वीरगंज – मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र आज बुधबार धुमधामका साथ मनाइँदैछ। एक महिनादेखि चल्दै आएको पवित्र पर्वको अन्तिम दिन आज बिहानको सामूहिक नमाज पढेपछि आपसमा खुशीयाली साटासाट गरिने छपकैया मस्जिदका मौलाना अलि असगर मदिनीले बताए।

उनले पौने ९ बजेदेखि आधा जति सामूहिक नमाज पढेर यो पर्वको समाप्तिसँगै हर्षोल्लासपूर्वक यो पर्व मनाउन लागिएको जानकारी दिए। छपकैया, मुर्ली, गण्डक बहुअरीलगायत विभिन्न स्थानका मस्जिदमा बिहान ८ बजेदेखि मुस्लिम समुदायको भीडभाड लागेको थियो।

यसले परिवार, समाज र राष्ट्रसँगै विश्वलाई शान्ति र भलाइको मार्गमा डोर्‍याउने तथा एक आपसमा प्रेम सद्भाव बढाउने जनविश्वास छ। हरेक वर्ष वैशाख–जेठमा पर्ने यस पर्वमा बिहान ४ बजेभन्दा अगावै शेहरी खाएर दिनभर रोजा बसिन्छ। साँझ सूर्य अस्ताउने समयमा इफतारी खोलेर रातभरी अन्न तथा पानी खान सकिन्छ। मदिनीले यस कठोर पर्वमा रोजा बसेको बेला थुक निल्न सकिने तर पानी र अन्न खाए रोजा टुट्ने बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इद उल फित्रको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुका साथै समस्त प्रदेशवासीमा शुभकामना दिएका छन्। मुख्यमन्त्री राउतले यस पर्वले प्रदेशका साथै समग्र मुलुकमै भाइचाराको सम्बन्ध स्थापित गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरे। अनावश्यक खर्च नगरी इदलाई आपसी भाइचाराका साथ हर्षाेल्लाससहित मनाउनसमेत मुख्यमन्त्री राउतले सबैलाई आग्रह गरे। उनले आफ्नै गाउ पर्साको जगरनाथपुरमा बिहानको सामूहिक नमाज पढेर इद मनाइरहेका छन्।

वीरगंजको छपकैया पोखरीस्थित मस्जिदमा श्रद्धालुहरुको भीडभाड बढेपछि छपकैया–रजतजयन्ती सडकखण्डलाई आधा घण्टा अवरुद्ध पारी सामूहिक नमाज पढिएको छ। मौलाना अलि असगर मदिनीका अनुसार नमाज पढ्नु उपयुक्त ठाउँ कमी भएकाले यस विषयमा प्रदेश २ का मुख्यमन्त्रीसँग आफूहरुले पनि कुरा राखेको बताए। उपयुक्त स्थानमा मस्जिद निर्माणको लागि छपकैयाका मुस्लिम समुदायले प्रदेश सरकारसँग माग गरेका छन्।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८