कृष्ण बोहरा यात्री, काठमाडौँ – वि.सं १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा सरस्वती देवी पन्त र ताराकान्त पन्तको कोखबाट एक छोराको जन्म भयो। तिनै छोराको नाम थियो भीमदत्त पन्त। उनै भीमदत्त पन्त हुन्, जसले प्रत्येक जनताको मुखमा झुण्डिएको यो गीत रचना गरेका थिए:

यो त्यत्तिकै गाइएको गीत थिएन। राणाहरूको अत्याचार र तिनले राखेका ठालू शोसकबाट आजित भएर क्रान्ति गर्दैगर्दा प्रस्फुटित गीत थियो। उनको १२ वर्षको उमेरमा पार्वती पन्तसँग विवाह भएको थियो। जनता जागरुक भएनन् भने उनीहरूको मुक्ति सम्भव छैन भन्ने कुरालाई राम्रोसँग बुझेका उनले सुदूरपश्चिमबाट गरेका विभिन्न आन्दोलनहरू जनताको मुक्तिका लागि नै थिए। उनले गाउँगाउँमा विद्यालय खोल्ने अभियान नै चलाएका थिए।

राणाहरूको कालो शासनको बेला थियो। अमरसिंह कार्कीका पुर्खा त्यति नै बेला पूर्वबाट पश्चिमको यात्रामा लागे। यायावर जिन्दगी बाँच्दै गाईभैँसीसँग उनीहरू महाभारत शृङ्खलाभन्दा तल चुरे क्षेत्रमा आइपुगे। डोटीको घाँगलबाट पश्चिम लाग्दा कैलालीको सहजपुर पुगे। डडेल्धुराको पल्गढी पुगे। त्यहाँबाट फेरि कैलालीको बाउनपानी बसाइँ सरे। जहाँ पुगे पनि उनीहरू पशुपालनमा नै हुन्थे। जीवन बाँच्ने उनीहरूको यो तरिका स्वतन्त्र थियो। स्वतन्त्र जीवनको अनुभूत गर्दैगर्दा देशले कोल्टे फेर्दै थियो। चुरे क्षेत्रका गाउँगाउँमा भीमदत्तका सेना पुग्थे। जनताको मुक्तिका लागि भन्दै गाउँलेलाई सम्झाउँथे।

वि.सं. १९८८ मा जन्मेका अमरसिंह कार्कीले औपचारिक शिक्षा प्राप्त गरेका छैनन्। गाईभैँसी पाल्दै डुल्दै हिँड्ने त्यो समयमा स्कूल पनि थिएन। सुदूरपश्चिम भीमदत्तमय भएको त्यस समयमा चुरेका विभिन्न भागमा बस्ने मान्छेहरू पनि टाढा रहन सकेनन्। भीमदत्तका सेनाको संगतमा परेपछि अमरसिंह कार्की पनि उनीहरूबाट प्रभावित बने। उनी भीमदत्तको सेनामा सामेल भए। वन बाक्लो थियो। बस्ती पातलो थियो। शुरूवातका दिनमा उनलाई धेरै केही थाहा थिएन। युवा जोश थियो। त्यही जोशले उनलाई क्रान्तिकारी बनायो।

‘सुदूरपश्चिम क्षेत्र काठमाडौँबाट राजनीतिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक रूपमा निकै टाढा थियो। त्यसैको परिणाम २००७ साल फागुन ७ गते त्रिभुवनले काङ्ग्रेसको मुक्ति सेनालाई रक्षादलमा समायोजन गर्ने निर्णय गरे पनि सुदूरपश्चिममा भीमदत्तले नेतृत्व गरेको सेनाको कुनै पनि सुनुवाइ नै गरिएन,’ विगत सम्झिँदा अमरसिंह कार्की लौरीलाई चपक्क समात्छन्।

चाउरी परेको अनुहार, हातमा लौरीको सहारा, शरीर थरथर कमाउँदै अमर सिहं प्रत्येक दिन तीन किलोमिटर हिँड्ने गर्छन्। २०३५ सालमा उनी कैलालीको अत्तरिया झरे। वन फाँडे। आफ्नो परिवारसँग त्यतै रमाउन थाले।२००७ सालको क्रान्तिले राणाहरूको जहानियाँ शासनको जरा उखेले पनि त्यसका केही अवशेषहरू भने थिए। त्यसले छोडेका संस्कार र आदतहरू जिउँदै थिए। तिनै आदत र संस्कारलाई निमिट्यान्न पार्न भीमदत्तले गरेको क्रान्तिमा उनी सेनाको रूपमा सामले भए। जनताको अधिकार सुनिश्चितताको निम्ति भएको क्रान्तिले केही परिवर्तन ल्याएको त थियो। तर, दूरदराज सुदूरपश्चिमका जनताका समस्या उस्तै थिए। लामो सामन्ती व्यवस्थाले स्थापित गरेका संरचनागत प्रणाली र प्रथाहरूका जरा उही ठाउँमा उस्तै स्वरूपमा रहेका थिए।

उनी हतियार बोकेर पश्चिममा लुलालदेखि पूर्वको बोक्टानसम्म पुगे। उत्तरको मलासदेखि दक्षिणमा भारतको सिमानासम्म पुगे। चुरेका दून र पर्वतका शृङ्खलाहरूमा जनताको घरमा कैयौँ रात बिताए। कन्चनपुरको बेलौरी पुगे। जोगबुडा पुगे। राज्य सरकार भीमदत्तको क्रान्तिलाई दबाउन दिलो ज्यानले लागेको थियो। उनी त्यो समय सम्झदै लामो सुस्केरा हाल्छन्। निधारको पसिना काँधमा भिरेको रुमालले पुच्छन्।

‘राणाहरूको सामन्ती व्यवस्थाले जनतालाई सास फेर्नसमेत अप्ठेरो पारेको समयमा प्रजातन्त्रका लागि भएको सशस्त्र आन्दोलनले दिल्ली सम्झौताको माध्यमद्वारा राणाहरूको शासनलाई फ्याँकेको थियो। तत्कालीन काङ्ग्रेसले गरेको सशस्त्र क्रान्तिमा सामेल भए पनि उसको उपस्थितिमा भएको दिल्ली सम्झौतालाई धोका हो भन्ने क्रान्तिकारी योद्धा भीमदत्त पन्तले जब आन्दोलनको अन्त्यपछि पनि हतियार सरकारलाई बुझाएनन् तब राणा र कङ्ग्रेसको संयुक्त सरकारले उनलाई आतंकवादीको करार दियो,’ उनी आफ्नो पुरानो विगत र इतिहास सम्झँदै भन्छन्।

उनको सम्झना पनि उनीजस्तै बूढो हुँदै गएको छ। धेरै कुरा त उनले बिर्सिसकेका छन्। ८८ वर्षको उमेर उक्लँदै गरेका योद्धा अमरसिंह आफूले बाँचेको समयप्रति सन्तुष्ट छन्। उनी गर्विलो स्वरमा भन्छन्, ‘भीमदत्तको क्रान्ति देखेँ। भोगेँ। पञ्चायत शासन पनि देखेँ। बहुदल पनि देखेँ। माओवादीको क्रान्ति पनि देखेँ। अहिले गणतन्त्रमा पनि बाँचेकै छु, मेरो उमेरका साथीहरू अब छैनन्। म पनि कति दिन बाँच्छु र ? मलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन।’

‘सुदूरपश्चिम क्षेत्र काठमाडौँबाट राजनीतिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक रूपमा निकै टाढा थियो। त्यसैको परिणाम २००७ साल फागुन ७ गते त्रिभुवनले काङ्ग्रेसको मुक्ति सेनालाई रक्षादलमा समायोजन गर्ने निर्णय गरे पनि सुदूरपश्चिममा भीमदत्तले नेतृत्व गरेको सेनाको कुनै पनि सुनुवाइ नै गरिएन,’ विगत सम्झिँदा अमरसिंह कार्की लौरीलाई चपक्क समात्छन्। थरथर काँप्छन्। निधार खुम्च्याउँछन्।

‘हाम्रा सेनाले ब्रह्मदेवबाट दुई र बेलौरीबाट आठ थान राइफल बोकेर ल्याएका थिए,’ कार्की सम्झन्छन। बडेहाको त्यही दोहोरो भिडन्तमा कार्कीेको कानमा बन्दुकको छर्रा लाग्यो। युद्धको चिनो र क्रान्तिको चिनारी अब त्यही कानमा भएको दाग बाँकी छ उनीसँग।

‘राणा शासन व्यवस्था त फालिएको थियो तर त्यसले गाडेका जराहरूलाई फाल्न क्रान्तिको आवश्यकता थियो। भीमदत्त पन्तले त्यही क्रान्तिको आवश्यकतालाई राम्रोसँग बुझेका थिए। उनले बाँचेको समय र अनुभव सिंगो इतिहास हो। राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक उत्पीडनबाट जनतालाई मुक्ति दिलाउन उनले गरेको क्रान्तिको मुख्य ध्येय थियो,’ उनी खिस्स हाँस्छन्।

‘जमिनदारले अत्याचार गर्थे। ठालूले हरेक कुरामा जनताको हुर्मत नै लिन्थे। तर, भीमदत्तले तिनै जमिनदार र ठालूको हुर्मत लिन्थे। न्याय माग्न जाने ठाउँ भनेको नै भीमदत्त थिए। किसान र मजदुरका लागि त उनी भगवान् नै थिए,’ भीमदत्तप्रति स्थानीयहरूको विश्वासको विषयमा कार्की वर्णन गर्छन्। ‘राणाहरूको अन्त्यपछिको शासनसत्ता पनि हुने खाने र माथिल्लो वर्गको हातमा थियो। राजारजौटा, जमिनदार र मुखियाहरूसँग सम्बन्ध हुनेहरूको रवाफ नै बेग्लै हुन्थ्यो,’ पहेँलो पछ्यौरा हातमा बेर्दै उनले भने।

प्रत्येक दिन झन्झटपुरबाटै हिँडेर अत्तरिया बजारमा पुग्छन्। उनका पाँच भाइ छोरा हुन्। चार भाइ छोराका चारवटा पसल छन्। उनी तिनै पसल चहार्छन्। उनको दिनचर्या यसरी नै बितिरहेको छ। घरमा दिक्क लाग्दा टहलिन पसल पुग्ने एक क्रान्तिकारी योद्धा आँखामा चश्मा लगाउँदैनन्। तर, घोरिएर एकछिन हेरेपछि मात्रै उनी मान्छे चिन्छन्।

उनका दौँतरीहरू यो धरतीमा छैनन्। भएकाहरू पनि एउटा कोठाभित्रै बुढो ज्यान थन्काएर बसेका होलान्, तर कार्की भने अझै पनि उत्तिकै तन्दुरुस्त छन्। उनी बेलौरीमा एक पटक जेल परेका भीमदत्तलाई भेट्न गएका थिए। कार्की सम्झन्छन्, ‘मैले भीमदत्त पन्तलाई बेलौरी जेलभित्रै पनि भेटेको हुँ।’ भीमदत्तलाई कार्कीले चैतमा भेटेका थिए। ‘तीन महिनाका लागि जेलमा छु। म असारमा जेलबाट निस्कन्छु। म जेलबाट छुटेपछि भेट गरौँला। के गर्नुपर्छ, सल्लाह गरौँला,’ कार्की भीमदत्तसँगको त्यो संवादको सम्झना सुनाउँछन्।

एकपटक उनका गाउँलेहरू नै शत्रु बनेर देखा परे। उनीहरूले उनका बारेमा गाउँका ठूलाठालुलाई सुराकी लगाए। भोलिपल्ट प्रहरीले उनलाई पक्राउ गर्‍यो। उनलाई उडुङ्गा भन्ने गाउँमा लगे। साँझमा खम्बामा उनका दुवै हात बाँधे। उनलाई बाउनपानीबाट पक्रेर ल्याएका थिए। कार्की आफ्नो तीतो विगत सम्झिन्छन्, ‘मलाई गालामा दुई झापड हान्यो। हान्दाखेरी उसको घडी आफैँ फुटेर उछिट्टियो। त्यसपछि हान्न छाड्यो।’ पुलिस लिएर आउने मानिस जमिन्दार थियो।

‘जय नेपाल’ शब्दको साटो उनी ‘जय जनता’ को प्रयोग गर्न थाले। ‘तमसुक च्यात’ अभियान चलाए र ठालूहरूका घरमा कैद भएका जनताको नाममा थोपरिएका ऋणका तमसुकहरू च्यात्दै गए।त्यसपछि उनले ‘नून आन्दोलन’ चलाए। कञ्चनपुरको ब्रह्मदेव मण्डीमा भएको नूनतेल र लत्ताकपडाको बजार फोरेर जनतालाई बाँडे।

पुलिसहरू सुतेपछि कार्कीले बाँधेको हात फुस्काए र त्यहाँबाट भागे। कार्की हाँस्दै भन्छन्, ‘पुलिसले बन्दुक दुई चोटि क्याच्च…क्याच्च पारेको सुनेँ। तर पड्केन। पड्केको भए त म सकिने थिएँ।’ कार्की भागेर दैलेख पुगे। उनी भागेपछि उनका परिवारलाई दुःख दिन थालियो। घरपरिवारलाई मानसिक यातना दिन थाले। तर, उनको परिवारले हार मानेन। कार्की ती कहालीलाग्दा दिन सम्झिन्छन्, ‘बर्खाको चुहिने झरीमा बुबाआमा, दाइहरू गोरुभैँसी लिएर गिथडा बसाइँ सरे।’ अमरसिंह कार्कीसँग निरंकुश सत्ताले दिएको गहिरो चोट छ। उनी ती दर्दनाक दिनहरूलाई भुल्न सक्दैनन्। उमेर ढल्कँदै जाँदा स्मरण शक्ति धमिलो हुँदै गएझैँ लाग्छ।

कार्कीे सेनामा हुँदा ब्रह्मदेवदेखि बेलौरीसम्म पनि पुगेका थिए। धनगढी कब्जा गर्दा धेरै कुरा आफ्नो हातमा पर्छ भन्ने कुरा भीमदत्तले बुझेका थिए। उनी आफ्नो सेनासहित धनगढी कब्जा गर्न गए। उनको समूहमाथि बडेहामा भारतीय र नेपाली सेनाले आक्रमण गर्‍यो। कार्कीको समूह हताहत भयो। ठूलो संख्यामा आएका भारतीय र नेपाली फौजको आक्रमणले भीमदत्तको सेनालाई ठूलो क्षति पुग्यो। नेपालको इतिहासमा भारतीय सेना प्रवेश गरेर अधिकारका लागि लड्ने क्रान्तिकारीहरूमाथि आक्रमण गरेको कालो दिन थियो त्यो।

‘हाम्रा सेनाले ब्रह्मदेवबाट दुई र बेलौरीबाट आठ थान राइफल बोकेर ल्याएका थिए,’ कार्की सम्झन्छन। बडेहाको त्यही दोहोरो भिडन्तमा कार्कीेको कानमा बन्दुकको छर्रा लाग्यो। युद्धको चिनो र क्रान्तिको चिनारी अब त्यही कानमा भएको दाग बाँकी छ उनीसँग।

‘कालोकालो अनुहारका, लामो कपाल भएका, हँसिला, जोशिला र नीडर थिए भीमदत्त,’ उनी भीमदत्तको स्वरूप सम्झन्छन्। ‘ठालूहरूको निर्मूल गर्नुपर्छ। जनतालाई मुक्ति गराउनुपर्छ भन्थे। २००७ सालको क्रान्तिमा भीमदत्तले हातमा खोपेर रगतको सहीछाप लगाएर सेठबाट सम्पत्ति लिएको तमसुक बनाउँथे। लिएको सम्पत्तिले बाटो बनाउने। गरिबलाई बाँड्ने काम गर्थे। उनी बाँचेका भए दुनियाँ भीमदत्ततिर उल्टिन्थ्यो। गरिबलाई त छोराछोरीलाई झैँ माया गर्थे,’ आफ्ना कमाण्डरको चर्चा गर्दा कार्कीको अनुहारमा जोश देखिन्थ्यो।

गीत गाउँदै कार्की हाँस्छन् र भन्छन्, ‘भीमदत्त यही गीत गाउँथे।’ कार्कीले सुनाउँदै गए, ‘विभिन्न समयमा कैदी जीवन भोगेका पन्तले २००७ सालको क्रान्तिमा सहभागिता जनाए। प्रजातन्त्रको आन्दोलनमा नेपाली जनता विजयी भएपछि पन्तलाई तत्कालीन सरकारले डडेल्धुरा जिल्लाको गभर्नर बनायो। पछि भीमदत्त पन्त कम्युनिष्ट बने। नेपाली कांग्रेस त्याग गरेपश्चात कांग्रेसले भन्ने ‘जय नेपाल’ शब्दको साटो उनी ‘जय जनता’ को प्रयोग गर्न थाले। ‘तमसुक च्यात’ अभियान चलाए र ठालूहरूका घरमा कैद भएका जनताको नाममा थोपरिएका ऋणका तमसुकहरू च्यात्दै गए।

‘गल्लेकमा भएको हमजाली मगरका घरमा खाना खाइरहेका भीमदत्तलाई उनकै मीत लालबहादुर थापाले गोली हाने। भीमदत्तको बोली बन्द भएको त्यो समयमा सिपाही भम्म्वा दियालले भीमदत्तको गर्धनमा खुकुरी छप्कायो। उनको टाउको र शरीर छुट्टियो। २०१० साल साउन १७ गते किसान आन्दोलनका प्रणेता जनताका प्रिय नेता सधैँका लागि धरतीबाट विदा भए।’

त्यसपछि उनले ‘नून आन्दोलन’ चलाए। कञ्चनपुरको ब्रह्मदेव मण्डीमा भएको नूनतेल र लत्ताकपडाको बजार फोरेर जनतालाई बाँडे। उनले ब्रह्मदेवको भन्सार कब्जा गरे। उनको कामबाट आजित भएका ठालूहरू र तिनका मतियारहरूले पन्तलाई मार्ने विभिन्न षडयन्त्र रच्न थाले। उनलाई जेलमा पनि हालियो। तर, भीमदत्त पन्त जेलबाट भागे।’

अमरसिंह विगत सम्झँदै भन्छन्, ‘गल्लेकमा भएको हमजाली मगरका घरमा खाना खाइरहेका भीमदत्तलाई उनकै मीत लालबहादुर थापाले गोली हाने। भीमदत्तको बोली बन्द भएको त्यो समयमा सिपाही भम्म्वा दियालले भीमदत्तको गर्धनमा खुकुरी छप्कायो। उनको टाउको र शरीर छुट्टियो। २०१० साल साउन १७ गते किसान आन्दोलनका प्रणेता जनताका प्रिय नेता सधैँका लागि धरतीबाट विदा भए।’

उनको आन्दोलनको मर्मलाई पछिल्लो पुस्ताले इतिहासको रूपमा पढ्दै गयो। तर व्यवहारमा लागू गर्न सकेन। उनको नाममा राजनीति हुँदै गयो तर उनको विचारमा राजनीति हुन सकेन। उनै पन्तको सेनामा सामेल भएर आजसम्म पनि जीवन बाँचेका र पछिल्लो व्यवस्थालाई नजिकबाट देखेका अमरसिंह कार्कीका चार भाइ छोरा अत्तरियाको बजारमा व्यापार गर्छन्। एक भाइ उनको पुर्ख्याैली थलो बाहुनपानीमै छन्। सबै भाइ उनको बराबर नै सेवा गर्छन्। त्यही प्रेम र खुशीले नै उनलाई अहिले पनि तन्दुरुस्त राखेको छ। उनका कोप्चा परेका गाला र चाउरिएको अनुहारमा फुल्ने खुशी र आनन्दको मुस्कान अहिले पनि अत्तरियाको बजारमा ऊर्जा बोकेर फक्रिन्छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८