काठमाडौँ – रिलायन्स फाइनान्सको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को संयुक्त साधारणसभा भोलि सोमबार हुने भएको छ। सभा लैनचौर बैङक्वेटमा बिहान ११ बजे शुरु हुने भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनसपश्चात कायम चुक्ता पूँजीको आधारमा २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

साथै, कम्पनीले कर प्रयोजनका लागि शुन्य दशमलव १३ प्रतिशत नगद लाभांश समेतको प्रस्ताव गरेको छ। सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गते बुक क्लोज गरेकाले जेठ १२ गतेसम्म कायम सदस्यहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाका लागि प्रस्तावित लाभांश तथा गत वर्षको वार्षिक प्रतिवेदन पारित, लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ७४ करोड ३२ लाख २९ हजार रहेको छ। १२ प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पूँजी रू. ८३ करोड २४ लाख १६ हजार पुग्नेछ। आर्थिक वर्ष २०७३/७४ को प्रस्तावित २ दशमलव ६३ प्रतिशत नगद लाभांश भने यही चुक्ता पूँजीको आधारमा वितरण गर्ने कम्पनीको प्रस्ताव हो।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. २ करोड ७१ लाख ३६ हजार खुद नाफा कमाउन सफल भएको छ। यस्तै, दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रू. १ सय ४४ सम्म भइरहेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८