वीरगञ्ज – प्रदेश नं २ सरकारले भोलि बिहीबार लोक सेवा आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले यसबारे जानकारी गराए । उनका अनुसार जेठ १५ गते लोक सेवा आयोगले निकालेको विज्ञापन नेपालको संविधानविपरीत भएकाले आयोगको वैधता तथा विश्वसनीयतामाथि असन्तुष्टि जनाउँदै प्रदेश सरकारले मुद्दा हाल्न लागेको हो ।

‘संविधानले निर्दिष्ट गरेको समावेशीको सिद्धान्तलाई मानमर्दन गर्दै अहिलेको विज्ञापन आएको छ, यसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ,’ उनले भने, ‘यो पूर्ण रूपमा विवादास्पद छ, जनकपुर, हेटौँडालगायत काठमाडौंमा समेत विरोध भइरहेको छ ।’

प्रदेश २ सरकारको सत्ता साझेदार दल राजपा नेपालका प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री सोनल हाल इद मनाउन गृह जिल्ला बारामा छन् । सो क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै त्यस्तो जानकारी दिएका हुन् । लोक सेवा आयोगविरुद्धको यस्तो कदमबारे जानकारी गराउँदै उनले आयोगको उक्त कार्यविरुद्ध प्रदेश सरकार कडा रूपमा उत्रिने चेतावनीसमेत दिए ।

संविधान र संघीयतालाई असफल बनाउने उद्देश्यका साथ आयोगले आरक्षणको संवैधानिक व्यवस्थामाथि कुठाराघात गर्दै संविधानविपरीत विज्ञापन खोलेको उनको आरोप छ ।

उनले आयोगलाई विज्ञापनका लागि आदेश दिने, फाइल अगाडि बढाउने तथा लोकसेवा आयोगका अध्यक्षसमेतलाई विपक्षी बनाई न्यायका लागि अदालतमा मुद्दा दिने तयारी रहेको बताए । उनले संविधान नै नपढी जानीजानी बदमासी गर्ने आयोगका उच्च अधिकारीलाई कारबाही गर्नुपर्ने मागसमेत गरे ।

लोक सेवा आयोग अनामनगरले विभिन्न पदका लागि ९ हजार १ सय ६१ पदका लागि आह्वानपश्चात् संघीय संसदमा समेत कुरा उठेपछि संघीय संसद, प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले त्यसबारे आयोगसँग दुई दिनअगाडि सोधपुछ गरेको थियो ।

दलित, मधेशी, मुस्लिम तथा अल्पसंख्यकको प्रतिशत कम हुने गरी हचुवाको भरमा आएको आयोगको विज्ञापनबारे पटकपटक ध्याकर्षण गराउँदासमेत आयोगले प्रदेश २ को सरकारलाई बेवास्ता गरेको उनको आरोप छ । हालको संविधानमा भएको व्यवस्थाअनुसार प्रदेशमा कर्मचारी भर्ना गर्ने अधिकार प्रदेश सरकारसमक्ष रहेकोमा प्रदेशले प्रादेशिक लोक सेवा आयोग र करार कर्मचारी ऐनको विधेयक प्रदेश सभामा छलफलका लागि पेश गरिसकेको छ ।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ९ फाल्गुन शुक्रबार १९:५७

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

फिल्म ‘प्रेम गीत ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाेसहित)

२०७६, ९ फाल्गुन शुक्रबार १८:४५

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

मानवअधिकारबिना सुशासन कायम हुन्नः सभामुख श्रेष्ठ

२०७६, १० फाल्गुन शनिबार १८:३७