भीमदत्तनगर – तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ। कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८ सय ७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन्। “जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो।” जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, “वास्तविक रेकर्ड आउन एक/दुई दिन लाग्छ।”

उनले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिएका छन्। “स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ।”

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५ सय २५ बिजुलीका पोल भाँचिएका छन्। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए। उनले विद्युतमा यहाँ रू डेढ करोड बराबरको क्षति भएको बताएका छन्। उनले जिल्लाको अधिकांश ठाउँमा विद्युत सञ्चालन भइसकेको बताएको छ। “कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई/तीन दिन लाग्न सक्छ”, उनले भने, “नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ।”

क्षति विवरण सङ्कलनसँगै विद्युत सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उनले जानकारी दिए। “कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ”, उनले भने, “क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ।”

त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन्। स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन्। जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ। (रासस)

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८