काठमाडौँ – सर्लाही र रौतहट जिल्लामा भारतीय सहयोगमा बनेको वागमती नदी नियन्त्रण आयोजनाको काममा भ्रष्टाचार भएको पाइएको छ। उक्त आयोजनामा करिव ८६ लाख भ्रष्टाचार भएको र त्यसमा संलग्न ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।

वागमती नदी नियन्त्रण योजनाको प्याकेज ‘सी’मा ५० लाख ६४ हजार ६ सय २० र प्याकेज ‘डी’मा ३५ लाख २६ हजार गरी ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ भ्रष्टाचार भएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

भ्रष्टाचारका संलग्न रहेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. घ, बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झा, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. घ, बाराका तत्कालीन लेखा प्रमुख (लेखापाल) अरुण कुमार राईविरुद्ध विशेष अदालतमा मागदावीसहित आरोप–पत्र दायर गरिएको छ।

त्यस्तै, दि कन्चनजंगा निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक तेण्डी शेर्पा, एमके निर्माण सेवा प्रालिका कार्यकारी निर्देशक जीवन थापा र बज्रगुरु निर्माण सेवा प्रालिका अध्यक्ष रेवन्त कुमार बस्नेतविरुद्ध पनि मुद्धा दायर गरिएको अख्तियारले जानकारी दिएको छ।

ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको अग्रिम भुक्तानी रकम अग्रिम भुक्तानी जमानतको कायम रहेको म्यादभित्र लापरवाही र बदनियतका साथ बैंकमा दावी नगरेको भन्दै कर्मचारीविरुद्ध मुद्धा दायर गरिएको हो भने भुक्तानी लिने ठेकेदार कम्पनीले पनि बदनियतका साथ सरकारी रकम फिर्ता नगरी खर्च गरेको देखिँदा ठेकेदार कम्पनीका पदाधिकारीविरुद्ध मुद्धा दायर गरिएको हो।

ठेकेदार कम्पनीका पदाधिकारी र राष्ट्रसेवक कर्मचारीहरूले मिलेमतोमा सरकारलाई हानि–नोक्सानी पुर्‍याउने र ठेकेदार कम्पनीलाई फाइदा पुर्‍याउने काम गरेको अख्तियारका प्रवक्ता कोइरालाले बताए।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३