विराटनगर – प्रदेश नं. १ सरकारको आयोजनामा प्रदेशमै पहिलोपटक प्रदेशस्तरीय डोरी तान खेल सञ्चालन हुने भएको छ। प्रदेश सरकारको सामाजिक मन्त्रालयले उक्त खेल प्रदेश राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा आयोजना गरिने जानकारी दिएको छ।

प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको मोरङ जिल्ला डोरी तान संघले बुढी गंगामा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशस्तरीय डोरी तान प्रतियोगिता आगामी जेठ २५ गते शनिवार हुने जानकारी दिएको हो। प्रतियोगितामा प्रदेश नं. १ अन्तर्गत ८ जिल्लाका ८८ जना खेलाडीको सहभागिता रहने आयोजकले बताएका छन्।

मोरङ जिल्ला डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेले भनिन्, ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितामा प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु, संखुवासभा, धनकुटा र भोजपुर जिल्लाको सहभागिता रहनेछ।’ बुढीगंगा गाउँपालिका– १ स्थित नरग्राम माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुने अध्यक्ष न्यौपानेले जानकारी दिइन्।

संघका केन्द्रीय उपाध्यक्ष सुभाषश्री पोखरेलले पुरानो खेलमध्येको डण्डिबियो र डोरी तान नेपाली मौलिकतासँग जोडिएको खेल भए पनि राष्ट्रिय खेलकुद परिषदका कारण ओझेललमा परेको बताए। उनले भने ‘अहिले पनि राज्यको ध्यान डोरी तान खेलमा जान सकेको छैन। यसमा हामीलाई दुख लागेको छ।’

उनले हरेक राष्ट्रिय तथा प्रदेशस्तरीय खेल प्रतियोगिताहरूमा डोरी तान खेललाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरे। नेपालमा १७ वर्षअगाडि डोरी तान केन्द्रीय समिति बनाएर डोरी तान खेललाई व्यावसायिकता दिन खोजिएको भए पनि राखेपले २ वर्षअगाडि मात्र समिति बनाएको पोखरेलले बताए। संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले लोप हुन लागेको डोरी तान प्रतियोगितालाई प्रोत्साहन गर्ने काम प्रदेश १ सरकारबाट शुरू भएकाले अब प्रदेशस्तरको प्रतियोगिताले सो खेललाई स्थापित गराउनेमा आफू विश्वस्त रहेको बताए।

उनले प्रतियोगितालाई देशभर नै चिनाउने गरी डोरी तान संघले काम शुरू गर्ने बताए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६४० केजीकोे तौलमा प्रतियोगिता हुने जनाइएको छ। हरेक टिममा ८ जना खेलाडीका दरले खेलाडीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।

विजेता तथा उपविजेताले क्रमशः नगद ५० हजार, २५ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै तेस्रो हुने टिमलाई समेत १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने डोरीतान संघ बुढीगंगाका अध्यक्ष अशोक अधिकारीले जानकारी दिए।

प्रतियोगितामा लाग्ने कुल खर्चमध्ये सामाजिक विकास मन्त्रालयले ८ लाख र मोरङ जिल्ला डोरी तान संघले ४७ हजार रुपैयाँ ब्यहोर्नेछ। सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगिताको समन्वय क्षेत्रीय खेलकुद विकास समितिले गरेको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८