– शङ्कर लामिछाने


धेरै अघिको कुरा, जब म सानो थिएँ, अन्दाजी ६-७ वर्षको !!

शायद त्यस दिन स्कुलमा बिदा थियो। आमा आफ्नी साथीकहाँ जानुभएको थियो, कीर्तनमा ! म घरमा एक्लै थिएँ कौशीमा, आकाशमा चङ्गा उडिरहेथे। काला, नीला, सेता अनेक रङका मेरा आँखा चङ्गाहरूको फौजमा थिए, तर मेरो मन बाबाको एउटा कुरामा नाचिरहेथ्यो ! अघिल्लो दिन एउटा मन्दिरमा आरती हुँदा आमाले आरतीको थालमा केही पैसा हालेर बत्तीको राप हत्केलाले थापी आँखा र कपालमा सुमसुमाएको मैले देखेको थिएँ। त्यहाँका सबैले त्यसैगरी पैसा राख्दै राप थापेको देखेर मलाई बडो लाज लागेको थियो। किन कि मैले केही पैसा थालमा राख्न सकेको थिइन। आज पनि त्यहाँ जाने कुरा भयो। म सोचिराखेको थिएँ।

“ईश्वरले के भने होलान्? मैले पैसा कहिले पनि चढाएको छैन। शायद मदेखि उनी रिसाएका छन् कि? ईश्वर रिसाए भने त मानिसलाई दुःखमा मर्नुपर्छ… आमाले त्यसै भन्नुभएको छ। सरस्वती दिदीले पनि त्यसै भनेकी थिइन्। सरस्वती दिदी, अहो ! दिदी अहिले बिहा गरेर नगएको भए मैले पैसा पाउने थिएँ। दिदी कस्ती जाती थिइन्, तर दिदी त छैनन्, आमासँग माग्ने? हुँदैन, फेरि आमा पनि त हुनुहुन्न !… ईश्वर मदेखि पक्का रिसाएका छन्, आज कतै पैसा पाए ! पैले-पैलेको बाँकी पनि चुकाउने थिएँ।”

कसो मैले आमाको छालाको सुटकेस सम्झेँ। झट्ट तल ओर्लेर त्यो सुटकेस बलजफ्तीसित खोलेँ। उघारेर हेरेँ। छालाको मनिबेगमा नोट र मोहरहरू धेरै रहेछन्। मेरो मनमा कता–कताबाट आनन्द भयो। भएजति पैसा एउटा रुमालमा पोको पारेँ। नोट, रुपैयाँ, चानचुन सब, र म उतै लागेँ। ईश्वरको मन्दिरतिर ! उहाँ सब थिए। आमा हुनुहुन्थ्यो, आमाका साथीहरू थिए। अनि कीर्तन चलिरहेथ्यो।

आमातिर गएर म एक छेउमा बसेँ। मैले मूर्तिलाई हेरेँ, एउटा हातमा बाँसुरी लिएर कृष्ण उभिएका। अँगालो मारेर राधासँगै उभिएकी ! कति राम्रा ! मलाई आरतीको थाल कैले आउला भन्ने लागिरहेथ्यो। कीर्तन धेरै बेरमा सिद्धियो अनि आरतीको थाल निस्क्यो। सबैतिर घुम्दै हामीकहाँ आइपुग्यो।

आमाले एउटा पाँच पैसे ढ्याक राख्नुभो! छि ! त्यति जाबोले पनि ईश्वरलाई रिझाउन सकिन्छ? मेरो अगाडि पर्नासाथ कमिजभित्र लुकाइराखेको रुमालको पोको बाहिर झिकेर मैले खररर जम्मै थालमा ओइरिदिएँ। आरती थापेर शिरमा सुमसुम्याउँदै, जुरुक्क उठेर राधाकृष्णको मूर्तिअघि उभिएर मैले हात जोडेर माफी मागेको मलाई अझै याद छ। आमाले आश्चर्य मानेको मुख ओहो ! तर राधाकृष्णको मुखको हँसी मैले सब बिर्सें।

“हो !” भनेर आमाले सही थाप्नुभो। मलाई त डर लागिरहेथ्यो, मैले सोधेँ- “दिदी, अब सरोदी आउन्न हगी !” मुर्दाको रूप सम्झेर मैले त्यसो भनेको थिएँ, थाहा छैन, आमाले के माने लाउनुभो, कुन्नि भन्नुभो- “अहँ ! अब कहिले पनि आउन्न।” अनि मलाई काखमा लिएर धेरैबेरसम्म सुमसुम्याइरहनु भो।

त्यसपछि घर फर्केर चुटाइ खाएँ-खाइनँ, त्यो मलाई याद छैन। तर, हो, मैले आमालाई सबै कुरा साँचो बताएको मलाई अझै सम्झना छ। यो एउटा मेरो जीवनको सानो घटना हो, तर यसलाई ठूलो पार्ने अर्को घटना जो ६-७ दिनपछि भो…

म भन्छु;
म भर्खरै स्कुलबाट फर्केको थिएँ। ओछ्यानमा घोप्टिएर आमा रोइरहनुभएको मैले देखेँ। “दिदी !” आमालाई म दिदी भन्थो। “दिदी” भनेर मैले गएर आमालाई अँगालो मारेँ अनि “किन रोएकी” भनी सोधेँ। अनि जवाफ पाउनुअगाडि म पनि रुन थालेछु। म रोएको देखेर आमा झन् रुन लाग्नुभो। अनि एकछिनपछि भन्नु भो-
“तेरो सरो दिदी त मरी छ शङ्कर !”

“मरी ?” कोही मरेको भन्ने सुन्दा मलाई असाध्य डर लाग्थ्यो। मैले गल्लीबाट लगेका कैयन् मुर्दा सम्झेँ। मलाई मुर्दा देखेर असाध्य डर लाग्दथ्यो। म सिरिङ्ग भएँ।

“हो !” भनेर आमाले सही थाप्नुभो। मलाई त डर लागिरहेथ्यो, मैले सोधेँ- “दिदी, अब सरोदी आउन्न हगी !” मुर्दाको रूप सम्झेर मैले त्यसो भनेको थिएँ, थाहा छैन, आमाले के माने लाउनुभो, कुन्नि भन्नुभो- “अहँ ! अब कहिले पनि आउन्न।” अनि मलाई काखमा लिएर धेरैबेरसम्म सुमसुम्याइरहनु भो।

मैले बार–बार सरोदीलाई सम्झेँ, “मलाई आमाले कुटेको बेलामा काखमा बोकेर लगी आफ्नो ओछ्यानमा सुताउनुहुन्थ्यो थपथपाएर !” अनि अनेक कुरा सम्झेर म सुतेछु। भोलिपल्ट “आमा !” कराउँदै झसङ्ग भएर म उठेँ, एउटा भयानक स्वप्न देखेछु।

सरस्वती दिदी सेतो कपडामा बेरिएर मेरो सिरानमा आएर मलाई ‘उठ्’ भनिछन्। अनि मैले आमातिर हेरेर केही भन्न आँटेको थिएँ। मेरो मुख आफ्नो हातले थुनेर भनिछन्- आमालाई नउठाऊ शङ्कर ! आएर एकबाजी मेरो काखमा बस। अनि मलाई एकबाजी आमा भनेर बोलाऊ न। सेता कपडामा बेरिएको सरो दिदीको रूप देखेर मलाई डर लागेको थियो, मैले भनेछु- ‘सरो दिदी ! तपाईं किन यस्तो लुगामा, मलाई डर लाग्छ।’ ‘आफ्नु सरो दिदीसँग तिमीलाई के को डर? आउ न आउ ! शंकर !’

धेरै वर्षपछि मैले जानेँ कि बूढो पोईसँग परेर मेरी दिदीले कस्तो तृप्ति पाउनुभएछ आफ्नो जीवनमा ! त्यो पनि रक्सीबाज, रक्सीले सुखा पारेको, पैसाजति रण्डीलाई पोसेको अनि पछिबाट उनको गहना पनि उडाएको, कयौँ छाक नखाए पनि जब पतिदेवले पैसा नपाएको झोकमा उनलाई साफसँग चुटेको, सहन नसकेर आफ्नो आङमा मट्टितेल छर्केर आगो लगाई दिदी मरिन्।

अनकन्याउँदै म उठेँ अनि नगिच गएर उनको काखमा बसेँ, मेरो कपाल सहलाउँदै सरो दिदीले भनिन्- मलाई एकबाजी आमा भन न !

मैले उनको मुख हेरेछु, आँखाभरि आँसु अनि विस्तारै उनको घाँटीमा आफ्नो हातले बेरेर भने– ‘आमा !’

खुसी भएर उनले मलाई अँगालो मारिन् र भनिन्, ‘हेर ! तिमी ठूलो भएपछि आमालाई पाल्छौ?’
‘पाल्छु’
‘मैले पैसा मागेको बेलामा दिन्छौ?’
‘दिन्छु’
‘आज देऊ न’
‘आज त छैन, अस्ति जम्मै ईश्वरलाई चढाएँ।’
‘ईश्वर !’ आश्चर्य मान्दै उनले भनिन्।

यत्तिकैमा एउटा कालो बूढो त्यस कोठाभित्र पसेछ। अनि काखबाट मलाई मिल्काएर सरो दिदीलाई चुल्ठोमा समात्दै, घिसार्दै त्यसले लग्यो, मैले अत्तालिएर सरो दिदीलाई डाकेँ- ‘आमा !’

र, म बिउँझे, बिहान मिर्मिरे हुन लागेको रहेछ। मेरो जिउभरि खलखली पसिना आइराखेको, अनि मैले चारैतिर हेरेँ। मन अलि ठाउँमा आयो। आमा उठ्नु भयो, मेरो चिच्याइले ! र के भयो भनेर सोध्नुभयो। मैले सपनाको सबै कुरा बताएँ। एकछिनसम्म आमाले घोरिएर भन्नुभयो ‘शंकर !’ त्यो श्रीरामको तस्बिर अगाडि गएर आँखा चिम्ली, अनि एकैछिन भगवानसँग प्रार्थना गर ! म त्यतै लागेँ। तर, राम जस्ता देउताको अगाडि गएर आँखा चिम्लिँदा सरो दिदी आँखाभित्र देखा परिन्। आमाले भन्नुभयो कि प्रार्थना गर कि दिदीको आत्मा सुखी होस्।

मैले त्यसै गरेँ, अनि मनमनै के के भने कुन्नि ! आमाले भन्नुभयो- अब एकबाजी सरस्वतीको मुख सम्झेर आमा भनेर उसलाई डाक, उसको आत्मालाई सुख मिल्नेछ।

थाहा छैन, उसको आत्मा तृप्त भयो भएन। तर, धेरै वर्षपछि मैले जानेँ कि बूढो पोईसँग परेर मेरी दिदीले कस्तो तृप्ति पाउनुभएछ आफ्नो जीवनमा ! त्यो पनि रक्सीबाज, रक्सीले सुखा पारेको, पैसाजति रण्डीलाई पोसेको अनि पछिबाट उनको गहना पनि उडाएको, कयौँ छाक नखाए पनि जब पतिदेवले पैसा नपाएको झोकमा उनलाई साफसँग चुटेको, सहन नसकेर आफ्नो आङमा मट्टितेल छर्केर आगो लगाई दिदी मरिन्। मुर्दा बन्ने र सेतो कपडामा बेरिने उनलाई समय नै मिलेन छ। एकैचोटि खरानी भएकी सरो दिदीको आत्मामा, ‘पैसा’ भन्ने लालसा मरेन छ।

अनि त्यस घटनापछि मैले सम्झेँ – मसँग पैसा भएको भए म सायद दिदीलाई आफूकहाँ नै पाल्थे होला ! पैसा ! ओह ! भगवान कृष्णलाई आरतीमा ती सबै रुपैयाँ चढाएर सरो दिदीलाई दिन पाएको भए…
तर, यो धेरै पछिको कुरा, हो त्यसबेला म सानो थिइनँ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८