एजेन्सी – फेसबुकले आफ्ना एप हुवावेका  स्मार्ट फोनमा ‘प्रि-इन्स्टल’ नगर्ने भएको छ। फेसबुकले अहिले फोन उत्पादन गर्दा नै फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम राख्ने व्यवस्था अन्त्य गर्न लागेको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो। फेसबुकले यस्तो कदम उठाउनुको प्रमुख कारण उक्त निर्देशन नै रहेको बुझिएको छ।

नयाँ फोनमा फेसबुकका एपहरू समावेश नगरे पनि सर्वसाधारणले प्रयोग गरिरहेका हुवावे फोनमा भएका एप्स भने समस्या हुनेछैन। तर, पुराना हुवावे फोनमा सफ्टवेयर ‘अपडेट’ गर्ने सुविधा उपलब्ध गराउने फेसबुकले जनाएको छ। फेसबुकको यो निर्णयबारे हुवावेले केही टिप्पणी गरेको छैन।

फेसबुकका एप्स हुवावे फोनमा ‘प्रि–इन्स्टल’ नहुने भए पनि प्रयोगकर्ताहरू आफैँले भने एप डाउनलोड गर्न सक्नेछन्। अहिले सबै प्रयोगकर्ताले प्ले स्टोर तथा गुगल एप प्रयोग गर्न सक्ने भए पनि गुगलले अगस्टको बीचदेखि हुवावेलाई महत्वपूर्ण एन्ड्रोइड सफ्टवेयरहरू प्रयोग गर्न नदिने घोषणा गरिसकेको छ।

ह्वावेईका फोन र उपकरणको प्रयोगमा विभिन्न राष्ट्रहरूले प्रतिबन्ध लगाएका छन्। अमेरिकाले हुवावेले आफ्नो प्रविधि चोरेको आरोप लगाएसँगै उसको व्यापारमा अमेरिकाले अवरोध गर्दै आएको छ।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८