काठमाडौँ – गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ।

गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई ‘विदेशी प्रतिद्वन्द्वी’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेपछि गुगलले ह्वावेईका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो। ट्रम्पको उक्त निर्णय विशेषतः चिनियाँ प्रविधि कम्पनीप्रति लक्षित रहेको विश्लेषकहरू ठान्छन्।

ह्वावेई स्मार्टफोन उत्पादनका लागि चिनिएको भए पनि उसले सञ्चारसम्बन्धी अरू उपकरण पनि बनाउँछ। त्यस्ता उपकरणको बिक्रीमाथि अमेरिकामा प्रभावकारी रूपमा प्रतिबन्ध लगाइए पनि विश्लेषकहरूले विश्वभरि ४० देखि ६० प्रतिशत सञ्जालमा नियन्त्रण गर्ने आकलन गरेका छन्।

उसोभए ती देशहरू किन चिन्तित भएका हुन् त? आरोपहरूको एउटा जटिल शृङ्खलामा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरू, चोरिएको रोबोटिक उपकरण, हीराको जलप लगाइएका बलिया सिसा र इरानसँगको शङ्कास्पद गोप्य सम्झौता रहेका छन्।

कुनै देशको फाइभजी आधारभूत संरचनामा ह्वावेई भए त्यस्तो दूरसञ्चार सञ्जालबाट जासुसी गरेर पछि व्यवधान उत्पन्न गराउन सक्ने दाबी अरू देशहरूको रहेको छ। अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश आउनुभन्दा अघि नै अमेरिकाले आफ्ना पश्चिमा साझेदारलाई सो चिनियाँ कम्पनीसँग सहकार्य नगर्न दबाव दिने गरेको थियो।

त्यस्तो दबाव अमेरिकाले आफू पनि संलग्न तथाकथित ‘फाइभ आइज‘ समूहका यूके, क्यानडा, अस्ट्रेलिया र न्यूजिल्यान्डलाई दिएको थियो। सो समूहका गुप्तचर निकायबीच घनिष्ठ सम्बन्ध छ र उनीहरूबीच विशेषतः गोप्य विद्युतीय सूचना आदानप्रदान हुन्छ। फाइभजी सञ्जालमा ह्वावेईका उपकरण जडान गर्ने अङ्ग्रेजीभाषी देशसँग त्यस्ता सूचना नबाँड्ने अमेरिकाले बताएको छ।

ह्वावेईको उपकरण आफ्नो सूचना प्रणालीमा प्रयोग गर्ने देशसँग सूचना नबाँड्ने चेतावनी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएका छन्।

ह्वावेईले बारम्बार आफूले चिनियाँ सरकारका लागि जासुसी गरेको भन्ने आरोपको खण्डन गर्दै आएको छ। तर आलोचकहरूले गुप्त सूचना नदिए कम्पनी सञ्चालन हुन असम्भव हुनेखालका प्रावधान भएका चिनियाँ कानूनले तिनलाई जासुसी सूचना सङ्कलन गर्न बाध्य पार्ने तर्क गरेका छन्।

ह्वावेईले अमेरिकाले लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै ‘प्रतिबन्धले अमेरिकालाई केवल निम्न स्तरका सामान र महङ्गा विकल्पमा सीमित बनाउने तथा त्यसले अमेरिकालाई फाइभजी विस्तारमा पछाडि पार्ने र अन्ततः त्यसले अमेरिकी कम्पनी र उपभोक्तालाई नै असर र्पुयाउने’ चेतावनी दिएको छ। अमेरिकाले प्रकट गरेको प्रविधिसम्बन्धी जासुसीको त्रास सम्भवतः आंशिक रूपमा उसको आफ्नै व्यवहारका कारण उत्पन्न भएको हुनुपर्छ।

एनएसएका भूतपूर्व परामर्शदाता एड्वार्ड स्नोडेनले अमेरिकी गुप्तचर निकायले वर्षौँसम्म गुगल र याहूसमेत अमेरिकाका प्रमुख प्रविधि कम्पनीसँग सम्बन्धित डेटा ह्याक गरेर इन्क्रिप्शन प्रविधिलाई अवमूल्यन गरिदिने प्रयास गरेको खुलासा गरेका छन्। कुनै देश किन आफ्नो प्रतिद्वन्द्वी देशमा रहेको कम्पनीप्रति शङ्कालु हुन्छन् भन्ने बुझ्न सजिलो छ।

उपकरणको सो भाग फोनको स्क्रीन परीक्षण गर्न प्रयोग हुन्छ। त्यतिबेला ह्वावेईसँग सहकार्य गरेको जर्मनीको कम्पनीले त्यसलाई विश्वास गरेन र पछि उनीहरूले अदालतबाहिरै विषयको टुङ्गो लगाए। अहिले सो प्रकरण फेरि बिउँतिएको छ।

नयाँ इमेलहरूमा ती इन्जिनियरलाई चीनमा रहेका वरिष्ठ कार्यकारीले नै सो उपकरण चोर्न निर्देशन दिएको हुन सक्ने शङ्का व्यक्त गर्दै उनले आफू एक्लैले त्यसो गरेको दाबीप्रति संशय व्यक्त गरिएको छ। यही सन्दर्भमा ह्वावेईकी प्रमुख वित्तीय अधिकारी मङ वान्जू गत वर्ष क्यानडामा पक्राउ परेकी थिइन्।

उनलाई लगाइएको अभियोगमा उनले इरानसँगको व्यापार सम्झौताबारे अमेरिकी सरकार र ब्याङ्कहरूलाई ढाँटेको उल्लेख छ। ह्वावेईका संस्थापककी छोरी मङले सबै आरोपहरू अस्वीकार गरेकी छन्। उनी यदि अमेरिका सुपुर्दगी भएर दोषी ठहरिए ३० वर्षसम्म जेलमा बस्नुपर्ने हुनसक्छ।

यदि तपाईँको मोबाइल फोन खसेको छ भने कति सजिलै त्यसको स्क्रीन फुट्छ र त्यो बनाउन कति महँगो पर्छ भने तपाईँलाई थाहा होला। अगाडिको भाग नफुट्ने स्मार्टफोन प्रविधि कम्पनीका लागि वरदान नै हो।

अखान सेमिकन्डक्टर इन्क नामक र नयाँ कम्पनी ह्वावेईबीच कडा खालका र कृत्रिम हीराको जलप लगाइएका पातलो सिसा आपूर्ति गर्ने विषयमा छलफल हुँदै थियो। तर ब्लूमबर्गका अनुसार नराम्रोसँग बिग्रिएको एउटा त्यस्तो मोबाइल महिनौँपछि उत्पादककहाँ फिर्ता गरिएको थियो।

एफबीआईको अनुसन्धानपछि ह्वावेईले त्यस्तो नमुना विश्लेषणका लागि अमेरिकाबाट बाहिर लगेको शङ्का अखान सेमिकन्डक्टर इन्कले गरेको छ। हीराको जलप लगाइएको त्यस्तो सामग्री लेजर हतियारमा प्रयोग हुन सक्ने हुँदा त्यसलाई अमेरिकाबाहिर लैजान प्रतिबन्ध लगाइएको छ। ह्वावेईले यी घटनाबारे पृथक धारणा राखेको छ।

अमेरिकाको साझेदार यूकेमा पनि आफ्नो फाइभजी नेटवर्क विकास गर्न ह्वावेईका उत्पादनहरू प्रयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलेको छ। ह्वावेईका उपकरण प्रयोग गर्ने किन नगर्ने भन्ने छलफलको कुरा चुहाएको आशङ्कामा ब्रिटेनका रक्षामन्त्री गत महिना पदमुक्त भएका थिए।

चिनियाँ उपकरणलाई गम्भीर सुरक्षाको चासो भएकाबाहेक अन्य क्षेत्रमा प्रयोग गर्न सकिने राष्ट्रिय सुरक्षा परिषद्को छलफलको सूचना चुहाएको आरोपमा उनको पद गुमेको हो। त्यससम्बन्धी निर्णय अहिले विचाराधीन नै छ र ह्वावेईसँग सम्बन्धित अन्य विषयजस्तै यसको पनि भविष्य अनिश्चित छ। (बीबीसी)

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

२०७६, २६ आश्विन आईतवार ०९:३४