काठमाडौँ – कतै तपाईंले पनि बालबालिकाहरूलाई यातना, अमानवीय व्यवहार वा मानसिक दण्ड त दिनुभएको छैन ? होस् गर्नुस्, अबदेखि नेपालमा पनि यस्तो कार्य गर्नेलाई कडा कानूनी सजाय दिने व्यवस्था गरिएको छ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने तथा अमर्यादित व्यवहार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष कैदको सजाय दिने व्यवस्था गरिएको छ। त्यस्तै, बालबालिकालाई यातना दिनेलाई ५ वर्ष जेल र १ लाख रुपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था गरिएको छ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा बालबालिकालाई यातना, अमानवीय व्यवहार वा विभिन्न किसिमले मानसिक दण्ड वा यातना दिने कार्यलाई बालबालिकाविरुद्धको कसूरको रूपमा राखी त्यस्तो व्यवस्था गरिएको हो।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिकाविरुद्ध कसूरसम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसारः

(१) कसैले उपदफा ९२० बमोजिमको हिंसा वा उपदफा ९३० बमोजिमको यौन दुर्व्यवहार हुने कुनै कार्य गरेमा यस ऐनअन्तर्गतको बालबालिकाविरुद्धको कसूर गरेको मानिनेछ।

(२) कसैले बालबालिकाउपर देहायबमोजिमका कुनै कार्य गरेमा बालबालिकाविरुद्ध हिंसा गरेको मानिनेछ:

(क) धूमपान, मद्यपान वा जुवा, तासजस्ता कुलतमा संलग्न गराउने।
(ख) बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनोजस्ता मनोरञ्जन स्थलमा प्रवेश वा प्रयोग गराउने।
(ग) बालिगहरूका लागि भनी तोकिएका चलचित्र, अन्य श्रव्यदृश्यजस्ता सामग्री देखाउने।
(घ) घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा आमर्यादित व्यवहार गर्ने।
(ङ) शारीरिक चोटपटक वा असर पुर्‍याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाब, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने।
(च) विद्युतीय वा अन्य माध्यम प्रयोग गरी सताउने, कष्ट दिने।
(छ) राजनीतिक प्रयोजनका लगि संगठित गर्ने वा, हडताल, बन्द चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्ने।
(ज) गैरकानूनी थुना, कैद, कारावास वा नजरबन्दमा राख्ने, नेल, हतकडी लगाउने।
(झ) अरु अमानवीय व्यवहार गर्ने वा यातना दिने।
(ञ) सनातन, परम्परा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यका लागि बाहेक भिक्षा माग्न लगाउने वा संन्यासी, भिक्षु, फकिर वा अन्य कुनै भेष धारण गर्न लगाउने।
(ट) जबर्जस्ती अनाथ घोषणा गर्ने वा अनाथका रूपमा दर्ता गराउने।
(ठ) भाकल, धार्मिक वा अन्य कुनै अभिप्रायले कसैको नाउँमा चढाउने वा समर्पण गर्ने वा परम्परा, संस्कृति, रीतिरिवाजको नाममा कुनै प्रकारको हिंसा, विभेद, हेला वा बहिष्कार गर्ने वा उपहासको पात्र बनाउने।
(ड) जादू वा सर्कसमा लगाउने।
(ढ) कसूरजन्य कार्य गर्न सिकाउने, तालिम दिने वा त्यस्तो कार्यमा लगाउने।
(ण) बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासंग विवाह गर्ने वा गराउने।
(त) प्रचलित कानूनविपरीत बालबालिकाको अंग झिक्ने,
(थ) औषधि वा अन्य कुनै परीक्षणका लागि बालबालिकालाई प्रयोग गर्ने।
(द) कानूनबमोजिमबाहेक बालगृहमा राख्ने।

(३) कसैले बालबालिकाउपर देहायबमोजिमको कुनै कार्य गरेमा बाल यौन दुर्व्यवहार गरेको मानिनेछ।

(क) अश्लील चित्र, श्रव्यदृश्य वा यस्तै किसिमको अन्य सामग्री देखाउने वा देखाउन लगाउने वा अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने वा बाल अश्लीलता प्रदर्शन गर्ने वा गराउने।
(ख) बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्यदृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने।
(ग) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्क्याउने।
(घ) अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने।
(ङ) यौनजन्य मनशायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरु कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनशायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्न लगाउने।
(च) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने।
(छ) यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने।
(ज) बाल यौन शोषण गर्ने वा गराउने।
(झ) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने।
(ञ) यौन दुव्र्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने।
(ट) वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

युवा स्वरोजगार कार्यक्रम: १० वर्षमा ६४ हजार स्वरोजगार

२०७६, १० असार मंगलवार १३:५२

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७