– प्रभुनारायण बस्नेत


‘विनाशकाले विपरीत बुद्धि’ भनेझैँ वर्तमान सरकारले जे काम पनि उल्टो मात्रै गर्न थालेको छ। अब हुँदाहुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाउने अभियन्तालाई पनि गिरफ्तार गर्ने, हिरासतमा यातना दिने गर्न थालेको छ। सुर्खेतमा ज्ञानेन्द्र शाहीसमेतका सात जनालाई गरेको गिरफ्तारी र यातनाविरुद्ध अहिले माहौल तातिएको छ। घटनाको विरोधमा सामाजिक सञ्जाल पूरै ढाकिएको छ, सडकमा ठूल्ठूला प्रदर्शन हुन थालेका छन्। यस्ताका विरुद्ध अदालत जाने कुरा उठेको छ। यसरी सरकार फेरि अर्को लफडामा फस्न पुगेको छ।

सरकार एकपछि अर्को गलत काम गर्दै गइरहेको छ। डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार आन्दोलनदेखि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयकसम्म सरकारले चालेका कदमले अन्तर्राष्ट्रिय रूपमै बदनाम गरेका छन्। त्यति हुँदासमेत उसले चेतेको छैन। एउटा गल्तीबाट पाठ सिक्ने र सच्याउने तत्परता नहुँदा त्यस्तो भएको हो वा दुई तिहाइको दम्भ व्यक्त भएको हो, यकिनसाथ भन्न सक्ने अवस्था छैन। प्रधानमन्त्री खड्गप्रसाद ओलीको सबै कुरा मलाई नै थाहा छ भन्ने घमण्ड; जसले अरूका कुरा सुन्ने, आफ्ना भूल सच्याउने र अघि बढ्ने सम्भावनालाई समाप्त गरिदिएको छ। गणितका आधारमा आफ्नो सरकारको भविष्य मापन गर्ने भूल गरिरहेको छ। त्यसले गर्दा सरकारबाट प्रतिपक्षको कुरा नसुन्ने, नागरिक आवाजलाई दमन गर्ने, स्वेच्छाचारिता र अहंकारको वशिभूत भएर निर्णय लिने काम भइरहेको छ।

सानो एउटा आगोको झिल्काले सारा वन डढाउन सक्छ भन्ने यथार्थलाई सायद यो सरकारले भुलेको छ। जंगल विशाल हुन्छ, आगोको झिल्को त्यसको तुलनामा अत्यन्त सानो हुन्छ तर सानो भूलले गर्दा त्यही झिल्कोले त्यति ठूलो जंगललाई सर्वनाश गर्छ। भूलपछि भूल गर्दै जाने र भूलसुधार गर्नु आफू तल पर्नु हो भन्ने प्रवृत्तिमा परिवर्तन आएन भने दुई तिहाइ त के शतप्रतिशत सांसद आफूसँगै भए पनि सरकारको पतनलाई रोक्न सम्भव हुँदैन। अहिले हाम्रा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति उतरदायी हुने र जनताको सेवा गर्ने भावनाले काम गरिरहेका छैनन्। तिनीहरूले आफूलाई चक्रवर्ती वादशाहको स्थानमा राखेर हेर्ने गरेका छन्। प्रधानमन्त्री, राष्ट्रपति र अरू मन्त्रीहरूको जीवनशैली, व्यवहार, बोलीवचन, आचरणले त्यो कुरालाई प्रस्ट्याएको छ। प्रधानमन्त्री त अहिले आफ्नो र आफ्नो सरकारको विरुद्ध एक वचन सुन्नसमेत तयार छैनन्। ‘छोटो बढ्यो भने …’ भन्ने कवि शिरोमणि लेखनाथ पौडेलको कविताले संकेत गरेको चरित्रअनुरूपका हाम्रा राष्ट्रपति र प्रधानमन्त्री हुन्।

‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भनेर भाषण गर्ने अनि भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने, बालुवाटारमा जमघट गराउने, ठूला आयोजना आफ्नै मातहतमा ल्याएर डाइरेक्ट कमिसन हात पार्न खोज्ने काम प्रधानमन्त्रीले गरिरहेका छन्। कथनी र करनीको यति ठूलो फरकले प्रधानमन्त्री तथा वर्तमान सरकारलाई विश्वासको संकटमा फसाइदिएको छ।

प्रधानमन्त्री ओलीले लगाएको आलोचना गर्नेहरू सबैलाई विरोधी देख्ने चश्माकै कारण भ्रष्टाचार बढिरहेको छ। सुशासन नारामा मात्र सीमित हुन पुगेको छ। विकास, प्रगति र उन्नति अवरुद्ध बन्न पुगेको छ। त्योभन्दा पनि डरलाग्दो र अत्यासलाग्दो तथ्य के छ भने जनता आफैँले वर्षौं लडेर, त्याग, तपस्या र वलिदान गरेर हासिल गरेका अधिकार एकपछि अर्को गर्दै खोसिँदै गएका छन्। त्यसरी जनताका अधिकार खोस्नेमा ओली सरकार नै देखिँदै छ।

जब कुनै सरकार जनताको विरुद्ध खडा हुन्छ, जनतालाई दमन गरेर टिक्ने सपना देख्छ, त्यसपछि बुझ्नुपर्छ उसका पतनका दिन शुरु भए। संख्याका आधारमा नै कसैको भविष्य निश्चित हुने भए पञ्चायत किन ढल्थ्यो, सत्तरी वर्ष एकछत्र शासन गरेको र कुनै विरोधीको अस्तित्व नरहेको सोभियत युनियनको पतन किन हुन्थ्यो? चाउचेस्कु जसले पार्टी र चालिस महत्त्वपूर्ण सरकारी ओहदामा आफ्नै नातेदारले भरेका थिए, तिनको पनि अन्त्य भयो। एक जना सामान्य मजदूर लेख वालेसाले निरन्तर संघर्ष चलाएर पोल्यान्डको कम्युनिष्ट सरकार ढालेको इतिहास पनि भुल्नु हुँदैन। दुई तिहाइ जीवनभरका लागि पाएको जस्तो व्यवहार खड्ग ओलीले देखाइरहेका छन्। त्यो उनको महाभूल हो। उनले निश्चित अवधि र कार्यकालका लागि त्यो जनमत हासिल गरेका हुन्। अबको उनको यात्रा कता हुन्छ, उनी सफलतापूर्वक गन्तव्यमा पुग्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा भविष्यको निर्क्योल हुनसक्छ।

‘म आफू पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न’ भनेर भाषण गर्ने अनि भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने, बालुवाटारमा जमघट गराउने, ठूला आयोजना आफ्नै मातहतमा ल्याएर डाइरेक्ट कमिसन हात पार्न खोज्ने काम प्रधानमन्त्रीले गरिरहेका छन्। कथनी र करनीको यति ठूलो फरकले प्रधानमन्त्री तथा वर्तमान सरकारलाई विश्वासको संकटमा फसाइदिएको छ। अहिलेको सरकारले सम्पूर्ण रूपले जनताको विश्वास गुमाइसकेको छ। तर, त्यो कुनै नागरिक समाजको आन्दोलनले गर्दा होइन। मिडिया, विपक्षी दलका कारणले पनि होइन। बारम्बार प्रधानमन्त्रीले आरोप लगाएजस्तो उनकै पार्टीले गर्दा पनि होइन। सरकारलाई यो अवस्थामा पुर्‍याउने स्वयं प्रधानमन्त्री र मन्त्रीहरू हुन्। सत्तामा पुगेपछि त्यहाँबाट कुनै दिन बाहिरिनु पनि पर्छ भन्ने नसोच्ने, अरूलाई मान्छेजस्तो नठान्ने अहंकारी प्रवृत्ति नै त्यसका लागि जिम्मेवार छ।

यतिसम्म कि भूमिसुधारमन्त्रीले एभरेष्ट वेसक्याम्प पुगेर आउँदा ५० लाख रुपैयाँ खर्च गरिन्। अहिले नेपालका लागि नेपाली अभियान भन्ने एउटा अभियान चलेको छ। त्यसले राष्ट्रियता, नागरिकता, विधेयक र भ्रष्टाचारको मुद्दा उठाएर देशभरि कार्यक्रम गरिरहेको छ।

हुन त कुनै पनि आन्दोलनको निर्णायक शक्ति जनता हुन्। राजनीतिक दल त्यसका लागि कारक हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा चेतनशील तप्का जसलाई ‘सिमिक्स सोसाइटी’ भन्न सकिएला। अहिले नागरिक समाजको विश्लेषण लोकप्रिय छ। त्यसमा पनि अनेक स्वार्थको जमघट होला। बेग्लाबेग्लै स्वार्थ पूर्ति गर्ने उद्देश्यले तिनलाई आन्दोलनका लागि प्रेरित गरेको होला। तर, त्यस्तो आन्दोलनलाई विल्कुलै उपेक्षा गर्नु मूर्खता हुन्छ। अहिले सतहमा आएका केही मुद्दालाई उठाएर जो कोहीले आन्दोलनको ज्वारभाटा सिर्जना गर्ने अवस्था छ। जनतामा आशा टुटेको, निराशा पैदा भएको स्थिति शुभ होइन। तर, अहिले त त्यसभन्दा पनि अघि बढेर आक्रोशको अवस्था देखिन्छ। जब जनता आक्रोशित हुन्छ तब एउटा सानो चिङ्गारी नै काफी हुन्छ, डढेलोे लाग्नुलाई। यदि शासकको भूलका कारण डढेलो लागिहाल्यो भने त्यसमा डढेर को–को राख हुन्छन् भन्न सकिँदैन।

सायद प्रधानमन्त्रीलाई लाग्दो हो, मेरो पार्टीको यत्रो ठूलो शक्ति छ, यस्तो अवस्थामा भलै कसले मलाई हल्लाउन सक्छ? उनको त्यो सोचाइमा सत्यता देखिँदैन। अहिलेको ओली–प्रचण्ड नेतृत्वको नेकपा सडकका रेलिङ भाँच्ने, अदालतलाई चुनौती दिने बेलाको एमाले होइन। अब नेकपाका कार्यकर्ताले ओलीलाई साथ दिँदा हुने नाफा–घाटाको हिसाब हेर्छन्। आफ्नै कार्यकर्ताको लासको पिरामिड खडा गरेर त्यसमाथि चढ्ने प्रचण्डलाई आँखा चिप्लिएर साथ दिने स्थिति अब पूर्वमाओवादीको पनि छैन। निश्चित कारणका लागि साथ दिएका नागरिक अगुवाहरू अहिले ओली सरकारसँग बिच्किसकेका छन्। यस्तो अवस्थामा आफू सिसाको महलमा बसेर पातीको झुप्रामा बस्नेमाथि ढुंगा हान्नु कति बुद्धिमानी होला?

पे्रसलाई बिच्क्याएको धेरै समय नै भएको थिएन, तुरुन्तै भ्रष्टाचारविरोधी अभियन्तामाथि आक्रमणको निशाना सोझ्याएर सरकारले आफ्नो आयु नै घटाउने काम गरेको छ। सुर्खेतका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि भएको व्यवहारले सरकारलाई फाइदा के भयो? कर्णाली प्रदेशका मुख्यमन्त्री माओवादी लडाकुको बजेट हिनामिना काण्डमा मुछिएका व्यक्ति हुन्। उनीमाथि करोडौँ भ्रष्टाचारको अभियोग छ। हालसालै पनि उनले ७८ लाख रुपैयाँ भ्रष्टाचार गरेको कुरा सार्वजनिक भएको छ। मन्त्रीले जे गरे पनि हुन्छ, जसरी, जति राजस्व उडाए पनि हुन्छ भन्ने मान्यतामा आधारित रहेर गरिने क्रियाकलापले यो सरकारलाई इतिहासकै सबभन्दा भ्रष्टको कोटीमा पुर्‍याइदिएको छ। यतिसम्म कि भूमिसुधारमन्त्रीले एभरेष्ट वेसक्याम्प पुगेर आउँदा ५० लाख रुपैयाँ खर्च गरिन्। अहिले नेपालका लागि नेपाली अभियान भन्ने एउटा अभियान चलेको छ। त्यसले राष्ट्रियता, नागरिकता, विधेयक र भ्रष्टाचारको मुद्दा उठाएर देशभरि कार्यक्रम गरिरहेको छ। त्यसको आकार अझैसम्म विशाल भइसकेको छैन तर निश्चय नै त्यसले बौद्धिक जगतको ध्यान तान्न सफल भएको छ।

एकपछि अर्को घटनाले नांगिँदै गएको सरकारलाई यो घटनाले अझ सर्वाङ्ग नग्न बनाएको छ। यसको सत्यतथ्य बाहिर ल्याएर विश्वासको पछ्याैरीले ढाक्ने काम गरोस्। त्यो साहस गरेन भने उसको दुई तिहाइ रक्षाकवज बनिरहन नसक्ने दिन चाँडै आउन सक्छन्।

त्यही अभियानका ज्ञानेन्द्र शाहिमाथि सुर्खेतमा भएको घटनाले आन्दोलन भड्काउने खतरा उन्पन्न गराएको छ। सुर्खेत घटना गृहमन्त्री र कर्णाली प्रदेश मुख्यमन्त्रीको ‘डिजाइन’मा घटेको आरोप लागेको छ। शाही कालीकोट जिल्लाका रहेको र मुख्यमन्त्री पनि सोही जिल्लाका भएको हुँदा उनका सारा कर्तुतको जानकारी हुनु स्वभाविक हुन्छ। त्यही भएर हुलमूलमा गिरफ्तार गर्ने नाममा उनलाई सिध्याउने षडयन्त्रमा गृहमन्त्री र मुख्यमन्त्री लागेको आशंका पनि गर्न थालिएको छ। माओवादीले दश वर्षसम्म आफ्ना विरोधी समाप्त पार्ने अभ्यास गर्दै आएको इतिहास छ। सुर्खेतमा त्यसको पुनरावृत्ति भएन होला भनेर पत्याउने आधार पनि छैन।

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको स्थिति हेर्दा त्यस षडयन्त्रमा प्रहरी प्रशासन, केन्द्रीय र प्रदेश सरकारको संलग्नतालाई अस्वीकार गर्न सक्ने अवस्था छैन। यो नागरिकको जीउधनको सुरक्षाको जिम्मा लिएर बसेको सरकारमाथि गम्भीर आरोप हो। यसका सम्बन्धमा स्वयं प्रधानमन्त्रीले मुख खोल्नुपर्छ। एकातिर विप्लव समूहलाई जबर्जस्ती विद्रोही बनाउने र सिध्याउने, अर्कोतिर प्रेस, नागरिक सचेतनताका संवाहकहरूमाथि सांघातिक हमला गर्ने गरेर यो सरकारले के कुरातर्फ संकेत दिएको हो? अब तिमीहरू हाम्रो स्वर्गमाथि धावा नबोल, हामीले लुट्ने लाइसेन्स पाएका छाैँ भन्न खोजेको त होइन। सरकारका क्रियाकलापले त त्यस्तै देखाउँछ।

ज्ञानेन्द्र शाही त प्रतिनिधि पात्र मात्र हुन्। सरकारले भोजपुरमा एकजना निहत्था युवाको हत्या गरेर भिडन्तको नाटक रच्यो। ओली सरकारमा पुगेपछि पनि हत्या–हिंसा बढाउने घटना थुप्रै भएका छन्। हिंसा भड्काएर अकुत सम्पत्ति आर्जन गर्न चाहने गिरोहको चंगुलमा स्वयं प्रधानमन्त्री ओली फसेको शंका धेरैले गरेका थिए। र, घटनाक्रमले त्यसलाई सत्य सावित गर्दै पनि लागेका छन्। ठूला र चर्का कुरा गरेर आफ्नो एकछत्र राज गर्ने मनोकांक्षा सिद्ध गर्न खोज्ने प्रम ओलीलाई उनले नपत्याएको यस्ता सानामसिना घटनाले खान सक्छन्। उनले ज्ञानेन्द्र शाही प्रकरणलाई बढ्न नदिन के भएको हो? बुझ्न जरुरी छ। के उनलाई भीडभाडमा गिरफ्तार गर्ने नाममा हत्या गर्ने योजना त थिएन? त्यसको छानबिन गर्ने आँट देखाउनु पर्छ। एकपछि अर्को घटनाले नांगिँदै गएको सरकारलाई यो घटनाले अझ सर्वाङ्ग नग्न बनाएको छ। यसको सत्यतथ्य बाहिर ल्याएर विश्वासको पछ्याैरीले ढाक्ने काम गरोस्। त्यो साहस गरेन भने उसको दुई तिहाइ रक्षाकवज बनिरहन नसक्ने दिन चाँडै आउन सक्छन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८