पोखरा – पोखरा महानगरपालिकाले स्थानीय कृषकलाई एउटै स्थानबाट कृषिजन्य उपकरण उपलब्ध गराएर कृषि उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ। महानगरपालिकाकाे प्रविधिमैत्री कृषि परियोजनाअन्तर्गत पोखरा २७ ताल्चोकमा ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो।

महानगरको मातहतमा लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाले सञ्चालन गर्ने गरी सञ्चालनमा आएको उक्त सेन्टरको हिजो आइतबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेका छन्।

स्थानीय कृषकहरू प्रत्यक्ष लाभान्वित हुने गरी सहुलियत दरमा कृषि उपकरण एकै स्थानबाट भाडामा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा कस्टम हायरिङ सेन्टर सञ्चालनमा आएको हो।

बाँझो रहेको जग्गालाई व्यक्तिगत, सामूहिक र सहकारीको माध्यमबाट उत्पादकत्वमा वृद्धि गरी स्थानीय उत्पादनलाई ब्रान्डिङसहितको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न महानगरले सहयोग गर्ने मेयर जिसीले बताए।

कस्टम हायरिङ सेन्टरका लागि पोखरा महानगरले ५० प्रतिशत साझेदारी अन्तर्गत ४५ लाख आर्थिक सहयोग गरेको छ। ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालमा आएसँगै समयमै खेती लगाउन, बाली भित्र्याउन, प्रशोधन गर्न, उत्पादकत्व तथा आम्दानी वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्न र किसानलाई पायक पर्ने ठाउँबाट आवश्यक पर्ने कृषि औजार सस्तोमा भाडामा उपलब्ध गराउन सहज हुनेछ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘केन्द्रबाट सेवा प्रयोग गरी कृषि उत्पादन, बजारीकरण र ब्राण्डिङ गर्न सघाउ पुग्नेछ।’

नेफस्कुन सञ्चालक एवं गण्डकी प्रदेश संयोजक भीम गुरुङले यस भेगका सहकारीलाई परिचालन गरी यस अभियानलाई सफल बनाउन लागिपर्ने बताए। सेन्टरबाट खेत बारी जोत्न, मल, पराल, धान ढुवानीका लागि ट्रलीसहित २ ट्याक्टर, कृषि उत्पादन ढुवानीका लागि १ सिंगल क्याब, बेलेरो पिकअप भ्यान, धान पराल, गह, तोरी छुट्याउन मल्टी क्रप्स थ्रेसर मेशिन, माटो मसिनो बनाउने रोटाभेटर मेशिन उपलब्ध हुनेछन्। त्यसैगरी आलु ड्याङ पार्ने मेशिन, कल्टी हलो, आलु लगाउने मेशिन, बिरुवा लगाउन खाडल खन्ने मेशिनलगायत सामग्री उपलब्ध हुनेछन्।

कृषि औजारको बुकिङ सेवा शुरू भइसकेको लेखनाथ सामुदायिक कृषि सहकारीका प्रबन्ध निर्देशक शंकरप्रसाद पौडेलले बताए।.

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

नापतौल यन्त्र जाँच र नवीकरण नगराउने ११ उद्योग कारवाहीमा

२०७६, ४ भाद्र बुधबार १५:४४

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

बैंकको रकम हिनामिना गर्ने पक्राउ

बैंकको रकम हिनामिना गर्ने पक्राउ

२०७६, ४ भाद्र बुधबार १७:०८