चितवन – राजस्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ।

उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्य रूपमा लागू गर्न लागिएको वेबमा आधारित भेइकल एन्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो।

सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ। एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ। यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरूले मालसामान ओसारपसार गर्नुपूर्व वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा राजस्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन पर्‍यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलान लगायतका बारेमा प्रकाश पारेका थिए।

विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महिनाभरिमा देशभरका प्रमुख शहरहरूमा अन्तर्क्रिया गरी छलफल गरिनेछ। असार महिनामा परीक्षणका रूपमा प्रयोग गरेर साउनबाट अनिवार्य रूपमा लागू गरिने पाण्डेले जानकारी दिए।

यस प्रणालीअन्तर्गत ढुवानीपूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उनले बताए। जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ।

सो अवसरमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवर्द्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोलेका थिए। कार्यक्रममा सहभागीहरूले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए। (रासस)

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८