– डा. गीता त्रिपाठी


पाटन कृष्णमन्दिर परिसरको अलौकिक समय। गलामा एउटा परिचयपत्र जस्तो केही झुन्डिएको, एउटी अधबैँसे महिला कुनै योगीजस्तो चिन्तन प्रतिविम्बित मुद्रामा सत्तलको एक छेउमा बसिरहेकी छिन्। उनको छेवैमा शान्त अनुभूतिका एक प्रेमी अनुहार तिनै महिलातिर अभिमुख भएर केही कुराकानीमा संलग्न छन्। यो दृश्यलाई सामान्य ठानेर अघि बढिरहेकी मलाई एउटा परिचित आवाजले बेस्सरी झस्काउँछ, “तपाईंले अलका सरावगीलाई भेट्नु भयो गीता बहिनी?”

“यो जोक हो कि ?” आवाज आएतिर फर्किन्छु।

२०६८, भदौ ३० को अपराह्न। सामान्यजस्तो गरी भएको एउटा असामान्य भेट। अलका सरावगी ! अनौठो आनन्द लाग्छ, त्यो आकस्मिक खुसीको क्षणमा मनभित्रबाट उठ्नै खोजेका आवेगहरूलाई दबाएर म उनको छेउ पुग्छु। मेरो स्वभावको विशिष्टता पनि यही हो भनेर ढुक्क भइदिन्छु म। अलकाजीसँग परिचयात्मक संवाद र उनको भोलि हुने कार्यक्रमका बारेमा सामान्य कुराकानी मात्र हुन्छ त्यसबखत।

नाटकीय भेट भएको थियो यसरी हिन्दी साहित्यकी प्रखर लेखिका अलका सरावगीसँग। त्यो साँझ पाटन दरबार स्क्वायरको मनोरम परिवेशको बाहिरी सत्तल केही खास लागिरहेथ्यो। सोच्दै थिएँ, डँडेलोजस्तो गरी फैलिनुपर्ने हो उनी आउने खबर…, तर उनी चुपचाप आइपुगेकी थिइन्। किन पनि मेरो अपेक्षा यति माथि भइदियो भने नेपाली गनेचुनेका लेखकबिच त्यसबखत उनको कलिकथा: वाया बाइपासको चर्चा कम चुलिएको थिएन। मैले यसरी नै उनको किताब खोजेकी हुँ। हल्ला मात्र थिएन उनको किताबको कथा। खास थियो त्यो लेखाइ। हेटौँडाबाट उदय अधिकारीजीले पठाइदिएपछि पढेकी थिएँ। अकस्मात् एउटा ससानो साहित्यिक पर्वमा उनी निम्त्याइन्छिन् र यसरी आइहाल्छिन् पनि ! यो नसोचेको घटना थियो मेरा लागि। यहाँ भइरहेका केही साहित्यिक पर्वमा लेखाइभन्दा ग्ल्यामर हाबी भइरहेको हामीलाई थाहा छ। यस्तो बेला सादा पोशाककी एउटी सरल लेखिका, विनाकुनै तामझाम यसरी सत्तल बाहिरको खास परिसरको आनन्द लिँदै नेपाली कलाको पारखी भइरहेको देख्दा मेरो मन आवेगिनु अस्वाभाविक चाहिँ म आफैलाई पनि लाग्दैन अहिले सोच्दा पनि।

दिन डुब्दै थियो। कृष्ण मन्दिरको सबैभन्दा अग्लो गजुरमा अलि अलि टल्किएको घाम बाँकी थियो। दिनभरजस्तो साहित्यिक कुराकानी र कविता वाचनको सेसन चलेको थियो। टुरिस्टले भरिने यो ऐतिहासिक पटाङ्गिनीमा आज लेखकहरूको बाक्लो जमघट थियो। त्यस पहिलो दिन अलकाजीको कुनै प्रस्तुति थिएन। उनी भोलि हुने टक सोमा भाग लिन आइपुगेकी थिइन्। तर, पहिलो दिनको कुनै सेसनमा पनि उनलाई मैले सहभागी भएको भेटिनँ। सायद उनी उनका आख्यानका अनेक चौबाटाहरू, पात्र र घटनाहरू यही एउटै चोकमा हेर्न पाएर मग्न भएकी हुँदी हुन्।

केही बेर अलकाजीसँग कुराकानी गर्ने अवसर मिल्यो। इम्ब्रोइड गरिएको साधा हलुका रङको कुर्था र पाइन्टमा अत्यन्त भद्र लेखिका आफ्ना पति महेश सरावगीसँगै आइसकेकी थिइन्। मेरो हातमा आफ्नो उपन्यास देखेपछि उनको उत्सुकता दोब्बर भएको थियो।

यताबाट फर्किएपछि प्रकाशित उनको जानकीदास तेजपाल मेन्सनमा यस्तै चोकका दृश्यहरू व्याप्त छन्। अलका सरावगीको लेखकीय परिवेश निकै चौडा छ र विचारको पनि विस्तारित धरातल छ। उनले बनाउने पात्रहरू पुरुष धेरै छन्। हाम्रोमा नारीले नारी चरित्रलाई नै न्याय गर्न सक्छिन् र पुरुषले पुरुषलाई नै भनिएको सुनिरहँदा उनले आफ्ना चर्चित उपन्यासहरूमा पुरुष चरित्रलाई गज्जबले चित्रण गरेकी छिन्। पाटन दरबार स्क्वायरको एउटा पटाङ्गिगनीको बेग्लै अनुभूति भइरहेको हुँदो हो, सायद उनी पात्रमा भन्दा परिवेशसँग आकर्षित थिइन् त्यस बखत।

अलकाजीको टक सो थियो, भोलिपल्ट। उदय अधिकारीजी सहजकर्ता। हेटौँडादेखि यही क्षणलाई सार्थक बनाउन बेगिएका उदयजी ! उहाँ नै किन भन्नेहरूका लागि उदयजीको अध्येता व्यक्तित्वले आफै जवाफ दिइरहेको थियो। म अघिल्लो दिन नै अलकाजीलाई भेटेपछि उनको अर्को उपन्यास पाउने ठेगाना बोकेर दौडिरहेकी थिएँ रत्नपार्क वरिपरि, तर साँझ अधिकांश पसल बन्द भइसकेका थिए। उनको दोस्रो उपन्यास— एक ब्रेक के वाद ! बहुतै कष्टका साथ हात लागेको थियो। म अत्यन्त उत्साहित भएकी थिएँ। मेरो हातमा यो उपन्यास थियो। बिहान साढे दश बजे आरम्भ हुने कार्यक्रमका लागि म आधा घण्टाअघि नै उपस्थित भइसकेकी थिएँ।

केही बेर अलकाजीसँग कुराकानी गर्ने अवसर मिल्यो। इम्ब्रोइड गरिएको साधा हलुका रङको कुर्था र पाइन्टमा अत्यन्त भद्र लेखिका आफ्ना पति महेश सरावगीसँगै आइसकेकी थिइन्। मेरो हातमा आफ्नो उपन्यास देखेपछि उनको उत्सुकता दोब्बर भएको थियो। हल सानो थियो, कुनै साजसज्जा र बैभवविनाको तर ऐतिहासिक थियो यो ठाउँ। विद्याको मन्दिर अर्थात् आदर्श कन्या विद्या मन्दिरको पहिलो तला हो यो। हिजो उनी जुन सत्तलमा बसेकी थिइन्, त्यसकै उत्तरतिरको ढुङ्गेधाराको सामुन्ने थियो यो माध्यमिक कालीनजस्तो लाग्ने कन्या मन्दिर। सिद्धिनरसिंह मल्लको सालिकले पहरा दिएको यो ज्ञानभूमिमा आज सरस्वतीकी साक्षात् स्वरूपाजस्तै थिइन् अलका !

हलमा भर्‍याङका खुट्किलाहरू उक्लँदा ओर्लंदा लगभग काँपेकै हुन्थे। पातलो उपस्थितिबिच केही क्षण सहभागी श्रोताका निम्ति पर्खाइ अनिवार्य भयो। सँगै उभिएका हामी एकअर्कालाई पछ्याउँदै सँगसँगैजस्तो गरी बस्यौँ कुर्सीमा। उनले मेरो कविता सङ्ग्रह नृशंस पर्खालहरू खुबै प्रेमले च्यापेकी थिइन्। मेरो हातमा हार्ड कभर गरिएको उनको सुन्दर उपन्यास थियो। कभरको रङ र चित्रले नै उपन्यासमा व्यक्त कर्पोरेट कल्चरका व्यथितिहरूको सर्वत्र अनुभूति दिइरहेको आभास हुन्थ्यो।

मुख्य अङ्ग्रेजी र आवश्यकतामा केही हिन्दी भाषाको प्रयोग गर्दै उनी दर्शकतिर सघन दृष्टि फिजाउँथिन्। हाम्रा केही प्रसिद्ध लेखिकाहरू त्यहीँ हुनुहुन्थ्यो, माया ठकुरी, भारिरथी श्रेष्ठ, सुधा त्रिपाठी…। तर, अन्तक्र्रिया धेरै हुन पाएन। उनले पात्र र परिवेश छनोटका बारेमा उनका केही निजी दृष्टिकोण पनि राखिन्।

उनीसँग कोलकाताका बारेमा कुरा गर्नका लागि मसँग व्यक्तिगत कुरा पनि प्रशस्त थिए, तर केही बेर हामीले एकअर्काका लेखनकै बारेमा जानकारी लियौँ। अनि उनले महेशजीलाई मेरो नजिक बोलाइन् र औपचारिक परिचय गराइन् बल्ल। म यो अन्तरालको कारण बुझ्थेँ, उनी केही गम्भीर र अन्तर्मुखी स्वभावकी छिन् भन्ने मैले अनुभव गरिसकेकी थिएँ। उनले तबमात्र महेशजीसँग मेरो परिचय गराइन्, जब उनलाई मसँग केही सहज अनुभव भएको थियो।

अब समय अलि कम थियो। उद्घोषकले सबैलाई चनाखो बनाउन थालेकी थिइन्। मैले अलकाजीसँग विद्यासागर कलेज, सन् १९६० र मेरो बुवाको अठार वर्षको कोलकाता बसाइको कथा थोरै फुकाएँ। हुग्ली नदी र हौडाहा पुलको कथा सकेर मेकेन्जी लायड कम्पनीको कथा वाचन सुरु नगर्दै उद्घोषकले ध्यान तानिन्। अलकाजीको अचम्मित् हेराइ तब मतिर थियो, जब उद्घोषकले तपाईं अलका सरावगी हो भनेर मलाई सोधिरहेकी थिइन्।

मैले अत्यन्त छिटो प्रतिक्रिया दिएछु, उद्घोषकले यति छिटो आफूलाई सच्याइन् कि अलकाजीलाई कुनै खालीपनको महसुस गर्नुपरेन। स्टेजतिर निम्त्याइँदै गरिएको त्यही हतारोमै उनले मेरो हातमा रहेको उनको उपन्यासको भित्री पृष्ठमा प्रेमपूर्वक केही शब्द कोरिन् र सिग्नेचरसहित मिति लेख्न भ्याइन्। म उनको अनुहार आत्मीयताको एउटा पृष्ठजस्तो नियालिरहेथेँ, त्यसपछि उनी मञ्चासीन भइन्, हामी दर्शक उनका लेखकीय धरातलको आलोकमा उनले अनुभव गरेका र भोगेका अँध्यारा यथार्थहरू सुन्न लालायित भयौँ।

उदयजी प्रश्नको सहज घान थप्दै जानुहुन्थ्यो, अलकाजी तिनलाई विस्तारै मिसाउँथिन् र आफ्नै अनुभवको ओखलले उत्तरका चेप्टा, फराकिला र कति कति पटक टुक्रिएका आकारहरूसमेत हामीतिर सारिदिन्थिन्। हामीलाई हरेक टुक्रामा नारी लेखनको उपल्लो जगत् फेला परेझैँ भएको थियो। उनी अत्यन्त सरल भाषामा बोलिरहेकी थिइन्। मुख्य अङ्ग्रेजी र आवश्यकतामा केही हिन्दी भाषाको प्रयोग गर्दै उनी दर्शकतिर सघन दृष्टि फिजाउँथिन्। हाम्रा केही प्रसिद्ध लेखिकाहरू त्यहीँ हुनुहुन्थ्यो, माया ठकुरी, भारिरथी श्रेष्ठ, सुधा त्रिपाठी…। तर, अन्तक्र्रिया धेरै हुन पाएन। उनले पात्र र परिवेश छनोटका बारेमा उनका केही निजी दृष्टिकोण पनि राखिन्।

पढ्दै जाँदा उनले एउटा पूरै खण्डमा उनका पात्रहरू गुरु र भट्टलाई नेपाल भ्रमणको सन्दर्भ दिएको पाएर म छक्क परेकी थिएँ। सायद अलकाजी नेपालको राजधानी सहरका केही स्थानसँग सुपरिचित छिन् भन्ने मैले उपन्यासमा चित्रण गरेको दरबारमार्ग, पशुपतिनाथ परिसरका आधारमा अनुमान गरेँ।

अङ्ग्रेजले बनाएको भारतीय शिक्षाको पृष्ठभूमिलाई भरपुर प्राप्त गरेकी ज्ञानी लेखिकाभित्र बौद्धिक खुराक टिलपिल थियो र पनि उनी धेरै संयमित भएर बोलिरहेकी थिइन्। भारतको पार्टिसनपछिको एउटा भयावह कथाको पोको विस्तारै फुकाउन थाल्नुभयो उदयजी, उनको पहिलो उपन्यास कलि–कथा: वाया बाइपासभित्र तत्कालीन समय अर्थात् सन् १९४० देखि १९४७ सम्मको जीवन्त तस्बिर छ। जहाँ मुख्य पात्र किशोरबाबूका भोगाइका तहहरू वर्तुल आकारमा उभ्याइएको रोचक शैलीले कहिले मुख्य बाटो हराएको डर र पुनः खोजीखोजी भेटिएको आनन्दसमेत दिन्छ। भूूत, वर्तमान र भविष्यका तीन युगमा बाँडिएको कथानकले गोलाकार पथमा हिँडाएको दृश्यको एक अंश पनि उभ्याउन निकै समय लाग्थ्यो, त्यो सङ्केतित मात्र हुन पायो त्यो एक प्रहरमा।

कार्यक्रम ११ बजे सकियो। तोकिएको समय रोकिएको कहाँ छ र ! अलकाजी सबैलाई नमस्कार गर्दै बिदा हुने क्रममा कोलकाताको मेकेन्जी कम्पनीसम्बन्धी अधुरो कुरा अघि बढाउन चाहिरहेकी थिइन् तर महेशजी तल ओर्लिसक्नुभएछ। उदयजीले हाम्रो वार्तालाई तस्बिरमा उतारिदिनुभएछ। र, यसरी एउटा भारतीय सफल लेखिकाको नेपाल आगमन क्षणिक सपनाजस्तो भएर सकियो। धेरैलाई त त्यो सपनाको पत्तो पनि भएन। नेपाली मिडियाले उनलाई खासै महत्त्व दिएको देखिएन। सुटुक्क आउनु, सालिन कुराकानीमा सम्मिलित भएर चुपचाप फर्किनुमा अलकाजीको नेपालको राजधानी काठमाडौँको त्यो पटकको साहित्यिक यात्रा टुङ्गियो।

उनले हस्ताक्षर गरेको उपन्यास एक ब्रेक के बाद मैले केही बसाइमै पढिसकेँ। उनी गएपछि मैले उनको सामीप्यलाई यही उपन्यासमार्फत जोगाउन चाहेकी थिएँ। त्यसैले आफ्नो अध्ययन र जागिरका कष्टकर क्षणमा पनि मैले समय छुट्याएकी थिएँ। पढ्दै जाँदा उनले एउटा पूरै खण्डमा उनका पात्रहरू गुरु र भट्टलाई नेपाल भ्रमणको सन्दर्भ दिएको पाएर म छक्क परेकी थिएँ। सायद अलकाजी नेपालको राजधानी सहरका केही स्थानसँग सुपरिचित छिन् भन्ने मैले उपन्यासमा चित्रण गरेको दरबारमार्ग, पशुपतिनाथ परिसरका आधारमा अनुमान गरेँ।

त्यति मात्र होइन, उनले यो अध्यायको भ्रमणलाई पोखरा र गण्डकीको किनारसम्म पुर्‍याएर शाश्वत प्रेमको आत्मिक स्पर्श दिएर समाप्त गरेकी छिन्। विचित्र किसिमको समाज र संस्कृतिको जानकारी प्रस्तुत छ- पृष्ठ ९४ देखि १११ सम्मका १८ पृष्ठमा, जहाँ उनले नेपालको राजनीति, अर्थव्यवस्था र सहरी जीवनशैलीलाई केही छुने आँट गरेकी छिन्। रुक्मिणी जोशी विवाहित नारी पात्रसँग वेपर्वाह प्रेमी बनेर घरी घरी नेपाल पसेको भारतीय पात्र गुरुका माध्यमबाट, भट्टको मनोविज्ञानबाट उनले प्रेमको खुलापनलाई आँकलन गर्ने कोसिस गरेकी भए तापनि यसले एउटा प्रश्न उठाएको छ।

अमेरिका बसाइबाट भर्खरै उपन्यासकार निलम कार्की ‘निहारिका’ले मिथकलाई नारीवादी अनुभूतिबाट चीरहरणमा प्रसारित गरेकी छिन्। त्यो पनि पढ्दै छु। अन्ततिर आएर अड्किएकी छु। कहीँ मिथकको पुनःसिर्जन खोज्छु, कहीँ पुनःसिर्जनको गहिराइ छाम्न चाहन्छु।

गुरु नामधारीहरूको द्वैध चरित्रको पर्दाफास गर्न उनले नेपाली परिवेश र नारी पात्रको सहारा लिनु केवल संयोग मात्र अवश्य होइन। यो चलनचल्तीकै घटना हो। अप्सराहरूको कैयन् मिथक बोकेको भारतवर्षकी लेखिकाले किन नेपालकी रुक्मिणी, जो एउटा कपडा व्यापारीकी सामान्य पत्नीका रूपमा उभ्याइएकी छ, उसको विघटित चरित्रको सामीप्यमा प्रेमको असीम चर्चा गर्न पुगेकी हुन्? के उनले नेपालमा विकसित हुँदै गइरहेको पारिवारिक विखण्डनको एउटा अड्कल त्यसबेला गरिसकेकी हुन्?

जे होस्, यी प्रश्नभित्र पनि एउटा लेखाइगत आकर्षण भने उनले जोगाएकी छिन्। त्यसैले अन्तमा उनको तृतीय पुरुष दृष्टिकोणको लेखकले भनेको छ- ‘प्रेमका वह दुर्लभ अनुभव, जिसे वह बिना जाने ही मर जाता यदि वह रुक्मिणी से नहीँ मिलता।’ भट्ट कथा: पहाड, नदी और प्रेम डगरिया शीर्षकको यस अध्यायमा एउटा सफल पारिवारिक लाग्ने भट्टको अतृप्त प्रेम अनुभवको अन्तिम सीमा बुद्धको जन्मभूमिमा र रुक्मिणीमा आएपछि मात्र स्थिर हुनुको खास प्रयोजन के होला भन्ने लागिरहन्छ, अलकाजीसँग अर्को भेट जुरे अवश्य यो जिज्ञासाको समन गर्ने छु।

उनलाई भेटेको पाँच वर्ष पूरा भइसकेको छ। आज फेरि उनको चौथो उपन्यास जानकीदास तेजपाल मेन्सन पढिसक्दै छु। पढ्दापढ्दै उनीसँग जोडिएको मेरो सानो अतीतले मलाई आन्दोलित बनाउन थालेको छ। अनि बिचैमा म पढ्न छाडेर एकछिन उनको स्मृतिमा कृष्णमन्दिर परिसरमा उनको पाइलाका चिह्नहरू पछ्याउन पुगेकी हुँ। कोलकाताका सडक र गल्लीमा उभिएर जानकीदास तेजपाल मेन्सनको विशाल चौरस्तामा दृष्टि फिँजाउनु एक प्रतीकात्मक लेखनको फैलावट हो। अलकाजीको लेखन क्षमताको विरासत छ यसमा।

अमेरिका बसाइबाट भर्खरै उपन्यासकार निलम कार्की ‘निहारिका’ले मिथकलाई नारीवादी अनुभूतिबाट चीरहरणमा प्रसारित गरेकी छिन्। त्यो पनि पढ्दै छु। अन्ततिर आएर अड्किएकी छु। कहीँ मिथकको पुनःसिर्जन खोज्छु, कहीँ पुनःसिर्जनको गहिराइ छाम्न चाहन्छु। केही त अवश्य छ, तर जति छ त्यतिले सन्तुष्टि हुँदैन। निलमको लेखन क्षमता मलाई थाहा छ तर यस्तो विषयमा पसिन्, जहाँबाट सही सलामत निस्कन सकिँदैन, दुस्सास हुन्छ त्यो।

समयको यही त्रासद सिलसिलामा अलकाजीको लेखन चलिरहेछ। म जानकीदास तेजपाल मेन्सनको विशाल फाटकबाट अलकाजीसँग जोडिएको मेरो सानो अतीत र साँगुरो पाटन दरबार स्क्वायरको स्मृतिमा एकछिन अल्झिएर पुनः त्यही चौरस्तामा सम्हालिँदै आइपुगेकी छु …।

कोही अध्येता भन्छन्, निलमले त्यहीँ कति महाभारत देखेकी छिन्। नयाँ कथामै कलम चलाएकी भए नयैँ कुरा आउँथे नि ! उनको अघिल्लो उपन्यास अर्की आइमाई पढेकी छु। नयाँ विषयमा त्यो पनि चीरहरणकै एउटा शृङ्खला अनुभव भएको थियो। यसपटक चीरहरण पढेपछि उनको विषय छनोटमाथि उठ्ने गरेका सबै तर्क पूर्ण लाग्दैनन्। उनले लेखनको सरल कलात्मक सौन्दर्यलाई जीवित राखेकी छिन्। स्वैर सिर्जनात्मक सङ्गठनमा पनि तिनको सफलता छ।

यद्यपि, सँगै पढिरहेका दुई कृतिको स्वाद एकदमै फरक पाएपछि मलाई लागिरहेको छ, निलमले अमेरिका बसेर प्राचीन भारतवर्षका नारी चरित्र मात्र लेखिनन्, नेपालको वर्तमान राजनीति ज्यादा लेखिन् यो उपन्यासमा। अकला सरावगीले भारतको प्राचीन सहरमा बसेर अमेरिका, यसमा विलयन हुँदै गएका व्यक्ति, समाज र संस्कृतिका तह तहका विस्थापनहरू, अमेरिकाबाट फर्केपछि न उताको न यताको हुन पुग्ने परिचयहीनता, अमेरिकाप्रभृतिमा बानी परेकाले आफ्नो देशलाई असुरक्षाको खण्डहर र चिडियाघर ठान्ने प्रवृत्तिजस्ता आजको अत्याधुनिक संस्कृति र यसका खास इन्फेक्सनहरूको गजबको चित्रण गरेकी छिन्।

आजको अत्याधुनिक प्रत्येक टेकाइमा हल्लिरहेको हाम्रो प्राचीनता अब राजनीति, प्रशासन, सुरक्षा, पुँजी आदि चारैतिर एक बिचौलियातन्त्रमा लस्किरहेको दृश्य, जो सबैभन्दा कमजोरलाई सबैभन्दा पहिले बरबाद पार्न लागिपरेको छ, हो यही कथ्यमा अलकाको पछिल्लो उपन्यास डरलाग्दो संस्कृतिको पटाक्षेप गरिरहेको छ। म अलकाजीको किशोरबाबू होस् वा गुरु अथवा जयदीप भएर अमेरिकामा केही समय भ्रम बाँचेको जयगोविन्द यी सबैभित्रको असामान्य भोगाइ र अनुभूतिमा दृश्यित भइरहेका हामी सबैकोे भविष्यसँग त्रसित छु।

अझै मेकेन्जी लायड कम्पनीको कथा अधुरै छ। उनको कलिकथा…का मुख्य पात्र किशोर बाबुका हजुरबुबाले यही कम्पनी सम्हालेर अङ्ग्रेजको मन इमानदारीले जितेका थिए, मेरा बुबाले त्यही कम्पनीमा असिस्टेन्ट एकाउन्टेन्टको जिम्मेवारी समाल्दै विद्या सागर कलेजमा सन् १९६० मा कमर्सको विद्यार्थी भएको इतिहास उप्काउँला भन्थेँ, समयले साथ दिएन…।

समयको यही त्रासद सिलसिलामा अलकाजीको लेखन चलिरहेछ। म जानकीदास तेजपाल मेन्सनको विशाल फाटकबाट अलकाजीसँग जोडिएको मेरो सानो अतीत र साँगुरो पाटन दरबार स्क्वायरको स्मृतिमा एकछिन अल्झिएर पुनः त्यही चौरस्तामा सम्हालिँदै आइपुगेकी छु …। अहिले त मेरो हातमा उनको नवीनतम कृति एक सच्ची–झूठी गाथा (सन् २०१८) छ। यो उपन्यासले फेरि एकपटक हाम्रो अतीतको भेट, पुस्तक र जीवनका अंशहरूलाई जोडिदिएको हो।

डा. गीता त्रिपाठी डा. गीता त्रिपाठी
डा. गीता त्रिपाठी नेपाली पब्लिककी साहित्य संयोजक हुन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८