सुर्खेत – कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बेरोजगार युवालाई सीपमुलक तालिम दिने अभियान शुरु गरेको छ। मन्त्रालयले घरेलु तथा साना उद्योग विकास कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार वीरेन्द्रनगरमा एक महिने अटोरिक्सा तथा मोटरसाइकल मर्मतसम्बन्धी तालिमको उद्घाटन गरेको हो।

मन्त्रालयले बेरोजगार युवालाई ‘रोजगार तथा सीप विकास’ कार्यक्रममार्फत तालिम दिन शुरु गरेको छ। एक महिने अटोरिक्सा तथा मोटरसाइकल मर्मत तालिमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विकास कार्यालयका निर्देशक शम्भुप्रसाद पौडेलले प्रदेशमा रहेको बेरोजगारी दरलाई कम गर्न यस्ता छोटो अवधिका सीप विकास तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले प्राविधिक क्षेत्रमा रुचि राख्ने सामान्य लेखपढ गर्न जानेका युवालाई लक्षित गरी मन्त्रालयले छोटो अवधिका तालिम शुरु गरेको बताए। ‘मन्त्रालयले छोटो अवधिको ‘रोजगार तथा सीप विकास’ कार्यक्रमअन्तर्गत प्रदेशभरीका दश जिल्लाका लागि चालु आवमा ६४ लाख रुपैयाँ विनियोजन गरेको थियो,’ उनले भने, ‘उक्त रकम प्रदेशका १० वटै घरेलु तथा साना उद्योग विकास कार्यालयमार्फत ४ सय बेरोजगार युवालाई स्वरोजागर बनाइने छ।’

उनले सुर्खेतको हकमा भने तालिमपश्चात प्रशिक्षार्थीलाई सुर्खेत उद्योग वाणिज्य संघले रोजगारी दिने ग्यारेन्टी गरेको जनाए। उनका अनुसार प्रदेश सरकारले तालिमका लागि अपाङ्ग, विदेशबाट फर्केका युवा, महिला उद्यमी तथा सीमान्तकृत समुदायलाई विशेष प्राथमिकतामा छ।

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले अटोरिक्सा तथा मोटरसाइकल तालिमपश्चात सबै सहभागीलाई सुर्खेतका विभिन्न अटो वर्कसपमा दक्षता अनुसारको काम दिइने बताए। उनले जिल्लामा दक्ष कामदारको अभाव कारण अहिले बाहिरबाट मान्छे मगाएर काम गराउनु पर्ने बाध्यता रहेको उल्लेख गरे। ‘प्राविधिक दक्ष जनशक्तिको अटो बजारमा धेरै माग छ,’ उनले भने, ‘दक्ष कामदारको अभावले नै जिल्लामा अन्तर्राष्ट्रिय स्तरका अटो वर्कसप खुल्न सकेका छैनन्।’ उनले जिल्लामा चाहिने दक्ष जनशक्ति जिल्लामै उत्पादन गर्न सकिए अटो बजार थप विस्तार हुने बताए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८