वीरगञ्ज – चार दिनदेखि फरार रहेका एशिया मेडिकेयर अस्पताल छपकैया, वीरगञ्जका सञ्चालक सुरजकुमार सर्राफलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। करिब ४० जनाको अन्दाजी ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको आरोपसहितको जाहेरीका आधारमा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ।

साबिक बारा कलैया उपमहानगरपालिका– १३, हाल वीरगञ्ज–छपकैया बस्ने अस्पतालका सञ्चालक सर्राफलाई पक्राउ गरी ठगी मुद्दा चलाएको पर्सा प्रहरीका प्रहरी उपरीक्षक होमेन्द्रसिंह राठौरले जानकारी गराए।

पर्सागढी नगरपालिका– ६ बस्ने राकेशकुमार यादवसमेतले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरीका आधारमा फरार सर्राफलाई पक्राउ गरिएको प्रहरीको दाबी छ। सर्राफ जेठ २३ गते राति ११ बजे अस्पतालका सबै उपकरण तथा मेशिन ट्रकमा लोड गरी सम्पर्कविहीन बनेका थिए। उनीमाथि करिब ४ दर्जन व्यक्तिहरूको कर्जा लिएर अस्पताल सञ्चालन गरेको आरोप छ। अस्पताल सञ्चालनमा व्यवस्थापन पक्षले ध्यान नदिँदा अस्पताल घाटामा जाँदा कर्मचारी तथा डाक्टरहरूको तलब सुविधासमेत सञ्चालक सर्राफले नदिएको कर्मचारीहरूको गुनासो छ।

अर्का ठग सर्राफ पनि पक्राउ

यसैगरी, ठगी मुद्दामा वीरगञ्ज–१० बस्ने नितेश सर्राफलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ। साबिक सिरहा विद्यानगर गाविस– १ घर भई हाल वीरगञ्ज –३ बस्ने रामकेवल मण्डलको रू. १० लाख ठगी गरी फरार रहेको र मण्डलको उजुरीका अधारमा उनलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८