स्याङ्जा – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय जागरणविना देश विकास सम्भव नहुने बताएका छन्।

स्याङ्जाको वालिङमा शुरु भएको दुईदिने बैंकिङ तथा बीमा एक्स्पो आज (शनिबार) उद्घाटनका क्रममा उनले जस्तोसुकै समृद्धिको कुरा गरे पनि वित्तीय जागरण नभएकाले देश विकासमा पछि परेको चर्चा गरे।

प्रायः सबै नेपाली जागिरको पछाडि दौडिनु अर्को दुर्भाग्य भएको उल्लेख गर्दै उनले भने, “अब जागिरका पछाडि युवालाई दौडाउने होइन, उनीहरूलाई उद्यमशील र व्यावसायिकतर्फ लगाउनु आवश्यक छ। युवा पुस्तालाई स्वदेशमै आकर्षित गर्न कानूनमा सहजता र करमा सहुलियत दिँदै कलकारखाना र उद्योग धन्दालाई प्रोत्साहित गर्नपर्ने उनको भनाइ थियो।

वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले सरकारी कर्मचारीले कुन दफा लगाएर उद्योगीहरूलाई कस्न सकिन्छ भन्ने सोचले दुःख दिने गरेकाले पनि देशमा कलकारखाना र उद्योग धन्दाको विकास हुन नसकेको बताए।

वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सरकार र बैंकिङ क्षेत्रले उद्योगी र किसानलाई सहज र सुलभ रूपमा कर्जा उपलब्ध गराउने वातावरण निर्माण नगर्दासम्म आत्मनिर्भर र समृद्धि भन्ने कुरा नारामा मात्र सीमित हुने उल्लेख गरे।

ग्रामीण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ मिडिया इन्टरनेसनलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रवर्द्धन, बीमा समिति र वालिङ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त एक्स्पाे आयोजना गरिएको हो।

उक्त नगरपालिकाभित्र रहेका १४ कमर्सियल बैंक, सात विकास बैंक र एक फाइनान्स गरी २२ वटा वित्तीय संस्था उक्त एक्सपोमा सहभागी छन्। एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया गरिने बताइएको छ। (रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१