काठमाडौँ – काठमाडौँमा एक बालकले आत्महत्या गरेका छन्। धापासी घर भएका १४ वर्षका बालक विनायक पाण्डेले घरको वाथरुममा आत्महत्या गरेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जानकारी दिएको छ।

प्रहरीका अनुसार पाण्डे धापासीमा रहेको अपी स्कुलमा कक्षा ८ मा अध्ययनरत थिए। उनको घर र स्कुलबीच पाँच मिनेटको दुरी मात्रै छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी किरण बज्राचार्यका अनुसार घटना जेठ १९ गतेको हो। सोही दिन स्कुलबाट घर पुग्नेवित्तिकै बालकले आत्महत्या गरेको एसएसपी बज्राचार्यले बताए।

उनले भने, ‘स्कुलबाट घर पुगेपछि आमालाई फ्रेस भएर आउँछु भनेर वाथरुममा गएको बालक लामो समयसम्म पनि ननिस्केपछि ढोका तोडेर हेर्दा झुण्डिएको अवस्थामा फेला पर्‍यो।’ उनलाई शिक्षण अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो।

प्रहरीका अनुसार अपी स्कुल प्रशासनले गत शुक्रबार बालककी आमालाई बोलाएर तपाइको छोरो ढिलो स्कुल पुग्छ, पढ्नमा ध्यान दिँदैन भनेर सम्झाउन आग्रह गरेका थिए। स्कुल प्रशासनले सम्झाउन भनेको दुई दिनपछि बालकले आइतबार आत्महत्या गरेका हुन्।

एसएसपी बज्राचार्यले घटनाबारे अनुसन्धान भइरहेको बताए। उनले भने, ‘घरबाट बालकलाई गाली गरेको, कुटपिट गरेको केही देखिएको छैन। बालकको मृत्युपछि परिवार शोकमा रहेका कारण अनुसन्धान अघि बढ्न सकेको छैन।’

घटनामा अनुसन्धानमा खटिएका र घटनास्थल पुगेका डीएसपी फणेन्द्र प्रसाईले प्रारम्भिक अनुसन्धानको क्रममा बालकले आत्महत्या गरेको देखिएको बताए। उनले थप कुरा पोष्टमार्टम रिपोर्टपछि खुल्ने बताए।

बालकका बुबा रोजगारीको लागि साउदी अरबमा थिए। उनी सोमबार राती मात्रै काठमाडौँ आइपुगेकाले मंगलबार साँझ पोष्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८