काठमाडौँ – भारतकी चर्चित गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम आयोजक प्यारामाउण्ट इन्टरटेनमेन्टका प्रमुख दिपक घिमिरे पक्राउ परेका छन्। घिमिरेलाई सोह्रखुट्टे प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। घिमिरसँगै रविन श्रेष्ठ र अर्का एक जना पनि पक्राउ गरेका छन्।

शनिबार राती सम्पन्न कार्यक्रममा चरम लापरवाही भएको गुनासो तथा उजुरी आएपछि त्यससम्बन्धमा बुझ्न घिमिरेलाई नियन्त्रणमा लिइएको सोह्रखुट्टे प्रहरी श्रोतले जनाएको छ।

प्रहरी श्रोतका अनुसार ठमेलस्थित लर्ड अफ ड्रिङ्स (एलओडी) क्लबमा भएको सो कार्यक्रममा सीट क्षमताभन्दा बढी टिकट बेचेको, प्रायोजकहरु नै कार्यक्रम स्थलभित्र छिर्न नपाएको लगायतका गुनासो आएको थियो। महँगो दरको टिकट किनेर टेबल बुक गरे पनि कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि बाहिरैबाट फर्कनु परेको कतिपयको गुनासो थियो।

पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेपछि त्यसबारे छलफल भइरहेको छ। सञ्चालक र पीडक पक्षबीच सहमति नभए पक्राउ परेकालाई मुलुकी अपराध संहिताको ठगी कसुर अन्तरगत कारबाही गरिने प्रहरीले जनाएको छ ।

घिमिरे अघिल्लो वर्ष पनि विवादमा तानिएका थिए। उनले गत वर्ष मंसिरमा ठमेलको क्लब डेजाभूमा डीजे मार्समेलोलाई ल्याउने भनेर टिकट विक्री गरेका थिए। तर, मार्समेला नआएपछि त्यहाँ तोडफोड भएको थियो।

विभिन्न ठाउँमा सुन्दरी प्रतियोगिता गर्दै आएका घिमिले बेलाबेलामा विवादमा आउने गरेका छन्।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

नेप्सेमा ६ अङ्कले वृद्धि

नेप्सेमा ६ अङ्कले वृद्धि

२०७६, ५ असार बिहीबार १९:४३

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५