काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई पराजित गर्दैै त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बुधबार प्रदेश ३ लाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको हो। बुधबार भएको सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो।

आर्मीका लागि विनोद भण्डारीले नटआउट ४२ बलमा ७५ रन बनाए। राजु रिजालले ५१, रोहितकुमार पौडेलले ४३, हरि चौहानले ३८, राजेश पुलामीले २९, कुशल मल्लले २६, करन केसीले नटआउन २१ र हरिकृष्ण झाले १२ रनको योगदान दिए। प्रदेश ३ का लागि नन्दन यादव र जितेन्द्रसिंह ठकुरीले समान २/२ तथा पारस खडका र सोनु देवकोटाले १/१ विकेट लिए।

३१० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको प्रदेश ३ ले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो। प्रदेश ३ का लागि इसान पाण्डेले ११७ बलमा ७९ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। ज्ञानेन्द्र मल्लले २६, पारस खड्काले १९, नन्दन यादवले १८ र अदिल खानले १५ रन बनाउनबाहेक अरु व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

प्रदेश ३ लाई पराजित गर्ने क्रममा आर्मीका सहाव आलमले ३, करन केसीले २ विकेट लिए। त्यस्तै, सुशान भारी, रोहितकुमार पौडेल र कुशल मल्लले समान १/१ विकेट लिए।

प्रदेश ३ लाई पराजित गरेको आर्मी प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ। दोस्रो सेमिफानलमा बिहीबार एपीएफ र नेपाल पुलिस क्लव भिड्नेछन्। फाइनल खेल शनिबार हुनेछ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

२०७६, ३ असार मंगलवार ०६:५८