काठमाडौं– रोमाञ्चक खेलमा भारतले अष्ट्रेलीयामाथि जित हात पारेको छ। बिश्वकपअन्तरगत १४ औँ खेलमा आइतबार भारतले अष्ट्रेलीयालाई ३६ रनले पराजित गर्यो।

भारतले दिएको ३ सय ५३ रनको बिशाल योगफल पछ्याउने क्रममा अष्ट्रेलीया  ५० ओभरमा १० विकेट गुमाउँदै ३ सय १६ रनमै रोकीयो। निर्धारित ५० ओभर व्याटिङ गर्ने क्रममा उसले सन्तुलित व्याटिङ गर्न नसक्दा हारको सामना गर्नुपर्यो।

भारतलाई जित दिलाउने क्रममा जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान ३–३ अष्ट्रेलियन व्याट्सम्यानहरुलाई पभेलियन फर्काए। यस्तै युजवेन्द्र चहलले पनि २ अष्ट्रेलीयन खेलाडिलाई आउट गरे।

व्याटिङतर्फ अष्ट्रेलीयाका लागि पुर्वकप्तान स्टिभ स्मिथले ६९ रन बनाए। ७० बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै एलेक्स कैरेले ३२ बलमा आक्रामक ५२ रनको पारि खेल्ने क्रममा ५ चौका र १ छक्का प्रहार गरे।

ओपनर डेभिड वार्नरले पनि ८४ बलमा ५ चौकाको मदतमा ५६ रन बनाए भने उस्मान ख्वाजाले ३९ बलमा ४२ रन बनाए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको भारतले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३ सय ५२ रन बनाएको थियो। निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै बिशाल योगफल बनाउने क्रममा भारतिय व्याट्सम्यानहरुले आक्रामक खेल देखाए।

ओपनर शिखर धवनको शतक र कप्तान बिराट कोहलीको आक्रामक अर्धसतकको मदतले भारतले अष्ट्रेलियन बलिङ ‘लाइन अप’ धरासायी बनायो। १ सय १७ रनको उत्कृष्ट पारी खेल्ने क्रममा धवनले १ सय ९ बल खेल्दै १६ वटा चौका प्रहार गरे।

कप्तान कोहलीले पनि आइतबार राम्रो व्याटिङ गरे। ८२ रनको शानदार पारी खेल्ने क्रममा उनले ७७ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटको लागि शिखर धवनसँग १ सय २७ रनको साझेदारी गरेका रोहित शर्माले पनि अर्धसतकिय पारी खेल्दै ५७ रन बनाए। ७० बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

यसबाहेक अलराउन्डर हार्दिक पाण्ड्या, पुर्वकप्तान महेन्द्र सिंह धोनी र केएल राहुलले पनि अष्ट्रेलियन बलरहरुमाथी आक्रमक रवैया प्रर्दशन गरेका थिए। २७ बलमा ४८ रनको बिष्फोटक पारि खेल्ने क्रममा पाण्ड्याले ४ चौका र ३ छक्का प्रहार गरे।

यस्तै धोनीले पनि छोटोमिठो पारी खेले। २७ रन बनाउन केवल १४ बलमात्र खेलेका धोनीले ३ चौका र १ छक्का प्रहार गरे भने केएल राहुलले ३ बलमै १ चौका र १ छक्काको मदतले ११ रन बनाए।

बलिङतर्फ अष्ट्रेलीयाका मार्कस स्टोइन्सले २ विकेट हात पारे भने प्यट कुमिन्स, मिचेल स्टार्क र नाथन कुल्टर नाइलले समान १–१ विकेट हात पारे।

सुरज खनाल सुरज खनाल
नेपाली पब्लिकका कार्यकारी सम्पादक हुन्।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८