य अलिअलि हुँदै रहेछ। पानी काठमाडौँ ल्याउँदा व्यवस्थित वितरण प्रणाली आवश्यक पर्ने त्यसको निमित्त विश्व बैंकले काठमाडाैँ खानेपानी पाइप लाइन सुधार गर्न तीन अर्ब जति रकम दिएको रहेछ। त्यसबेलाको स्थितिमा त्यो ठूलो रकम थियो। खानेपानी संस्थामार्फत खर्च हुनुपर्ने छ। मध्यमकालीन योजनाका रूपमा ललितपुरको गोदावरीबाट पानी ल्याउने कोड्कु खानेपानी आयोजनाको काम पनि धेरथोर भइरहेको थियो। यसैबेला यसैसँग सम्बन्धित तीनवटा काम सँगसँगै गरिए।

१. प्रस्तावित भएर आइरहेको कोड्कु खा.पा. योजनाको कुरा सधैँलाई स्थगित गर्ने। कोड्कुलाई राष्ट्रिय योजनाको पुस्तिकाबाटै हटाउने।

२. काठमाडौँको खानेपानी सुधार गर्न विश्व बैंकबाट प्राप्त रकम खानेपानी तथा सरसफाइ कोष स्थापना गरी त्योमार्फत खर्च गर्न ट्रान्सफर गर्ने।

३. एकसूत्रीय कार्यक्रमका रूपमा मेलम्ची खानेपानीलाई अगाडि बढाउने। विदेशी ऋण ल्याउन विशेष प्रयास गर्ने।

आजभन्दा करिब पच्चीस वर्ष अघिदेखि नै काठमाडौँमा यति लिटर पानीको अभाव, उति लिटर पानीको अभाव छ भन्ने गरिन्थ्यो। इन्द्रावती, मेलम्ची, कोड्कुजस्ता खानेपानी योजनाहरू त्यसैबेला चर्चित थिए। मेलम्ची र कोड्कुचाहिँ पछिसम्म रातो पुस्तिकामा रहँदै आए। अब मेलम्ची खानेपानी योजनालाई मात्र एकसूत्रीय रूपमा अगाडि बढाउन भनियो। कोड्कु योजना धेरै पहिलेदेखि नै प्रस्तावित थियो। जग्गा अधिकरणसम्बन्धी कार्यको तयारी गर्ने लगायतका कामका लागि हरेक वर्ष बजेट छुट्याउने गरिन्थ्यो। वर्षाैं लगाएर नापजाँच भई जग्गाधनी सम्पूर्ण विवरण तयार भई मुआब्जासम्बन्धी काम अन्तिम अवस्थामा पुगेपछि सो काम सधैँका लागि स्थगित गरियो।

तत्कालीन प्रम शेरबहादुर देउवा र मन्त्री बालाराम घर्तीमगरकोे विशेष प्रयासको फल यो थियो। यो विशेष परिस्थितिमा आवास राज्यमन्त्री शान्तिशमशेर राणा र म देश बाहिर थियौँ। संयोगले असल श्रोता र भोक्ताभन्दा बढी हुन सकेनछौँ। फर्कंदा चाइनिज कम्पनीलाई दिने र फिर्ता लिनेसम्मका दुवै काम भइसकेछन्।

मेलम्ची योजनाका लागि ठूलो लगानीको आवश्यकता पर्ने। वर्षौंदेखि कुरा हुँदै आए तापनि सहयोग गर्न कोही आएको थिएन। कोड्कुको चाहिँ ठूलो लगानी गर्न नपर्ने भएकाले जो पनि तयार थिए। ठूलो निर्माण पनि थिएन। कोड्कुको जग्गा अधिकरण गर्न मुआब्जाको निमित्त त्यसबेला पचासदेखि साठी करोड रुपैयाँसम्म लाग्ने देखिएको थियो। त्यो रकम पनि पटकपटक गरी ४/५ वर्षभित्रमा खर्च हुन्थ्यो होला। त्यो रकम दिन नसकिने अर्थको भनाइ रह्यो। जग्गाधनीहरूको आपसी घरायसी समस्याहरू आदि कारणले गर्दा समस्या सुल्झाएर रकम लिन समय लाग्ने हुदा एकैपटक पूरै रकम वितरण नहुन सक्दथ्यो। त्यो एकप्रकारले सहुलियत थियो।

मेलम्ची योजनालाई अघि बढाउन विशेष प्रयास छ। सँगै वर्षौंको मेहनतपछि कार्यान्वयन चरणमा पुग्न लागेको कोड्कुलाई स्थगित गर्नु कति बुद्धिमानी हुन्थ्यो होला। यसमा राष्ट्रिय योजना आयोगको सक्रियता र समर्थन थियो। मेलम्चीलाई दाताहरूको बैठक बोलाएर सहायताका लागि याचना गर्ने क्रम चलिनै रहेको छ। एउटा चाइनिज कम्पनीले स्थलगत अध्ययन गरेको छ। आषाढ, श्रावणको मध्य वर्षाको समयमा प्रस्तावित टनेल मार्ग हुँदै पानीको स्रोतसम्म आउन र जान सजिलो छैन। अन्त्यमा चाइनिज कम्पनीले निर्माण गर्ने प्रस्ताव गर्‍यो। तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालय र चाइनिज कम्पनीका बीचमा सम्झौता भयो। सम्झौतामा बढीमा ५ वर्षभित्र पानी सुन्दरीजलमा खसालिसक्नुपर्ने समेतका कुराहरू थिए।

यो १९९८ तिरको कुरा हो। यसमा नेपालको तर्फबाट सह–सचिव पोषण नेपालले सही गर्नुभएको रहेछ। तत्कालीन प्रम शेरबहादुर देउवा र मन्त्री बालाराम घर्तीमगरकोे विशेष प्रयासको फल यो थियो। यो विशेष परिस्थितिमा आवास राज्यमन्त्री शान्तिशमशेर राणा र म देश बाहिर थियौँ। संयोगले असल श्रोता र भोक्ताभन्दा बढी हुन सकेनछौँ। फर्कंदा चाइनिज कम्पनीलाई दिने र फिर्ता लिनेसम्मका दुवै काम भइसकेछन्। सहयोगी पोषण नेपाललाई यतिमात्र भन्न भ्याएँ, त्यो फाइल ऐतिहासिक हुने होला, सुरक्षित राख्नु पर्ला।

यसमा तत्कालीन चाइनिज अधिकारीहरू र राजदूतको विशेष प्रयास थियो। सम्झौतापश्चात् स्रोत परिचालन गर्ने तयारीका लागि चाइनिजहरू फिर्ता गएपछि यहाँको अवस्थामा अचानक परिवर्तन आयो। मुख्य रूपमा अर्थमन्त्रीलाई के कति कारणले हो, यो ठीक लागेन। लगानीकर्ता म खोज्छु चिन्ता लिनु पर्दैन भन्ने उहाँको भनाइ रहेछ। त्यसमा प्रमको पनि केही जोड चलेन भनिन्थ्यो। तत्कालीन प्रमका सचिव र मुख्य सचिवको पनि केही जोड चलेन रे। अन्ततः चाइनिजहरूलाई हाल नआउनु भनी पत्र पठाइयो। यसरी त्यो सम्झौता स्वतः समाप्त गरिएको थियो।

त्यो शर्त थियो– खानेपानी संस्थानलाई करारमा दिने। यस्तै माहोलमा नेपालमा खानेपानी हेर्ने विश्व बैंकका अधिकारी लेग्रेनको निजी स्वार्थमा फ्रेन्च कम्पनीलाई करारमा दिने मनसाय थियो रे। कतै असफल भएको फ्रेन्च कम्पनीलाई करारमा दिने राय थिएन भन्ने ठाउँ थिएन। लेग्रेन स्वयं फ्रेन्च नागरिक थियो अरे।

नेपालको अवस्थाबारे हामी विज्ञ छौँ, आफ्नो स्रोत साधनबाट नेपालले यो निर्माण गर्न सक्दैन, सम्झौतामा कुनै कुरा चित्त बुझेको छैन भने अझै सुधार गर्न सकिन्छ। यो सम्झौता रद्द नगरौँ, यो नेपालको हितमा छ, हाल हामी अनुदान भनेर भन्न सक्ने स्थितिमा छैनौँ तर यो असम्भव छैन। यो काम चाइनिज कम्पनीबाट नछुटाउनुस्। तपाईंहरूलाई नयाँ लगानीकर्ता खोज्न सजिलो नहोला पनि। नेपाललाई राम्रो होस् भन्ने हाम्रो चाहना छ आदि धेरै कुराहरू, तथ्यहरू, सुझावहरू राजदूतले राखे। तैपनि अर्थमन्त्रीलाई त्यसले चित्त बुझाउन सकेनछ। एडीबीको संयोजनमा लगानीकर्ता जुटाउने उहाँको मनसाय रहेछ क्यार।

सन् २००४ तिर सुन्दरीजलमा पानी खसाउने चाइनिज कम्पनीसँगको सम्झौता समाप्त गरिएपछिको विकास क्रममा अझै हामी छौँ। त्यसबेला यो योजना रद्द गरेर पहिले नै अझै परबाट अरू दुईवटा खोलाको स्रोत मिसाएर पानी ल्याउने योजना बन्नुपर्छ भन्नेहरू केही थिए। तर, तिनीहरू अहिले थाकेका छन् भन्ने सुनिन्छ। त्यसबेला नै यो योजनालाई बाधा पार्न हाम्रा विशेषज्ञहरू विदेशी सहायताबाट परिचालित थिए भनिन्थ्यो।

अर्काेतर्फ काठमाडौँका धाराहरू पुराना छन्। धेरै राणाकालीन छन्। मर्मत सुधारको खाँचो छ। खानेपानीको धारामा ढल मिसिएको जस्ता गुनासा प्रशस्तै छापाहरूमा आइरहन्छ। अव्यवस्थित शहरीकरण छ। खानेपानीको स्रोतमा भने खास वृद्धि भएको छैन। शहरको विस्तारअनुसार काठमाडौँमा नयाँ पाइप लाइनहरू विस्तार र पुराना हटाउने वा मर्मत गर्ने कार्य मेलम्ची आउनुअघि नै पूरा भइसक्नुपर्ने छ। अन्यथा पानी बाग्मतीमा फ्याँक्नुपर्ने हुन्छ। त्यसैले विश्व बैंकले काठमाडौँको खानेपानी सुधार गर्न १९९२ तिर नै तत्कालीन अवस्थामा तीन अर्ब रुपैयाँजति रकम खानेपानी संस्थानलाई सहायता प्रदान गरेको रहेछ। त्यो रकम खर्च कसको हातबाट गर्ने भन्ने कुरामा राजनीतिक तहमा निकै चासो रहेछ।

त्यसताका महाप्रबन्धकमा ध्रुवबहादुर श्रेष्ठ हुनुहुन्थ्यो। खानेपानी संस्थानको प्रमुखमा आफ्नो अनुकूल मानिस पठाउने सबैको इच्छा थियो। सरकार परिवर्तन भइरह्यो। यस्तै अस्थिरताको बीचमा संस्थान रुमल्लिनै रह्यो। योजनाको काम राम्ररी अगाडि बढेन। मेलम्चीका लागि दाता अझै ठेगान छैन। तत्काल काठमाडौँका लागि पाइपको सुधार कार्य विस्तारै गर्दै जाउँला। नयाँ संस्था ‘खानेपानी तथा सरसफाइ कोष’ गठन गरी त्यो तीन करोड रकम त्यसैमा हस्तान्तरण गरी एनजीओमार्फत गाउँ–गाउँमा खानेपानी योजनाहरूमा खर्च गर्ने। यसको निमित्त अरूभन्दा फरक प्रकृतिको विशेष अधिकारवाला संस्था बनाई सञ्चालन गर्ने कुरामा विशेष सक्रियता कतै रहेछ।

जमिनमुनिको पानीको स्टक पनि सकिँदै गएछ, अब त एकादेशको कथाजस्तै भइसक्यो – मेलम्चीको पानी। छापाबाट अनुमान लगाउन पनि कहाँ सहज छ र? ढिलै भए पनि गत, विगत वर्षमा सुन्दरीजलमा पानी झर्ने कुराले मात्रै हामी कति हर्षित भएका थियौँ।

प्रस्तावित संस्थाको बोर्ड गठन सीमित प्रतिनिधित्वको थियो। त्यसमा बस्ने मानिस पूर्वनिश्चितजस्तै। आफूमध्येबाटै अध्यक्ष बन्ने। मन्त्रालयले आन्तरिक विषयमा चासो राख्न आवश्यक नहुने, तरिका मिलाएर डिजाइन गरेको। मन्त्रालय अन्तर्गतको हो कि, होइन जस्तो। अरू संस्थाभन्दा विल्कुलै फरक। पूरै कानूनी मापदण्ड नाघेर बनेको। स्वतन्त्र, सायद स्वच्छन्द पनि हुन सक्ने। यस्तो विधिविधान जे–जसरी, जहाँबाट आए, बने, बनाए पनि गुण–दोषबाट हामी पनि कहाँ मुक्त हुन सकुँला र? मलाई कता–कता लाग्छ, हामी सबै निरीह पो छौँ कि? आवरणचाहिँ बलिया, बाङ्गा, तार्किक, निर्दाेष, सक्षम देखिने। सजिलै अर्काको टाउकोमा हालेर पन्छिन, पन्छाउन सक्ने, संरक्षण वा विरोध, कदाचित जरैदेखि उत्खनन् गर्न पनि सक्ने।

यस्तो वैदेशिक मामलाका विषयमा अर्थ मन्त्रालयका अगाडि अरू मन्त्रालयको केही चल्दो रहेनछ। विश्व बैंकले अझै शर्त थपेछ। त्यो भएमा मात्र सरसफाइ कोषमा रकम सार्न सकिने। त्यो शर्त थियो– खानेपानी संस्थानलाई करारमा दिने। यस्तै माहोलमा नेपालमा खानेपानी हेर्ने विश्व बैंकका अधिकारी लेग्रेनको निजी स्वार्थमा फ्रेन्च कम्पनीलाई करारमा दिने मनसाय थियो रे। कतै असफल भएको फ्रेन्च कम्पनीलाई करारमा दिने राय थिएन भन्ने ठाउँ थिएन। लेग्रेन स्वयं फ्रेन्च नागरिक थियो अरे।

यस प्रकार चाइनिज कम्पनी, एडीबी, विश्व बैंक र खानेपानी संस्थानलाई अगाडि पछाडि गर्ने गराउने काम तत्कालीन अर्थमन्त्रीको सहयोगी भूमिका थियो भनिन्थ्यो। जिम्मेवार अग्रणी अधिकारीको नाताले यस्तो कुरा आएको हुनुपर्छ। राम्रा वा नराम्रा हरेक कुरामा हैसियतवालाको नाम आउने नै भयो। हो विवशता र बाध्यताबाट हामी कहाँ मुक्त छौँ र? त्यसपछि मेलम्ची अर्कै चरणमा प्रवेश गरिसकेको छ। यसबीचमा पटक–पटक सत्ता परिवर्तन हुँदै आएका छन्। कहिलेसम्म पानी सुन्दरीजलमा झर्ने होे, टुङ्गो छैन।

जमिनमुनिको पानीको स्टक पनि सकिँदै गएछ, अब त एकादेशको कथाजस्तै भइसक्यो – मेलम्चीको पानी। छापाबाट अनुमान लगाउन पनि कहाँ सहज छ र? ढिलै भए पनि गत, विगत वर्षमा सुन्दरीजलमा पानी झर्ने कुराले मात्रै हामी कति हर्षित भएका थियौँ। तर, अहिले काठमाडौँवासीको प्यास अर्कै चरणमा प्रवेश गर्‍यो रे। विदेशी ठेकदार पो भागेछ। यसै विषयमा सचिव गजेन्द्र ठाकुरले अन्तर्वार्तामा धेरै कथा र व्यथा पोखेको सुनियो। लाग्यो – यो ऐतिहासिक कालखण्डमा पनि अझै लुला खुट्टा।

०५२ तिरै पानीको हाहाकारको समाचार आउने गर्थे। ढुंगे धाराहरूमा लामबद्ध गाग्री, बाल्टीहरू देखिन्थे। यो अन्तरालमा काठमाडौँवासीको चाप कहाँबाट कहाँ पुगिसक्यो भन्छौँ, पानीको स्रोत बढेको खास सुनिँदैन, तर पनि हाम्रो व्यवहार चलेकै छ। खासै त्यो बेलाभन्दा फरक कहाँ परेको होला र? यस्तै कथा–व्यथाहरू यत्रतत्र–सर्वत्र होलान्।

त्यसबेला हामी पुनर्बहालीवाला, आत्मबल नै कहाँ थियो र बलिया खुट्टा टेकियून्। त्यो बेला अर्थको सौजन्यतामा विभिन्न मन्त्रालय अन्तर्गतका उद्योग, कम्पनीहरू धमाधम विक्री भएको माहोल सम्झना गरौँ त। सेरोफेरोमा ती कति निमुखा थिए होलान्। पञ्चायतको बेला दरबारको छेउछाउबाट आएको कति कुरा, यो त हुँदैन, गर्न मिल्दैन भनिन्थ्यो। अब त्यो स्थिति छैन। लाए, अह्राएको काम गरिदिने, कामचलाउ मात्र छ। मनोबल पूरै खस्केको छ। सायद विवेक, विचार, तर्कको कतै खाँचो छैन। मानौँ, अपरिभाषित खेताला मात्र हौँ। लाग्छ, कसको शुद्ध वा अशुद्ध नियतबाट यस्तो बन्यो, बनायो होला।

पानी काठमाडौँमा झर्ने निश्चितजस्तै भनिएको पछिल्लो समय नाघेको पनि दुई वर्ष हुन लागेछ। ०७४ दशैँको कुरा थियो। अर्काे दशैँ पनि गइसकेछ। नयाँ पाइपलाइन राख्न काठमाडौँका बाटाहरू खन्दा, पुर्दा लामो अवधिसम्मको धुलोलाई पाउडर लगाएको भन्दा घटी मूल्य कहाँ दियौँ र? अब त मेलम्ची आयो–आयो ! कठै हाम्रो उत्सुकता। अहिलेसम्मको हाम्रो असीमित धैर्यलाई कुन भाषाले परिभाषित गर्ने होला? अझै हामीले यसलाई विशेष समस्याका रूपमा कहाँ ग्रहण गरिसकेका छौँ र यो लामो प्रतीक्षाबीच कति काठमाडौँका प्यासी जनता भरपेट पानी खाने सपना देख्दै बितिसके होलान्।

०५२ तिरै पानीको हाहाकारको समाचार आउने गर्थे। ढुंगे धाराहरूमा लामबद्ध गाग्री, बाल्टीहरू देखिन्थे। यो अन्तरालमा काठमाडौँवासीको चाप कहाँबाट कहाँ पुगिसक्यो भन्छौँ, पानीको स्रोत बढेको खास सुनिँदैन, तर पनि हाम्रो व्यवहार चलेकै छ। खासै त्यो बेलाभन्दा फरक कहाँ परेको होला र? यस्तै कथा–व्यथाहरू यत्रतत्र–सर्वत्र होलान्। कहिलेकाहीँ त लाग्छ, सबै तारताम्य मिलाएर हाम्रो नियमित विधिव्यवहार, विनाअवरोध चलाइरहन–अदृश्य, सशक्त पहरेदारकै कृपा हो कि? कसैप्रति दोषारोपण, वाद–प्रतिवादभन्दा उसको भरोशा नै बढी हितकर होला कि?

बाँकी समीक्षककै जिम्मा। अनुकरणीय धैर्यका धनी – धन्य काठमाडौँका प्यासी जनता।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७